English

मार्तडीबासी महसुल तिर्छन्, नियमित बिजुली बाल्न पाउँदैनन्



बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत केन्द्रले विद्युत उत्पादन गर्न नसक्दा दैनिक विद्युत अनियमित हुँदै आएको छ । वर्षायाममा बाढीले विद्युतको नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत केन्द्रले बत्ती नियमितरूपमा नदिएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।

जीर्ण मेसिनले विद्युत उत्पादन कम हुने गरेको र क्षमताभन्दा बढी ग्राहक बनाउँदै लाइन विस्तार गर्ने गरेकाले जिल्ला सदरमुकामका स्थानीयवासीले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् । उनीहरूले विद्युत अनियमितताका कारण हैरानी खेप्दै आएका छन् । विद्युत नियमित नआए पनि महसुल भने मासिकरूपमा उठाउने गरेको बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय भीमबहादुर रावलले बताए ।

जिल्ला सदरमुकाम मार्तडीमा बिहान ५ देखि ९ः३० र बेलुका पनि ५ देखि ९ः३० बजेसम्म लोडसेडिङ गर्नुपर्ने बाध्यता भएकाले अब प्रत्येक ग्राहकलाई दैनिक लोडसेडिङ तालिका एसएमएसमार्फत जानकारी गराउने निमित्त व्यवस्थापक गगन अयडीले बताए ।

उनले भने, ‘विद्युत वर्षायाममा खोलाले नहर बगायो, हिउँदमा पानी अपुग भएको कारण देखाउँदै लोडसेडिङ गरेर नियमितरूपमा उज्यालो बाल्नबाट बञ्चित भएका छौँ’, ‘साना जलविद्युत केन्द्रले नियमित सेवाग्राहीलाई बत्ती नदिए पनि महसुल भने उठाउन छाडेको छैन ।’ विद्युत नआएका बेला पनि साना जलविद्युत केन्द्रले मासिकरूपमा मिटर रिडिङ गर्दै महसुल चुक्ता गर्ने गरेको बडीमालिका नगरपालिका–८ का स्थानीयवासी जङ्गबहादुर थापा बताउँछन् । विद्युत केन्द्रले मेसिन पनि खरिद नगर्ने र पुरानै मेसिन मर्मत गर्दै कामचलाउरूपमा विद्युत सञ्चालन गरेको थापाको आरोप छ ।

त्रिवेणी सहकारीले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेर सञ्चालन गरिएको विद्युतको पुरानै अवस्थामा भएका कारण विद्युत नियमित हुन नसक्दा जिल्लाका सरकारी तथा गैर–सरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम मारमा परेका छन् । त्रिवेणी साना जलविद्युत केन्द्रले उपभोक्ताको मागअनुसार विद्युत आपूर्ति गर्न सकेको छैन । जीर्ण अवस्थामा रहेको मेसिनले क्षमताभन्दा बढी विद्युत उत्पादन गर्न नसक्ने भए पनि विद्युत सञ्चालक समितिले भने उपभोक्ता बढाउँदै गएको छ ।

साना जलविद्यत केन्द्रको सेवा क्षेत्र रहेको बडिमालिका नगरपालिका क्षेत्र भित्रमात्र एक हजार किलोवाट बढी विद्युत माग भइरहेकाले आपूर्ति गर्न नसकेको केन्द्रका अध्यक्ष अशोक रावलले स्वीकारे । त्रिवेणीले दुई सय किलोवाट क्षमताभन्दा विद्युत बढाउन नसकिने अवस्था रहेकाले लोडसेडिङ गर्नुपरेको अध्यक्ष रावलले बताए । मार्तडीको विद्युत एक दशकयता त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरिरहेको छ ।

साना जल विद्युत केन्द्र तथा सहकारीका अध्यक्ष रावलले बजारमा जति माग छ, त्यसअनुसार आपूर्ति गर्न नसकिने भएकाले विद्युत प्राविधिकरणसँग थप विद्युत खरिद गर्ने प्रक्रिया सुरु गरिएको समेत बताए । उनले सडक तथा बाटोमा गाडिएका पोलमा भएको क्षतिपछि प्राधिकरणलाई लाइन विस्तारमा ढिलाइ भए पनि मार्तडी सबै कार्यालयमा विद्युत जडानलगत्तै सम्झौता गर्ने अध्यक्ष रावलले जानकारी दिए ।

वर्षौ पुरानो विद्युत मेसिन खरिद गर्न नसकिएको र विद्युतको नहर मर्मतका लागि समेत ठूलो लगानी आवश्यक पर्ने भएकाले सहकारीले सबै खर्च व्यहोर्न गाह्रो भएको रावलको भनाई छ । जिल्ला सदरमुकाम मार्तडीमा बिहान ५ देखि ९ः३० र बेलुका पनि ५ देखि ९ः३० बजेसम्म लोडसेडिङ गर्नुपर्ने बाध्यता भएकाले अब प्रत्येक ग्राहकलाई दैनिक लोडसेडिङ तालिका एसएमएसमार्फत जानकारी गराउने निमित्त व्यवस्थापक गगन अयडीले बताए ।

त्रिवेणीले निर्धारित २० युनिटको महसुल रु ८० राखेको छ भने प्राधिकरणले रु ३० राखेको छ । उपभोक्ताले रु ५० आधारभूत महसुल दरमै बढी तिर्नुपर्ने बाध्यता छ । हाल त्रिवेणीसँग दुई हजार १७४ विद्युत उपभोक्ता छन् । विद्युत महसुल नै साना जलविद्युत केन्द्रले ठगी गरेको आरोप उपभोक्ताले लगाउने गरेका छन् ।

देश लोडसेडिङ मुक्त भइरहेको बेला बाजुरामा अँध्यारोमा बस्नुपर्ने र लोडसेडिङ तालिकाबारे जानकारी गराउनुपर्ने अवस्था छ । सेवाग्राहीले उज्यालो पाउनुपर्ने माग राख्दै त्रिवेणीमाथि आक्रोश पोख्दै आएका छन् । त्रिवेणीले प्राधिकरणले निर्धारण गरेभन्दा बढी विद्युत महसुल असुली गर्दै आएको छ । विद्युत सम्झौता गर्दा प्राधिकरणकै मूल्यमा उपभोक्तालाई बिजुली दिने सहमति गरे पनि आफ्नो नियम बनाएर थप रकम असुली गर्ने गरेकामा समेत स्थानीयवासी आक्रोशित छन् ।

यस वर्षको पुसबाट प्राधिकरणकै विद्युत महसुल दरमा विद्युत दिने त्रिवेणी साना जल विद्युत केन्द्रका सचिव शेरबहादुर रावलले जानकारी दिए । उनले साना जलविद्युत केन्द्रले विद्युत अनियमित गर्ने र रकम असुली गर्ने नियत नराखेकाले भ्रममा नपर्न सेवाग्राहीलाई आग्रह गरेका छन् ।

त्रिवेणीले निर्धारित २० युनिटको महसुल रु ८० राखेको छ भने प्राधिकरणले रु ३० राखेको छ । उपभोक्ताले रु ५० आधारभूत महसुल दरमै बढी तिर्नुपर्ने बाध्यता छ । हाल त्रिवेणीसँग दुई हजार १७४ विद्युत उपभोक्ता छन् । विद्युत महसुल नै साना जलविद्युत केन्द्रले ठगी गरेको आरोप उपभोक्ताले लगाउने गरेका छन् । त्रिवेणीको सेवामा हैरानी व्यहोर्न बाध्य उपभोक्तालाई सहकारीका पदाधिकारीले भने सुधारका लागि प्रयास जारी रहेको भन्दै आश्वस्त पार्दै आएका छन् । विद्युत सेवा अनियमित हुँदा दैनिक कामकाज प्रभावित बन्ने गरेको छ भने स्थानीयले हैरानी खेप्दै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,