बारम्बार किन रिसाउँछन् देउवा ?

किन रिसाउँछ मान्छे ?


नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा खरो प्रश्नको सामना गर्न सक्दैनन् । त्यस्ता प्रश्न सुन्ने बित्तिकै उनी आक्रोशित हुन्छन् र जवाफ पनि त्यस्तै फर्काउँछन् । यो हामीले भनेको होइन । पछिल्ला केही वर्षयता उनका अभिव्यक्तिले त्यस्तै छनक दिन्छन् । विभिन्न अन्तर्वार्ताका क्रममा होस् या समारोहमा कसैले देउवालाई चित्त नबुझ्ने प्रश्न गर्यो कि आक्रोशित भैहाल्छन् ।

मंगलबार यस्तै भयो । कांग्रेस नेता अशोक कोइरालाको मृत्युपछि परिवारलाई समवेदना दिन विराटनगर पुगेका थिए देउवा । विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा कांग्रेस सरकारमा कहिले जान्छ ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? कसले ल्याउने हो ? भन्ने प्रश्न गरे । त्यो प्रश्नमा उनले कांग्रेस विपक्षी दल भएको प्रष्ट पारे ।

यत्तिकैमा अर्का पत्रकारले अब कांग्रेसले केपी ओलीको सरकारलाई समर्थन गर्न खोजेको हो ? भन्ने प्रश्न गरे । यो प्रश्न सुन्ने बित्तिकै देउवा आक्रोशित हुँदै भने, ‘कांग्रेस विपक्षी पार्टी भनेको सुन्नुभएन, विपक्षी पार्टी विपक्षी पार्टी, विपक्षी पार्टी जानुस् ।’

बैठकका लागि नेताहरू पार्टी कार्यालयतर्फ जाँदै थिए । सबै नेताले विद्यार्थीका भनाई सुन्दै भित्र छिर्दै थिए । तर, देउवालाई भने विद्यार्थीहरूले भित्र छिर्न दिएनन् । त्यसपछि देउवा आक्रोशित हुँदै बाटो खाली गर्न चेतावनी दिँदै विद्यार्थीलाई झपारेका थिए ।

यो घटनाले देउवाले केही वर्ष अघि सार्वजनिक कार्यक्रममा दिएको जवाफको रवाफलाई सम्झाइदियो । देउवा आक्रोशित बनेको त्यो कार्यक्रम थियो– ‘साझा सवाल ।’ बीबीसीबाट प्रसारित सो कार्यक्रममा एक सहभागीेले सोधेको प्रश्नमा देउवा आक्रोशित बन्दै ‘तपाईं बढ्ता नबोल्नुस्, चुप लाग्नुस,’ भनेका थिए । ती व्यक्तिले तपाईं ४/५ पटक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री मात्र होइन, जनताका लागि प्रधानमन्त्री कहिले बन्ने ? भन्ने प्रश्न गरेका थिए । यसमा शेरबहादुर देउवाले, ‘तपाईंले चाहेको हुनुपर्छ भन्ने छैन, मलाई जनताले चुनेका हुन्, जनताले चुनेको मान्छे प्रधानमन्त्री नभएर के तपाईं हुने त । यहाँ निहुँ खोज्ने कुरा भैरहेको मैले बुझेको छैन र ?’ भन्दै आक्रोशित बनेका थिए ।

देउवा जंगिएका घटना यतिमा मात्र सीमित छैन । कुरा २०७५ साल फागुन तिरको हो । त्यतिबेला गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित भएका थिए । त्यहीबेला पत्रकार भेटघाट कार्यक्रममा एक पत्रकारले गण्डकी मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनबारे कांग्रेस किन मौन ? प्रश्न गरे । यो प्रश्न सुन्नासाथ देउवा एकाएक रिसाएर ‘के बोल्नुपर्ने हो मैले ?’ भने । यसैमा पत्रकारले पुनः प्रश्न गरे, ‘चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा गोविन्द केसीलाई साथ दिनुभएको थियो । अहिले सयौं विद्यार्थी आन्दोलन गरिरहेका छन् । किन बोल्नु भएन’ भनेर सोधको ? यो प्रश्नमा देउवाको पारो चढिसकेको थियो । उनी आक्रोशित हुँदै भने, ‘तपाईं कुरा सुन्नु हुन्न कि क्या हो ।’

नेताहरू परिस्थितिअनुसार अलिकति रिसाइदिने, झर्किदिने गर्छन् । त्यसैले उनीहरू आफ्नो अभिव्यक्तिका लागि त्यस्ता टुल्सको प्रयोग गर्छन् । एउटा प्रश्नमा एकपटक झर्किदिएपछि अर्कोले प्रश्न नगर्ने र असहज सिर्जना नहुने भन्ने ठानेर बनाइएको यो राजनीतिक रणनीति हो ।

गत वर्ष नेपाल विद्यार्थी संघमा नैनसिंह महरको कार्यसमिति विघटन भएपछि देउवाले संघको जिम्मेवारी राजीव ढुंगानालाई दिने तयारी गरेका थिए । त्यतिबेला उमेर हद ३२ वर्ष लागू नगरी तदर्थ समिति बनाएको भन्दै अर्को पक्षका विद्यार्थी आन्दोलित भएका थिए । त्यसैका लागि पार्टीले केन्द्रीय समिति बैठक बस्ने तयारी गर्यो ।

बैठकका लागि नेताहरू पार्टी कार्यालयतर्फ जाँदै थिए । सबै नेताले विद्यार्थीका भनाई सुन्दै भित्र छिर्दै थिए । तर, देउवालाई भने विद्यार्थीहरूले भित्र छिर्न दिएनन् । त्यसपछि देउवा आक्रोशित हुँदै बाटो खाली गर्न चेतावनी दिँदै विद्यार्थीलाई झपारेका थिए । यी घटनाले पनि देउवा प्रश्न सुन्ने बित्तिकै किन रिसाउँछन् भन्ने प्रष्ट हुन्छ । आखिर किन रिसाउँछन् उनी ?

के यो मानवीय स्वभाव हो ? अथवा यसको कारक अरु कुनै हुन सक्छन् ? कसैले नराम्रो भन्ने वित्तिकै अथवा त्यस्तै प्रकृतिको प्रश्न आउने बित्तिकै मान्छे किन आक्रोशित हुन्छ ?

यो राजनीतिक रणनीति हो

बासु आचार्य, मनोविश्लेषक

मान्छे अलिअलि रिसाउनु, अलिअलि झर्किनु, अलिअलि आफ्नो पारा देखाउनु स्वभाविक हो । तर, त्यो रिसले उसको दैनिक जीवनमा अप्ठेरो पार्न थाल्यो, व्यावहारिक रूपमा समस्या आउन थाल्यो र अन्तरव्यक्तित्वका सम्बन्धमा पनि असहज हुन थाल्यो भने गम्भीर समस्याको रूप देखा पर्न थाल्छ । नेताहरू परिस्थितिअनुसार अलिकति रिसाइदिने, झर्किदिने गर्छन् । त्यसैले उनीहरू आफ्नो अभिव्यक्तिका लागि त्यस्ता टुल्सको प्रयोग गर्छन् । एउटा प्रश्नमा एकपटक झर्किदिएपछि अर्कोले प्रश्न नगर्ने र असहज सिर्जना नहुने भन्ने ठानेर बनाइएको यो राजनीतिक रणनीति हो ।

राजनीतिक मनोविज्ञानले पनि के भन्छ भने आफूले नचाहेको वा मिलाउन नसकेको अवस्थामा अलिकति रिस देखाइदिएपछि त्यो अवस्था आफैं टरेर जान्छ । अथवा, त्यसलाई मिलाउन सकिन्छ भन्ने कुराबाट राजनीतिज्ञहरू प्रेरित भएका हुन्छन् । त्यही प्रेरणाको स्वरूप छिटो केस सल्टाउन वा पत्रकारले धेरै प्रश्न नसोधोस् वा धेरै प्रेसर नदेओस् भनेर पनि अपनाइएको यो एउटा गतिलो रणनीति हो । त्यति रिसाएपछि उहाँको समस्या टर्‍यो । त्यो चाहिँ उहाँको रिस होइन, यो तात्पर्यता हो । किनभने पत्रकारलाई पनि अहिले कांग्रेस कुन अवस्थामा छ, थाहा छ । उहाँले पार्टीभित्र सबै पक्षलाई मिलाउन नसक्नु भएको पनि थाहा छ । यी सबै कुरा थाहा हुँदा हुँदै पनि पत्रकारले किन मलाई पेलेको होला भन्ने सोच्नुभयो । त्यसपछि रिसाइ दिनुभयो । यो सामान्य हो ।

किन रिसाउँछन् मान्छे ?

डा.पुष्पप्रसाद शर्मा, मनोेचिकित्सक

मान्छे रिसाउने कारण एउटा मात्र हुँदैन । यो मान्छेको अन्तरनिहित स्वभाव हो । दुःखी हुनु, खुशी हुनु, डराउनु अथवा रिसाउनु व्यक्तिको अन्तरनिहित गुण हो । तर, कुनै मान्छे कुनबेला कति रिसाउँछ भन्ने कुरा महत्वपूर्ण हो । जीवनपद्धत्ति र अन्तरसम्बन्धमा रिसले कत्तिको प्रभाव पारेको छ भन्ने कुरा मूख्य हुन्छ ।

कतिपय मानिसहरू नकारात्मक कुरा सुन्ने बित्तिकै अथवा कुनै प्रश्न सुन्ने बित्तिकै रिसाइहाल्छन् । यो पनि कुनै मानसिक रोगको लक्षण भने हुन सक्छ । तर, के कुराबाट रिसाएको छ, त्यो पनि हेर्नुपर्छ ।

कतिपय मानिसहरू भने बिना कारण रिसाइरहेका हुन्छन् । यो नकारात्मक इमोसन हो । यो धेरै भयो भने यसले मानसिक, शारीरिक, सामाजिक र राजनीतिक जीवनमा प्रत्यक्ष असर पार्छ । साथै, उसको दैनिक क्रियाकलाप र व्यक्तित्व विकासमा पनि निकै असर गरिरहेको हुन्छ ।

यदि कुनै मानिसलाई मानसिक स्वास्थ्यमा समस्या आएको छ भने ऊ बढी रिसाउन थाल्छ । त्यसैले रिसलाई एउटा मानसिक समस्याको लक्षणको रूपमा लिइन्छ । कम रिसाउने मानिस बिनाकारण अनायसै रिसाउन थाल्यो भने उसमा केही मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ । यदि रिस बढ्दै गयो भने त्यो दुर्घटनामा परिणत हुन पनि सक्छ । त्यसैले रिसलाई एउटै समस्याबाट हेर्नु हुँदैन । कसैको नानीदेखि रिसाउने बानी हुन्छ ।

तर, कतिपय मानिसहरू नकारात्मक कुरा सुन्ने बित्तिकै अथवा कुनै प्रश्न सुन्ने बित्तिकै रिसाइहाल्छन् । यो पनि कुनै मानसिक रोगको लक्षण भने हुन सक्छ । तर, के कुराबाट रिसाएको छ, त्यो पनि हेर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली सिने क्षेत्रको होस् या सांगीतिक क्षेत्रका कलाकारबीचको द्धन्द्धका खबर बेला–बेला आउँछन् । तर, देशलाई दुखेको बेला सहयोग गर्नेमा यिनै

व्यक्तिहरू प्रायः बेलुकाको खानामा यस्तो चिजहरू खान्छन्, जसको कारणले उनीहरूको पेट गडबडी हुन्छ र उनीहरूले यौनको आनन्द लिन सक्दैनन् ।

नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७

नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना