English

यस कारण मनाइन्छ नयाँ वर्ष ‘जनवरी १’मा



सुरेशचन्द्र रिजाल

जनवरी १ मा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो ।

हाम्रो पञ्चांगमा तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ। हाम्रो क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्छ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्य पनि जोडिएको छ ।

यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्छ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार देखिन्न । जुन बेला रोम सभ्यताको विकास हुँदै थियो, खगोलीय घटना हुन्थ्यो । त्यहाँका पूजारीले जानकारी गराउन घन्ट बजाएर कि त चिच्याएर सूचना आदानप्रदान गर्ने गर्दथे । उनीहरूले समयकालको जानकारी गराउने गर्थे, जसको नामबाट क्यालेन्डर शब्दको विकास भएको थियो भन्ने धेरै स्थानमा लेखिएको छ ।

(७०० ई.पू) भन्दा पूर्व फस्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फस्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।

तर, यसबेला हाम्रोमा पञ्चांग गणना भइसकेको थियो, जसमा पाँचवटा कुरा समावेश गरिएको छ । जुन तिथि, बार, नक्षत्र, योग र करण हो । तर, पश्चिमी मोडलको क्यालेन्डरमा विशेषगरी बार र गते समावेश भएको हुन्छ । उनीहरूको क्यालेन्डरभन्दा थप तीन कुरा हामीकहाँ भएकाले खगोलीय गणनाहरूमा यसको महत्व छ । पश्चिमी सभ्यतामा पनि नयाँ वर्ष मनाउने परम्परा थिएन ।

(७०० ई.पू) भन्दा पूर्व फस्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फस्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।

अप्रिललाई कुनै देवताको नाम दिए, त्यस्तै मे पनि उनीहरूको देवताहरूकै नाम हो । अरु महिनाको नाम नभेटेपछि क्वान्टिलिस्ट राखियो, जुन उनीहरूका इष्टदेव हुन् ।

नाम नमिलेपछि सिक्टिलेसबाट छैटौं महिनाको नाम दिए, ल्याटिना सेप्टेम्म भनेको सातौँ महिनाको नाम दिए, अक्टोबरबाट आठौं महिना, नोभेम्वरबाट नौ महिना गणना गरी डिसेम्बरको नामकरण गरे ।

नोमा पम्पालिस्ट रोमका राजा थिए (७०० ई.पू) भन्दा पछाडि उनले आाफ्नो ज्योतिषीसँगको सल्लाहअनुसार दुई महिना जोडिदिए, जनवरी र फेब्रुअरी । जेनेसबाट जनवरी र फेब्राबाट फेब्रुअरीको नाम दिएर १० महिनाबाट १२ महिनाको वर्ष बनाए ।

तर, नयाँ साल भने फस्ट मार्चबाटै सुरु हुने गर्दथ्यो । (४६ ई.पू) मा जुलियर्स सिजर रोमका राजा भएपछि ३६५ दिनलाई १२ महिनामा विभाजन गरेपछि ‘जुलियन’ क्यालेन्डर तयार पारे । त्यसपछि भएका राजाहरूले आआफ्नो पालामा नाम परिवर्तन गर्दै आफ्नो नाम राखेर महिना निर्माण गरेको इतिहास पाइन्छ ।

भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ ।

१७५१ का ब्रिटिस पार्लियामेन्टबाट संसद्ले क्यालेन्डर विधान पास गर्‍यो र संसदीय व्यवस्था भएका देशहरूमा अनिवार्य लागू गराउने नियम बनायो ।

भारतमा सक् को नामबाट सक् संवत्, बिक्रमादित्यको नामबाट विक्रम संवत्, कलि संवत् आदि नामबाट राज्य सञ्चालन भएको देखेपछि उनीहरूले सोचे, राजाको नामबाट वर्ष प्रारम्भ हुँदो रहेछ । तर, वास्तविकता के हो भनेर जान्ने कोसिस भने गरेनन् ।

भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested