चार महिनामा तीन लाखले लिए प्यान नम्बर



चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलब भत्ता भुक्तानीमा लागि समेत प्यान अनिवार्य गरे पछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नौ सय ३७ पुगेको छ । २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार एक सय ३१ थियो । चालु आवको चार महिनामा प्यान लिने तीन लाखले बढेका छन् ।

सरकारले एक हजारभन्दा माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ । यसै गरी विभिन्न सरकारी कामका लागि समेत प्यान अनिवार्य गरेको छ ।

यो पनि…
घट्यो सुनको मूल्य
आकासिदै सुनको भाउ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । दैनिक १० देखि १२ हजारको हाराहारीमा संक्रमितहरू बढिरहेको समयमा अस्पतालमा भन्दा होम आइसोलेसनमा बस्ने

महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट शुरु गरेका थिए । जब धोनीले भारतीय टोलीको कप्तानी सम्हाले,

गीतकार ज्योती गुरुङको ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराज राई र गायिका दीपा लामाको स्वर रहेको

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशबासीलाई सम्बोधन गरिरहेका छन् ।

Suggested