English

१२ लाखमै आकर्षक घर



के तपाई घर बनाउने सोचमा हुनुहुन्छ ? कम भन्दा कम लागत र समयमा सुन्दर घर बनाउने कल्पना मध्यम बर्गिय नेपाली परिवारको रहेको छ । घर बनाउन लाग्ने खर्च, समय आदीले गर्दा धेरैले घर बनाउने योजनालाई सार्दै लैजाने गर्छन् ।

अहिलेको चलन चल्तीको ४ कोठा भएको एक तले घर बनाउन न्यूनतम पनि ३२ देखि ३५ लाख सम्म खर्च लाग्ने गर्छ । यो मूल्यमा घर बनाउन लामो समय लाग्ने हुनाले झन्झटिलो ठान्ने गरिन्छ । घर बनाउन देखिने यही झन्झटिलोलाई हटाउन पछिल्लो पटक कोरियन प्रविधि नेपाल भित्रिएको छ ।

आरसीसी प्रविधिको तुलनामा कोरियन प्रविधिबाट एक तले घर बनाउँदा ३० प्रतिशत सम्म सस्तो पर्छ ।’ घर बनाउने समयको कुरा गर्ने हो भने त झनै आरसीसी प्रविधिबाट बनाइएको घर भन्दा करिब ८० प्रतिशत छिटो तयार हुन्छ ।

कोरियन प्रविधि अनुसार घर निर्माण गर्न अहिले एसवाई प्यानलले सक्रियता देखाएको छ । यो प्रविधि अनुसार ४ कोठा भएको घर, कङ्क्रिटको प्रयोग गरेर बनाइएको घरको तुलनामा धेरै सस्तो, चाँडो निर्माण हुने र टिकाउ समेत हुने दावा गरिएको छ ।

कोरियामा लोकप्रिय मानिएको यो प्रविधिको प्रयोग गरेर आफ्नो इच्छा अनुसार डिजाइनमा एक महिना भित्र चिटिक्क परेको घर तयार हुने एसवाई प्यानलका सिभिल इन्जिनियर तथा मार्केटिङ म्यानेजर विमलराज गोसाई बत्ताउँछन् । उनका अनुसार ‘आरसीसी प्रविधिको तुलनामा कोरियन प्रविधिबाट एक तले घर बनाउँदा ३० प्रतिशत सम्म सस्तो पर्छ ।’ घर बनाउने समयको कुरा गर्ने हो भने त झनै आरसीसी प्रविधिबाट बनाइएको घर भन्दा करिब ८० प्रतिशत छिटो तयार हुन्छ ।

कसरी बनाइन्छ

कोरियन प्रविधि अनुसार एक तले घर बनाउँदा २ देखि साढे दुई फिट जमिन खनेर फलामको पोलहरू गाडेर कङ्क्रिटले ढलान गरिन्छ । घर बनाउँदा जमिनमुनि गरिने फाउन्डेसनको काम आरसीसी र कोरियन दुवै प्रविधिको घर बनाउँदा एकै किसिमको हुन्छ ।

कोरियन प्रविधिको फेब्रिकेन्टले घर बनाउँदा पनि जमिनमुनि गिट्टी, बालुवा, डन्डी र सिमेन्टबाटै संरचना निमार्ण गरिन्छ । गोसाइका अनुसार चार कोठाको फेब्रिकेटेड घर बनाउँदा ७ सय वर्ग फिट कभरेज हुन्छ ।

सामान्यतया आरसीसी प्रविधिको प्रयोग गरेर ४ कोठे भएको एक तले घर निर्माण गर्दा ६ देखि सात महिना लाग्छ । तर कोरियन प्रविधिको प्रयोग गरेर यही क्षेत्रफलको घर बनाउन एक महिना लाग्छ । यदि घर धनीले अझ चाडै निर्माण सम्पन्न चाहेमा १२ देखि १५ दिनमा पनि तयार गर्न सकिन्छ ।

७ सय बर्ग फिटमा एक तले फेब्रिकेटेड घर बनाउन प्रति बर्ग फिट १८ सय रुपैयाँका दरले १२ लाख रुपैयाँको हाराहारी खर्च हुन्छ । वाल, झ्याल, ढोका, किचन, बाथरुम, भर्‍याङ, छानो सबै यही खर्च भित्र पर्न आउँछ ।

कति खर्च लाग्छ

आरसिसी प्रविधिको एक तले ४ कोठाको घर बनाउन ३२ देखि ३५ लाख सम्म खर्च लाग्न सक्छ । कोरियन प्रविधिको ४ कोठा र एउटा बाथरुम भएको घर बनाउन १२ देखि १४ लाख रूपैंयामा तयार हुन्छ । कोरियन प्रविधिबाट एक तले घर बनाउँदा डबल टाइपिङ र हात्तीपाइले बनाउन नपर्ने भएकोले खर्च कम लाग्छ ।

जमिनभन्दा माथि कोरियन प्रविधिको फेब्रिकेटेड निर्माण सामाग्री प्रयोग गरिन्छ । गोसाईका अनुसार ७ सय बर्ग फिटमा एक तले फेब्रिकेटेड घर बनाउन प्रति बर्ग फिट १८ सय रुपैयाँका दरले १२ लाख रुपैयाँको हाराहारी खर्च हुन्छ । वाल, झ्याल, ढोका, किचन, बाथरुम, भर्‍याङ, छानो सबै यही खर्च भित्र पर्न आउँछ ।

घरको अर्को विशेषता भनेको यो घर वातावरण मैत्री पनि छ । ‘जाडो मौसममा घर भित्रको वातावरण न्यानो हुन्छ भने गर्मी मौसममा घर भित्रको तापक्रम शीतल हुन्छ’ ।

किन बनाउने

कोरियन प्रविधिको घर बनाउँदा थुप्रै फाइदाहरू रहेको यसमा इन्जिनियर गोसाई बताउँछन् । यो प्रविधिले कम खर्च र कम समयमै आकर्षक घर बन्नु नै यसको मुख्य विशेषता हो । यसको साथै यो प्रविधिको घर भूकम्प प्रतिरोधी पनि रहेको छ । बि.स. २०७२ सालको महाभूकम्पले धेरै घरहरूको क्षति भयो भने कतिपय व्यक्तिहरूको आफ्नै घरले किचेर मानवीय क्षति समेत भयो । त्यसैले कोरियन प्रविधिको घर भूकम्प प्रतिरोधी हुन्छ नै साथै घरको भार कम हुने हुनाले यदि ढलिहाल्यो भने पनि यसले कुनै मानवीय क्षति गर्दैन ।

नेपालीहरूको आयस्रोत कम हुने भएकोले धेरैको घर बनाउने चाहना पुरा नभएको अवस्थामा कोरियन प्रविधि अर्को विकल्पको रूपमा देखिएको छ ।

यो प्रविधिको प्रयोग गरेर निर्माण गरिएको घरको आयु ३५ देखि ४० वर्षको हुन्छ । यसलाई नियमित मेन्टिनेन्स गर्ने हो भने यसको आयु अझ बढाउन सकिन्छ ।

यो घरको अर्को विशेषता भनेको यो घर वातावरण मैत्री पनि छ । गोसाईका अनुसार ‘जाडो मौसममा घर भित्रको वातावरण न्यानो हुन्छ भने गर्मी मौसममा घर भित्रको तापक्रम शीतल हुन्छ’ ।

नेपालीहरूको आयस्रोत कम हुने भएकोले धेरैको घर बनाउने चाहना पुरा नभएको अवस्थामा कोरियन प्रविधि अर्को विकल्पको रूपमा देखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली