English

कामना सेवा विकास बैंकद्वारा प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण



‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा साइन बोर्ड, माक्स तथा स्यानिटाइजर लगायतका सामग्री सहयोग स्वरुप प्रदान गरिएको हो ।

सामग्रीलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र नायव प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । साथै, हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले सानो गौचरनमा जनचेतनामूलक बोर्डको अनावरण समेत गरेका थिए । उक्त बोर्डहरु सहरका विभिन्न स्थानमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लम्सालले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्याउने अवसर प्रदान गरेकोमा प्रहरीलाई धन्यवाद दिए । ‘हामीलाई यो अवसर दिएकोमा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँ, ३० नंं वडा कार्यालयलगायत सबैप्रति आभारी छौं,’ उनले भने, ‘आगामी दिन सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिनेछौं ।’

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्कीले बैंकले बहन गरेको सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गरे । ‘बैंकले ट्राफिक बत्ती, न्यून आय भएका परिवारका बालबालिकालाई न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण, सरसफाई, वित्तीय साक्षरता अभियान सञ्चालन, शान्ति सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक पोष्टर तथा साइनबोर्डहरु वितरण गरी समाजको लागि अनुकरणीय काम गरेको छ,’ उनले भने, ‘म र मेरो वडाबासीको तर्फबाट बैंकलाई धेरै–धेरै धन्यवाद ।’

महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक कुँवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त सामाजिक उत्तरदायित्व सम्झि समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा निकै गर्व लागेको बताए । ‘यस्ता कार्यक्रममा प्रहरी सधैं बैंकको साथमा छ,’ उनले भने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो