‘डा. उपेन्द्र देवकोटाको निधनपछि न्युरोको बसाइँ सम्झँन्न’– डा. लेखजंग थापा
डा. थापाले यसकारण छोडे न्युरो अस्पताल
महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट हुन्– डा. लेखजंग थापा । हँसिलो मुहार, हक्की स्वभाव, बिरामीसँग छिट्टै घुलमिल हुन सक्ने र काममा प्रतिवद्ध उनी न्युरो साइन्सका एक खम्बा हुन् । सन् २०१३ यता दैनिक औसत ५० जनाभन्दा बढी बिरामी जाँच्दै आएका उनले हालसम्म १ लाख बढी बिरामीको उपचार गरिसकेका छन् ।
७ वर्षसम्म बाँसबारीस्थित न्युरो अस्पतालमा कार्यरत डा. थापा कुनैबेला न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको विश्वासपात्र थिए । डा. देवकोटालाई कसैले तपाईंले जस्तै उपचार गर्ने यो अस्पतालमा अर्को डाक्टर को छ ? भनेर सोध्यो भने उनले डा. लेखजंगकै नाम लिन्थे । यसबाट पनि थाहा हुन्छ डा. लेखजंगप्रति उनको विश्वास कति थियो । तर, त्यही विश्वासपात्र डा. देवकोटाको मृत्यु भएसँगै काम गर्ने वातावरण नभएको भन्दै न्युरो अस्पताल छोड्न बाध्य भए ।
बुबाले गतिलो उपचार नपाउनु र डाक्टरले राम्रो रेस्पोन्स नदिनुजस्ता कुराले उनलाई आक्रोशित बनाउँथ्यो । यसले पनि उनलाई डाक्टर बन्न थप बल पुर्यायो ।
२०३४ सालमा भैरहवाको अञ्चलपुरमा जन्मिएका डा. लेखजंगले विद्यालय तहको शिक्षा भैरहवाको लुम्विनी शिशु सदन स्कुलबाट पुरा गरेका हुन् । २०४९ सालमा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए । त्यतिबेला उनका दाजु लव थापा काठमाडौंमा बस्थे । दाईकै सल्लाहमा उनले आइएस्सी अध्ययनका लागि नेपाल साइन्स क्याम्पसमा प्रवेश परीक्षा दिए । पढाईमा अब्बल भएकाले उनको नाम निस्कियो ।
बुबाको प्रेरणाले डाक्टर
डा. लेखजंगका बुबा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । त्यसैले उनी नियमित डाक्टरको सम्पर्कमा थिए । डाक्टरबाट राम्रो सेवा नपाएकै कारण छोरा लेखजंगलाई भन्थे, ‘तिमी डाक्टर बन्नुपर्छ । तर, डाक्टर भएपछि यो नबिर्सिनु कि बिरामीसँग राम्रोसँग बोल्नुपर्छ, त्यो बोलीले नै बिरामीको ५० प्रतिशत रोग सन्चो हुन्छ ।’ बुबाले भनेको यो कुरा डा. लेखजंगको मनमा अहिले पनि गुन्जिरहन्छ । उनी भन्छन्, ‘बुबाले भनेको जस्तै गरी बिरामीलाई उपचार गर्छु । अँध्यारो अनुहार लगाएर आएका बिरामी हाँस्दै फर्कन्छन् । सायद बुबाले मलाई त्यतिबेला डाक्टर होइन, हिलर बन् भन्न खोज्नुभएको थियो ।’

कक्षा ९ मा पढ्दा बुबालाई ‘स्ट्रोक’ अर्थात पक्षघात भयो । त्यतिबेला बुबाले गतिलो उपचार नपाएको उनीसँग तितो अनुभव छ । बुबाले गतिलो उपचार नपाउनु र डाक्टरले राम्रो रेस्पोन्स नदिनुजस्ता कुराले उनलाई आक्रोशित बनाउँथ्यो । यसले पनि उनलाई डाक्टर बन्न थप बल पुर्यायो । त्यसो त आइएस्सी सकिएपछि उनी एमबीबीएस अध्ययनका लागि पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भए । एमबीबीएस सकिनै लाग्दा बुबालाई फेरि ‘स्ट्रोक’ भयो ।
डा. उपेन्द्र देवकोटाले फोन गरेर छिट्टै भेटौं भने । आखिर डा. देवकोटाले किन छिट्टै भेटौं भने उनलाई कौतुहलता जाग्यो । लगत्तै उनी डा. देवकोटालाई भेट्न बाँसबारीस्थित न्युरो अस्पतालमा पुगे । त्यहाँ डा. देवकोटाले भेट्ने बित्तिकै भने, ‘तपाईं कतै जान पाउनुहुन्न, म सँगै काम गर्नुपर्छ ।’
भर्खरै चिकित्साशास्त्र अध्ययन सुरु गरेका उनलाई स्ट्रोक अर्थात पक्षघात भनेको के हो ? यसको रूप कस्तो हुन्छ भन्ने थाहा थिएन । सामान्य होला अस्पताल लगेपछि डाक्टरले ठीक पार्छन् भन्ने सोच्थे । तर, त्यतिबेला भने बुबालाई बचाउन सकिएन । त्यहीँबाट आफू न्युरोलोजिस्ट बन्ने प्रण गरेको डा. लेखजंग बताउँछन् । मणिपालबाट एमबीबीएस अध्ययन पुरा गरेका डा. लेखजंगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी गरेका हुन् ।
एमडी सकेपछि न्युरोलोजीमा डिएम (डाक्टर अफ मेडिसिन) गर्ने उनको सपना थियो । तर, त्यतिबेला नेपालमा न्युरोलोजीमा डिएम सुरु भैसकेको थिएन । त्यसका लागि विदेश जानुपर्ने थियो । तर, घरपरिवारलाई छोडेर उनी विदेश जान पनि चाहन्नथे । त्यति नै बेला उनलाई प्रोफेसर न्युरोलोजिष्ट डा. पीबीएस राणाको फोन आयो । डा. राणाले नेपालमै न्युरोलोजी इन डिएम सुरु गर्न खोजेको यसमा तिमी तयार छौ ? भनेर सोधे । लेखजंगलाई पनि विदेश जाँदा परिवार-देश छोड्नुपर्छ भन्ने ठूलो चिन्ता थियो । डा. राणाको यस्तो प्रस्तावलाई उनले खुशी हुँदै आफू तयार रहेको बताए । उनका साथी डा. राजु पनि न्युरोलोजीमा डिएम गर्ने सोचमा थिए । त्यसपछि दुवैले कलेज अफ मेडिकल साइन्सेज चितवनमा डिएम न्युरोलोजी अध्ययन सुरु गरे ।
सन् २०१३ मा डिएम न्युरोलोजी अध्ययन सकेपछि उनले त्यहीँ एक वर्ष काम गरे । डा. राजु भने ग्राण्डी अस्पतालमा काम गर्न थाले । त्यतिखेर ग्राण्डी भर्खरै खुलेको सुविधासम्पन्न अस्पताल थियो । डा. राजुले उनलाई पनि ग्राण्डीमा काम गर्न बोलाए ।
डा. उपेन्द्रको देवकोटाको त्यो फोन
ग्राण्डीमा काम गर्ने सबै कुराको टुंगो लागिसकेको थियो । सोही साँझ डा. उपेन्द्र देवकोटाले फोन गरेर छिट्टै भेटौं भने । आखिर डा. देवकोटाले किन छिट्टै भेटौं भने उनलाई कौतुहलता जाग्यो । लगत्तै उनी डा. देवकोटालाई भेट्न बाँसबारीस्थित न्युरो अस्पतालमा पुगे । त्यहाँ डा. देवकोटाले भेट्ने बित्तिकै भने, ‘तपाईं कतै जान पाउनुहुन्न, म सँगै काम गर्नुपर्छ ।’
डा. लेखजंग हप्तामा आइतबारदेखि बिहीबारसम्म कहाँ हुन्छन् मतलब हुँदैन तर, शुक्रबार र शनिबार भने उनले भैरहवा जाने प्रण गरेका छन् । त्यसो त उनी विगत ७ वर्षयता निरन्तर शुक्रबार भैरहवा जान्छन् र त्यहाँ न्युरोका बिरामी जाँचेर फर्कन्छन् ।
डा. लेखजंगका लागि त्यतिबेला डा. देवकोटाको फोन आउनु नै ठूलो कुरा थियो । ‘मैले पढेर जति प्रमाणपत्र पाएँ, त्यो भन्दा ठूलो खुशी डा. देवकोटाको फोन आउँदा थिएँ ।’ त्यसैले उनले केही सोचेनन् । डा. देवकोटाको प्रस्तावलाई सहर्ष स्विकारे । यही क्रममा डा. देवकोटाले प्रश्न गरे, ‘मबाट के चाहनुहुन्छ ?’ त्यसमा डा. थापाले भने, ‘मैले हजुरसँग माग्ने एउटै कुरा छ । मलाई डा. लेखजंग मेरो गाउँघर (भैरहवा) ले बनाएको हो, त्यो समाज र ती साथीभाईले बनाएका हुन् । म हप्तामा शुक्रबार वा आइतबार भैरहवा जान्छु र आफ्नो जन्मभूमिमा केही गर्न चाहन्छु ।’
डा. थापाको यो समाजप्रति र आफ्नो जन्मभूमिप्रतिको प्रेम र लगावमा डा. देवकोटा सकारात्मक नहुने कुरै थिएन । डा. देवकोटाले पनि आफूले सक्दो सहयोग गर्ने र न्युरोलोजी विषयलाई अझै माथि लैजान प्रेरित गर्ने वचन दिए । त्यो वचन डा. देवकोटाले बाँचुञ्जेल पुरा गरेको लेखजंग सम्झन्छन् ।

७ वर्षदेखि हरेक शुक्रबार र शनिबार भैरहवा
डा. लेखजंग हप्तामा आइतबारदेखि बिहिबारसम्म कहाँ हुन्छन् मतलब हुँदैन तर, शुक्रबार र शनिबार भने उनले भैरहवा जाने प्रण गरेका छन् । त्यसो त उनी विगत ७ वर्षयता निरन्तर शुक्रबार भैरहवा जान्छन् र त्यहाँ न्युरोका बिरामी जाँचेर फर्कन्छन् ।
‘डा. देवकोटा हुँदा न्युरो अस्पतालमा काम गर्न सहज र जति आत्मीयता थियो, उहाँको निधनसँगै बिस्तारै हराउँदै गयो,’ डा. थापा भन्छन्, ‘सरस्वतीको बास भएको ठाउँमा लक्ष्मीको धक्कु दिन थालेपछि काम गर्ने वातावरण सिर्जना भएन, त्यसपछि न्युरो छोड्न बाध्य भएँ ।’
डा. लेखजंगमा बाल्यकालदेखि परिवार, समाज, राष्ट्रप्रतिको अथाह प्रेम थियो । अझै आफू जन्मिएको ठाउँप्रतिको उनको लगाव कमै मान्छेमा मात्र भेटिन्छ । त्यसो त उनी सानैदेखि आफ्नो घरगाउँमा केही गर्नुपर्छ भन्ने सोच राख्थे । अझै बुबाको मृत्युपछि त बुबाले नपाएको उपचार भैरहवाबासीलाई दिन चाहन्थे । त्यसैको फलस्वरूप उनले सन् २०१४ मा भैरहवामा न्युरो एलाइड मेडिकल सेन्टर सञ्चालनमा ल्याए ।
एउटा कोठाबाट सुरु भएको न्युरो एलाइडले आफ्नो दायरा फैलाउँदै छ । साथै, बिरामीको भीड पनि उत्तिकै छ । भैरहवामा आफूलाई सम्झेर सुदुरपश्चिमदेखि भारतको पटनासम्मका बिरामी आउने गरेको उनी बताउँछन् ।
डा. लेखजंगको अर्को पनि विशेषता छ । उनी बिरामीलाई कस्तो रोग लागेको हो, त्यो प्रष्टसँग बुझाएर सन्तुष्ट बनाएर पठाउँछन् । अझै कतिपय चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भनेर सल्लाह दिएका बिरामीलाई शल्यक्रिया नगरीकनै निको बनाएका छन् । त्यसो त भैरहवाबासीले डा. लेखजंगलाई ‘चम्किलो तारा’को रूपमा लिन्छन् । डा. लेखजंग पनि आफूले जस्तै यस देशका डाक्टरहरूले महिनामा एकपटक मात्र जन्मभूमि गएर यस्तो संस्कार दिनुपर्ने बताउँछन्, जुन संस्कार उनले भैरहवामा दिएका छन् ।
अनि छोडे न्युरो अस्पताल !
डा. थापाले करिव ७ वर्ष बाँसबारीस्थित नेशनल न्युरो सेन्टरमा बिताए । डा. देवकोटाको जीवनकालसम्म न्युरो अस्पतालको बसाइँलाई उनीे स्मरणीय समय मान्छन् । ‘डा. देवकोटा हुँदा न्युरो अस्पतालमा काम गर्न सहज र जति आत्मीयता थियो, उहाँको निधनसँगै बिस्तारै हराउँदै गयो,’ डा. थापा भन्छन्, ‘सरस्वतीको बास भएको ठाउँमा लक्ष्मीको धक्कु दिन थालेपछि काम गर्ने वातावरण सिर्जना भएन, त्यसपछि न्युरो छोड्न बाध्य भएँ ।’
डा. लेखजंगको कुरा गर्दा त उनी प्रत्येक साता काठमाडौंदेखि भैरहवासम्म व्यस्त हुन्छन् । उनीसँग फूर्सद कमै हुन्छ । तैपनि उनको लाइफस्टाइल भने एउटै लयको छ ।
यसरी जन्मियो न्युरो सेन्टर
डा. राजु र उनी सँगै मिलेर काम गर्न चाहन्थे । तर, वातावरण मिलिरहेको थिएन । नेपालमा न्युरो सर्जरीको विकास भएको थियो तर न्युरोलोजी भने फस्टाएको थिएन । त्यसैलाई मलजल गर्ने र न्युरो साइन्सलाई नयाँ रूप दिएर अघि बढ्ने दुवैजनाको उद्धेश्यले नेशनल न्युरो सेन्टर स्थापना भएको डा. लेखजंग बताउँछन् । ‘जुन दिन म न्युरोलोजिष्ट बनेर काठमाडौं छिरें, त्यसबेलादेखि मैले जति बिरामीलाई जाँचे, उहाँहरुलाई खुशी बनाएको छु,’ उनी भन्छन्, ‘मैले यति धेरै मान्छेलाई खुशी बनाइरहेको छु तर डा. देवकोटाको मृत्युपछि म न्युरो अस्पतालमा चाहिँ किन खुशी हुन सकिन ? यो प्रश्नको उत्तरको खोजीमा थिएँ । त्यही उत्तर पाउने अभिलाषाले न्युरो सेन्टर खोलेको हुँ । जहाँ बिरामीलाई उपचारमात्र होइन, उपचारको पूर्ण सन्तुष्टि दिन्छौं ।’
बेलुका घर पुग्दा १०-११ बजिसकेको हुन्छ । घर पुगेर फ्रेस भएपछि केही समय मोवाइलमा गेम खेल्छन् । परिवारसँग कुराकानी गर्छन् । यसरी व्यस्ततामा पनि खुशीसाथ जीवनशैली चलिरहेको उनी बताउँछन् ।
एउटै लयको ‘लाइफस्टाइल’

नेपालमा विशेषज्ञ चिकित्सकको अभाव छ । एउटै डाक्टरले धेरै बिरामी हेर्नुपर्ने बाध्यता छ । त्यसैले अन्य मानिसको तुलनामा डाक्टरको जीवनशैली बिल्कुल फरक हुन्छ । अझ डा. लेखजंगको कुरा गर्दा त उनी प्रत्येक साता काठमाडौंदेखि भैरहवासम्म व्यस्त हुन्छन् । उनीसँग फूर्सद कमै हुन्छ । तैपनि उनको लाइफस्टाइल भने एउटै लयको छ ।
उनी बिहान उठेपछि नुहाउँछन् । त्यसपछि ब्रेकफास्ट लिन्छन् । अनि न्युरो सेन्टर जान्छन्, बिरामी हेर्छन् । दिउँसो फूर्सद निकालेर लन्च लिन्छन् । साथीहरूसँग केही समय रमाइलो गर्छन् । फेरि बिरामी हेर्छन् । बिरामी सकिएपछि फेरि न्युरो सेन्टरका स्टाफहरूसँग कुराकानी गर्छन् । बेलुका घर पुग्दा १०-११ बजिसकेको हुन्छ । घर पुगेर फ्रेस भएपछि केही समय मोबाइलमा गेम खेल्छन् । परिवारसँग कुराकानी गर्छन् । यसरी व्यस्ततामा पनि खुशीसाथ जीवनशैली चलिरहेको उनी बताउँछन् ।
‘हामी डाक्टरलाई फूर्सद निकै कम हुन्छ,’ उनी भन्छन्, ‘तर, डाक्टरले आफ्नो जीवनशैलीलाई चुस्त राख्न भने भुल्नु हुँदैन ।’
stammitle
Prozac is a selective serotonin reuptake inhibitor SSRI buy cialis online Jin Yichen did not expect that the other does exercise lower blood sugar by how many pionts party would use his soul to launch an attack, he groaned, his mind was about to burst, and the pain was incomparable