English

यस्तो छ बुधबारको विनिमय दर



नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ ९ पैसा र बिक्री दर १२१ रुपियाँ २९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपियाँ ८७ पैसा र बिक्री दर १३७ रुपियाँ ५५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ १३ पैसा र बिक्री दर १६० रुपियाँ ९२ पैसा छ । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपियाँ ५८ पैसा र बिक्री दर १३२ रुपियाँ २४ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ १९ पैसा र बिक्री दर ८६ रुपियाँ ६१ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ ९६ पैसा छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपियाँ ६६ पैसा र बिक्री दर १० रुपियाँ ७१ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपियाँ ३ पैसा र बिक्री दर १९ रुपियाँ १२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपियाँ २८ पैसा र बिक्री दर ३२ रुपियाँ ४४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ९९ पैसा र बिक्री दर ३३ रुपियाँ १५ पैसा रहेको राष्ट्र बैङ्कले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ २३ पैसा र बिक्री दर १० रुपियाँ २८ पैसा कायम छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested