English

सुनिता र प्रतापको ‘मायाको डोरी’ सार्वजनिक (भिडियोसहित)



गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वरमा सजिएको ‘मायाको डोरी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो सुनिता दुलाल युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

गीतमा बबिता बानियाँ जेरीको शब्द तथा संगीत रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

भिडियोमा अभिनेता पल शाह, अभिनेत्री केकी अधिकारी, मोडल अन्जना रसाइली, भोजराज शर्मा, निमा ल्हामु शेर्पा लगायतलाई देख्न सकिन्छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ । भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् ।

यो गीतलाई राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको हो । यसअघि सुनिता र प्रतापले गाएको बाँसको कप्टेरो बोलको गीतले सर्वाधिक चर्चा पायो । यो सँगै सुनिताको ‘मुखैमा चिनी’, ‘चुरा टीका लाली’, ‘झम्के फुली’, ‘माया वास्तै नगर्नी’, ‘यसपाली नि दर खाने’ लगायतका गीत हिटको सूचीमा छन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested