English

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक



काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको संयुक्त बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन १८ बुँदे संयुक्त आदेश जारी गरिएको छ । मंगलबार राती १२ बजेबाटै लागू हुनेगरी जारी भएको आदेशमा घर बाहिर वा सार्वजनिक स्थलमा जाँदा सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका मापदण्ड पालना गर्न भनिएको छ ।

यसैगरी, राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्न आदेशमा उल्लेख छ । सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड खोप लगाएको कार्ड साथैमा राख्ने र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्न भनिएको छ । साथै, माघ ७ गतेदेखि नै जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।

त्यस्तै, सार्वजनिक सवारी साधनहरुले स्वीकृतप्राप्त सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने आदेशमा उल्लेख छ । ‘सवारी साधनहरुले सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर, पञ्जा लगाउने र सवारी साधनलाई अनिवार्य स्यानिटाइज गर्नुपर्नेछ,’ आदेशमा जनाइएको छ ।

यस्तो छ आदेश :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested