English

सेयर बजारमा फेरि पहिरो



आइतबार ७१.२० अंकले बढेको सेयर बजारमा फेरि पहिरो गएको छ। यसदिन नेप्से ६९.७७ अंकले घटेर २५ सय २१ बिन्दुमा पुगेर बन्द भएको छ। २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रुपैयाँमा खरिद-बिक्री भयो। आइतबार २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँमा कारोबार भएको थियो।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ। यसदिन निर्जीव विमा समूहको सर्वाधिक ५.१५ प्रतिशतले घटेको हो। यस्तै अन्यको ४.६२,जलविद्युतको ३.८३, विकास बैंकको ३.९२,वित्तको ३.३१,लगानी समूहको ३.७३ प्रतिशत परिसूचक घटेको छ।

यस्तै, यसदिन दुई कम्पनीको मात्रै सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुराँस फाइनान्स र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा यसदिन नबिल बैंक शीर्षस्थानमा रहेकाे छ। सो कम्पनीको आज ३० करोड भन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्टको २६ करोड बराबरको सेयर कारोबार गरेर दोस्रो स्थानमा रहेको छ।

सोमबार पनि नबिल बैंक अग्रस्थानमा रहेको थियो। सो कम्पनीको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested