English

अंग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवस मनाइँदै



जागरुक युवा अभियान नेपालले विगतका वर्षमा झैँ यस वर्ष पनि १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ। विगत नौ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानले यस वर्ष पनि निरन्तरता दिँदै १७ पुस (१ जनवरी)का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ ।

अघिल्ला वर्षमा भेला भएर सामूहिकरूपमा टोपी दिवस मनाउँदै आएको अभियानले यस वर्ष कोरोनाभाइरस संक्रमण जोखिम कायम रहेकाले औपचारिक कार्यक्रम नगरी सामाजिक सञ्जालबाटै मनाउन सबैमा आग्रह गरेको छ ।

विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा अभियानले काठमाडौंको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दै आएको थियो ।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन । तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन शुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए ।

२०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोसाकलाई औपचारिक रूपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालेको संस्थाका सचिव ज्ञानमणि नेपाल कालोटोपीले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले