English

बारम्बार किन रिसाउँछन् देउवा ?

किन रिसाउँछ मान्छे ?


नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा खरो प्रश्नको सामना गर्न सक्दैनन् । त्यस्ता प्रश्न सुन्ने बित्तिकै उनी आक्रोशित हुन्छन् र जवाफ पनि त्यस्तै फर्काउँछन् । यो हामीले भनेको होइन । पछिल्ला केही वर्षयता उनका अभिव्यक्तिले त्यस्तै छनक दिन्छन् । विभिन्न अन्तर्वार्ताका क्रममा होस् या समारोहमा कसैले देउवालाई चित्त नबुझ्ने प्रश्न गर्यो कि आक्रोशित भैहाल्छन् ।

मंगलबार यस्तै भयो । कांग्रेस नेता अशोक कोइरालाको मृत्युपछि परिवारलाई समवेदना दिन विराटनगर पुगेका थिए देउवा । विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा कांग्रेस सरकारमा कहिले जान्छ ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? कसले ल्याउने हो ? भन्ने प्रश्न गरे । त्यो प्रश्नमा उनले कांग्रेस विपक्षी दल भएको प्रष्ट पारे ।

यत्तिकैमा अर्का पत्रकारले अब कांग्रेसले केपी ओलीको सरकारलाई समर्थन गर्न खोजेको हो ? भन्ने प्रश्न गरे । यो प्रश्न सुन्ने बित्तिकै देउवा आक्रोशित हुँदै भने, ‘कांग्रेस विपक्षी पार्टी भनेको सुन्नुभएन, विपक्षी पार्टी विपक्षी पार्टी, विपक्षी पार्टी जानुस् ।’

बैठकका लागि नेताहरू पार्टी कार्यालयतर्फ जाँदै थिए । सबै नेताले विद्यार्थीका भनाई सुन्दै भित्र छिर्दै थिए । तर, देउवालाई भने विद्यार्थीहरूले भित्र छिर्न दिएनन् । त्यसपछि देउवा आक्रोशित हुँदै बाटो खाली गर्न चेतावनी दिँदै विद्यार्थीलाई झपारेका थिए ।

यो घटनाले देउवाले केही वर्ष अघि सार्वजनिक कार्यक्रममा दिएको जवाफको रवाफलाई सम्झाइदियो । देउवा आक्रोशित बनेको त्यो कार्यक्रम थियो– ‘साझा सवाल ।’ बीबीसीबाट प्रसारित सो कार्यक्रममा एक सहभागीेले सोधेको प्रश्नमा देउवा आक्रोशित बन्दै ‘तपाईं बढ्ता नबोल्नुस्, चुप लाग्नुस,’ भनेका थिए । ती व्यक्तिले तपाईं ४/५ पटक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री मात्र होइन, जनताका लागि प्रधानमन्त्री कहिले बन्ने ? भन्ने प्रश्न गरेका थिए । यसमा शेरबहादुर देउवाले, ‘तपाईंले चाहेको हुनुपर्छ भन्ने छैन, मलाई जनताले चुनेका हुन्, जनताले चुनेको मान्छे प्रधानमन्त्री नभएर के तपाईं हुने त । यहाँ निहुँ खोज्ने कुरा भैरहेको मैले बुझेको छैन र ?’ भन्दै आक्रोशित बनेका थिए ।

देउवा जंगिएका घटना यतिमा मात्र सीमित छैन । कुरा २०७५ साल फागुन तिरको हो । त्यतिबेला गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित भएका थिए । त्यहीबेला पत्रकार भेटघाट कार्यक्रममा एक पत्रकारले गण्डकी मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनबारे कांग्रेस किन मौन ? प्रश्न गरे । यो प्रश्न सुन्नासाथ देउवा एकाएक रिसाएर ‘के बोल्नुपर्ने हो मैले ?’ भने । यसैमा पत्रकारले पुनः प्रश्न गरे, ‘चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा गोविन्द केसीलाई साथ दिनुभएको थियो । अहिले सयौं विद्यार्थी आन्दोलन गरिरहेका छन् । किन बोल्नु भएन’ भनेर सोधको ? यो प्रश्नमा देउवाको पारो चढिसकेको थियो । उनी आक्रोशित हुँदै भने, ‘तपाईं कुरा सुन्नु हुन्न कि क्या हो ।’

नेताहरू परिस्थितिअनुसार अलिकति रिसाइदिने, झर्किदिने गर्छन् । त्यसैले उनीहरू आफ्नो अभिव्यक्तिका लागि त्यस्ता टुल्सको प्रयोग गर्छन् । एउटा प्रश्नमा एकपटक झर्किदिएपछि अर्कोले प्रश्न नगर्ने र असहज सिर्जना नहुने भन्ने ठानेर बनाइएको यो राजनीतिक रणनीति हो ।

गत वर्ष नेपाल विद्यार्थी संघमा नैनसिंह महरको कार्यसमिति विघटन भएपछि देउवाले संघको जिम्मेवारी राजीव ढुंगानालाई दिने तयारी गरेका थिए । त्यतिबेला उमेर हद ३२ वर्ष लागू नगरी तदर्थ समिति बनाएको भन्दै अर्को पक्षका विद्यार्थी आन्दोलित भएका थिए । त्यसैका लागि पार्टीले केन्द्रीय समिति बैठक बस्ने तयारी गर्यो ।

बैठकका लागि नेताहरू पार्टी कार्यालयतर्फ जाँदै थिए । सबै नेताले विद्यार्थीका भनाई सुन्दै भित्र छिर्दै थिए । तर, देउवालाई भने विद्यार्थीहरूले भित्र छिर्न दिएनन् । त्यसपछि देउवा आक्रोशित हुँदै बाटो खाली गर्न चेतावनी दिँदै विद्यार्थीलाई झपारेका थिए । यी घटनाले पनि देउवा प्रश्न सुन्ने बित्तिकै किन रिसाउँछन् भन्ने प्रष्ट हुन्छ । आखिर किन रिसाउँछन् उनी ?

के यो मानवीय स्वभाव हो ? अथवा यसको कारक अरु कुनै हुन सक्छन् ? कसैले नराम्रो भन्ने वित्तिकै अथवा त्यस्तै प्रकृतिको प्रश्न आउने बित्तिकै मान्छे किन आक्रोशित हुन्छ ?

यो राजनीतिक रणनीति हो

बासु आचार्य, मनोविश्लेषक

मान्छे अलिअलि रिसाउनु, अलिअलि झर्किनु, अलिअलि आफ्नो पारा देखाउनु स्वभाविक हो । तर, त्यो रिसले उसको दैनिक जीवनमा अप्ठेरो पार्न थाल्यो, व्यावहारिक रूपमा समस्या आउन थाल्यो र अन्तरव्यक्तित्वका सम्बन्धमा पनि असहज हुन थाल्यो भने गम्भीर समस्याको रूप देखा पर्न थाल्छ । नेताहरू परिस्थितिअनुसार अलिकति रिसाइदिने, झर्किदिने गर्छन् । त्यसैले उनीहरू आफ्नो अभिव्यक्तिका लागि त्यस्ता टुल्सको प्रयोग गर्छन् । एउटा प्रश्नमा एकपटक झर्किदिएपछि अर्कोले प्रश्न नगर्ने र असहज सिर्जना नहुने भन्ने ठानेर बनाइएको यो राजनीतिक रणनीति हो ।

राजनीतिक मनोविज्ञानले पनि के भन्छ भने आफूले नचाहेको वा मिलाउन नसकेको अवस्थामा अलिकति रिस देखाइदिएपछि त्यो अवस्था आफैं टरेर जान्छ । अथवा, त्यसलाई मिलाउन सकिन्छ भन्ने कुराबाट राजनीतिज्ञहरू प्रेरित भएका हुन्छन् । त्यही प्रेरणाको स्वरूप छिटो केस सल्टाउन वा पत्रकारले धेरै प्रश्न नसोधोस् वा धेरै प्रेसर नदेओस् भनेर पनि अपनाइएको यो एउटा गतिलो रणनीति हो । त्यति रिसाएपछि उहाँको समस्या टर्‍यो । त्यो चाहिँ उहाँको रिस होइन, यो तात्पर्यता हो । किनभने पत्रकारलाई पनि अहिले कांग्रेस कुन अवस्थामा छ, थाहा छ । उहाँले पार्टीभित्र सबै पक्षलाई मिलाउन नसक्नु भएको पनि थाहा छ । यी सबै कुरा थाहा हुँदा हुँदै पनि पत्रकारले किन मलाई पेलेको होला भन्ने सोच्नुभयो । त्यसपछि रिसाइ दिनुभयो । यो सामान्य हो ।

किन रिसाउँछन् मान्छे ?

डा.पुष्पप्रसाद शर्मा, मनोेचिकित्सक

मान्छे रिसाउने कारण एउटा मात्र हुँदैन । यो मान्छेको अन्तरनिहित स्वभाव हो । दुःखी हुनु, खुशी हुनु, डराउनु अथवा रिसाउनु व्यक्तिको अन्तरनिहित गुण हो । तर, कुनै मान्छे कुनबेला कति रिसाउँछ भन्ने कुरा महत्वपूर्ण हो । जीवनपद्धत्ति र अन्तरसम्बन्धमा रिसले कत्तिको प्रभाव पारेको छ भन्ने कुरा मूख्य हुन्छ ।

कतिपय मानिसहरू नकारात्मक कुरा सुन्ने बित्तिकै अथवा कुनै प्रश्न सुन्ने बित्तिकै रिसाइहाल्छन् । यो पनि कुनै मानसिक रोगको लक्षण भने हुन सक्छ । तर, के कुराबाट रिसाएको छ, त्यो पनि हेर्नुपर्छ ।

कतिपय मानिसहरू भने बिना कारण रिसाइरहेका हुन्छन् । यो नकारात्मक इमोसन हो । यो धेरै भयो भने यसले मानसिक, शारीरिक, सामाजिक र राजनीतिक जीवनमा प्रत्यक्ष असर पार्छ । साथै, उसको दैनिक क्रियाकलाप र व्यक्तित्व विकासमा पनि निकै असर गरिरहेको हुन्छ ।

यदि कुनै मानिसलाई मानसिक स्वास्थ्यमा समस्या आएको छ भने ऊ बढी रिसाउन थाल्छ । त्यसैले रिसलाई एउटा मानसिक समस्याको लक्षणको रूपमा लिइन्छ । कम रिसाउने मानिस बिनाकारण अनायसै रिसाउन थाल्यो भने उसमा केही मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ । यदि रिस बढ्दै गयो भने त्यो दुर्घटनामा परिणत हुन पनि सक्छ । त्यसैले रिसलाई एउटै समस्याबाट हेर्नु हुँदैन । कसैको नानीदेखि रिसाउने बानी हुन्छ ।

तर, कतिपय मानिसहरू नकारात्मक कुरा सुन्ने बित्तिकै अथवा कुनै प्रश्न सुन्ने बित्तिकै रिसाइहाल्छन् । यो पनि कुनै मानसिक रोगको लक्षण भने हुन सक्छ । तर, के कुराबाट रिसाएको छ, त्यो पनि हेर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested