अंग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवस मनाइँदै
जागरुक युवा अभियान नेपालले विगतका वर्षमा झैँ यस वर्ष पनि १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ। विगत नौ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानले यस वर्ष पनि निरन्तरता दिँदै १७ पुस (१ जनवरी)का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ ।
अघिल्ला वर्षमा भेला भएर सामूहिकरूपमा टोपी दिवस मनाउँदै आएको अभियानले यस वर्ष कोरोनाभाइरस संक्रमण जोखिम कायम रहेकाले औपचारिक कार्यक्रम नगरी सामाजिक सञ्जालबाटै मनाउन सबैमा आग्रह गरेको छ ।
विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा अभियानले काठमाडौंको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दै आएको थियो ।
अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन । तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन शुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए ।
२०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोसाकलाई औपचारिक रूपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालेको संस्थाका सचिव ज्ञानमणि नेपाल कालोटोपीले बताए ।










Danielle
References: Online pokies that accept payid legit payid pokies