English

रोष्ट एण्ड र्याप ब्याटलको नयाँ श्रृंखला ट्रिपल रोलमा



लेखमणी त्रितालको ट्रिपल रोल रहेको नयाँ श्रृंखला ‘रोष्ट एण्ड र्याप ब्याटल’ आज (बिहिबार) सार्वजनिक हुने भएको छ । विगत ५ वर्षयता नेपाली स्ट्याण्डअप कमेडीलाई निरन्तरता दिँदै आएको नेप-ग्याजमले यो श्रृंखला निर्माण गरेको हो । जसलाई आज साँझ ७ बजे नेप-ग्याजमको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिँदैछ ।

७ जनाको कलाकार टोलीलाई विभिन्न हास्य विधामा समेट्दै आएको नेपग्याजमले केही दिन अघि ब्याटलको ट्रेलर सार्वजनिक गरेको थियो । ट्रेलरमा कलाकार लेखमणी त्रिताललाई तीन फरक पात्र (लेखमणी त्रिताल, रमेश अंकलको छोरो र रमेश चाचा के लैका) मा देख्न सकिन्छ ।

ट्रेलरले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको नेपग्याजमका व्यवस्थापकीय निर्देशक आशिष शाही बताउँछन् । युवापुस्तामाझ लोकप्रिय त्रितालले आफ्ना स्ट्याण्डअप कमेडीका सामग्रीहरुमा आफ्नो साथी रमेश अंकल छोरोको प्रशङ्ग, उसको हाउभाउ, उसको उत्पट्याङ लवज तथा घटनालाई भिडियोमा समावेश गर्दैआएका छन् भने रमेश चाचा के लैकालाई तराईको पात्रको रुपमा पस्किँदै आएका छन् ।

त्यसैले यो लेवलको हास्य सामग्री सम्भवतः नेपालमै पहिलो प्रयोग भएको शाहीको दाबी छ । ‘नेपग्याजमको परिकल्पना र लेखमणी त्रितालको लेखनमा यो सामग्री हामीले तयार पारेका हौं,’ उनले भने, ‘हामीले यसमा जे देखाएका छौं सायद नेपाली हास्य क्षेत्रमै पहिलो अभ्यास हो ।’

अहिलेसम्म अभिनय गरेका पात्रलाई एउटै स्क्रिनमा ल्याउने आफ्नो सपना पुरा भएको त्रिताल बताउँछन् । ‘मलाई धेरै अघिदेखि आफूले अभिनय गरेका पात्रलाई एउटै स्क्रिनमा ल्याउने योजना थियो । तर, कहिले कोरोना, कहिले लकडाउनका काम गर्न सकिएको थिइएन,’ उनले भने, ‘म उत्साहित छुँ, मिहिनेत साथ यसको उत्पादन तथा सम्पादनमा एउटा राम्रो अभ्यास गरेका छौं, ट्रेलरमा दर्शकले दिनुभएको प्रतिक्रिया तथा जोश हेर्न लायक छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested