English

ओमिक्रोनले घटायाे पर्यटक



कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पहिचानसँगै पर्यटक आगमनमा पुनः गिरावट आउन थालेको छ। अक्टोबर र नोभेम्बरमा पर्यटकको आवागमनमा उल्लेख वृद्धि देखिए पनि डिसेम्बरमा पुनः गिरावट आएको हो ।

कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि नेपालले पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गरेर नेपाल भ्रमणको लागि खुला गरेको थियो । सरकारले पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने र क्वारेन्टाइन बस्नुसमेत नपर्ने गरी ट्राभल एडभाइजरीमा संशोधन गरेपछि उत्साहजनक रुपमा विदेशी पर्यटकको वृद्धि देखिएको थियो ।

नेपालले असोज ५ गते अर्थात सेप्टेम्बर २१ मा ट्राभल एडभाइजरीमा सशोधन गरेको हो । सो महिना हवाई मार्गबाट ९ हजार ८ सय ९८ जना विदेशी पर्यटक नेपाल आएका थिए । ट्राभल एडभाइजरी जारी गरेपछि अक्टोबरमा २३ हजार २ सय ८४ जना र नोभेम्बरमा २६ हजार २ सय ८४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए जुन सेप्टेम्बर महिनाको तुलनामा दोब्बर भन्दा बढी हो तर डिसेम्बरमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेपछि भने फेरि पर्यटक आवागमनमा गिरावट आउन थालेको हो ।

पर्यटन बोर्डको तथ्यांक अनुसार डिसेम्बरमा २४ हजार ६ सय ७९ ले मात्रै नेपाल भ्रमण गरेको छ । युरोप, अमेरिकालगायतका एसियाका विभिन्न देशहरुमा समेत ओमिक्रमको संक्रमण बढ्ने त्रासमा हवाई उडान रद्द गरिएका छन् । त्यसको प्रत्यक्ष असर नेपालको पर्यटक आगमनमा परेको नेपाल पर्यटन बोर्डका निर्देशन मणिराज लामिछानेले बताए ।

नेपालले कोरोनाको संक्रमण दर विस्तारै घट्दै गएपछि ट्राभल एडभाइजरीमा संशोधन गरेपछि पर्यटक आगमनमा सुधार देखिए पनि फेरि देखिएको नयाँ भेरियन्टले आगमन दरमा कमी आएको हो । कोरोनाको नयाँ भेरियन्टको आगमन नहुँदो हो त अहिले पर्यटक आगमनमा धेरै सुधार हुने अपेक्षा पर्यटक व्यवसायीहरुको थियो ।

सन् २०२१ भरिमा डेढ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोभिड महामारीको लकडाउन गर्नु परेका कारण यस वर्ष पनि पर्यटक आगमनमा खासै सुधार नदेखिएको हो । पर्यटन बोर्डका अनुसार २०२१ भरिमा १ लाख ५० हजार ९ सय ६२ जनाले नेपाल भ्रमण गरेका छन् । कुल पर्यटकको दक्षिण एसियाको हिस्सा झन्डै आधा रहेको छ । दक्षिण एसियाबाट मात्रै ४७.४४ प्रतिशत अर्थात ७१ हजार ६ सय १० जनाले नेपाल भ्रमण गरेका छन् । दक्षिण एसियामा पनि सबैभन्दा बढी हिस्सा भने भारतको नै रहेको छ । कुल दक्षिण एसियाली पर्यटकमध्ये झन्डै ९३ प्रतिशत अर्थात ६४ हजार ६ सय ७३ जना भारतीयले नेपाल भ्रमण गरेका छन् ।



...
Freya

Your means of explaining the whole thing in this paragraph is truly good, all can easily understand it, Thanks a lot. Feel free to visit my web page: 50% 신용카드현금화

...
Fleta

psychologist

...
Clarissa

Normally I don't read post on blogs, but I would like to say that this write-up very forced me to take a look at and do it! Your writing taste has been amazed me. Thanks, very nice post. Here is my web site; best online mba Malaysia

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested