English

रामदुङले देखेको वकिल



कालो कोटमा ठाट्टिएर मुद्धामा बहस गर्ने अधिवक्ता विष्णुप्रसाद भुसालको यतिबेला परिचय बदलिएको छ । त्यो हो – हिमाल आरोही । भुसालले १३ कात्तिकको बिहान दोलखा रोल्वालिङ उपत्यकाअन्तर्गत पर्ने रामदुङ हिमाल (५,९२५ मि.) चुमे ।

भुसालले हिमाल चुम्दा सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा अधिवक्ताहरु प्रधानन्यायाधी चोलन्द्र शमशेर जबराको राजीनामा मागिरहेका थिए । प्रधानन्यायाधिश जबरातिर संकेत गर्दै मुर्दावादका नारा लगाइरहेका थिए । अदालत र बार परिसरमा कालोकोटधारी देखिन्थे कि त नीलो रङको पोशाकमा प्रहरी । एकअर्कालाई धकेलाधकेल र लाठी चार्जको दृश्य न्यायालय परिसर रणमैदान जस्तो देखिन्थ्यो ।

हिमशृंखला चाँदी झैं टल्केको देख्दा भुसाल फुरुङ्ग हुन्छन् । तर, तिनै चाँदी ‘ग्लोबल वार्मिङ’ का कारण फलाम बन्दै गरेकोमा उनी चिन्तित देखिन्छन् । ‘वातावरण प्रदूषण र जलवायू परिवर्तनका कारण हाम्रा हिमाल पग्लिरहेका छन्,’ उनी निरास सुनिए, ‘यही अवस्था निरन्तर चलिरह्यो भने हाम्रा हिमालहरु पुरै पग्लिएर जान्छन् । जसले नेपालको सुन्दरतामात्र होइन मानव जातीकै अस्तित्व संकटमा पर्छ ।’

सायद अधिवक्ता भुसाल अर्कै माटोले बनेका थिए । उनलाई यस्ता कुराको कुनै प्रवाह थिएन । उनलाई न प्रधानन्यायाधिश पाल्नु थियो न फाल्नु नै थियो । बस् ‘न्याय क्षेत्र दुषित नभइदिओस्’ उनको कामना थियो ।

उनको लक्ष्य अर्कै थियो । प्रकृतिप्रेमी भुसाललाई जलवायू परिवर्तनले नेपालको हावापानीमा पारेको प्रत्यक्ष प्रभावप्रति ठूलो चिन्ता छ । रामदुङका लागि घर छोड्दै गर्दा बेलायतमा कोप–२६ चलिरहेको थियो । जहाँ विश्वका थुप्रै राष्ट्र प्रमुखहरु सहभागि थिए । त्यसैलाई लक्षित गर्दै भुसाल ‘वातावरणलाई न्याय देउ’ भन्दै रामदुङको शिरमा पुगे । अनि उनको त्यो लक्ष्यले नेपालमा कीर्तिमान बनायो । पर्वतारोहीहरुको दाबी अनुसार भुसाल नै हिमाल चढ्ने नेपालका पहिलो अधिवक्ता हुन् ।

अर्घाखाँचीमा जन्मे हुर्केका भुसाल डाँडा काँडासँग राम्रै परिचित छन् । उनलाई पहाड निकै मनपर्छ । उनी ‘विकेण्ड हाइकर’ पनि हुन् । ‘फूर्सद हुने बित्तिकै डाँडाकाँडा घुम्न जान्छु,’ उनी भन्दै थिए, ‘म प्रकृतिप्रेमी हुँ तर, यसमाथि निरन्तर प्रहार भइरहेको छ ।’

चाँदी फलाम बन्नेमा चिन्ता

हिमशृंखला चाँदी झैं टल्केको देख्दा भुसाल फुरुङ्ग हुन्छन् । तर, तिनै चाँदी ‘ग्लोबल वार्मिङ’ का कारण फलाम बन्दै गरेकोमा उनी चिन्तित देखिन्छन् । ‘वातावरण प्रदूषण र जलवायू परिवर्तनका कारण हाम्रा हिमाल पग्लिरहेका छन्,’ उनी निरास सुनिए, ‘यही अवस्था निरन्तर चलिरह्यो भने हाम्रा हिमालहरु पुरै पग्लिएर जान्छन् । जसले नेपालको सुन्दरतामात्र होइन मानव जातीकै अस्तित्व संकटमा पर्छ ।’

जलवायु परिवर्तन एउटा सामान्य प्रक्रिया हो भन्ने आममानिसको बुझाई छ । तर, जुन प्रक्रियामा जसरी परिवर्तन हुनुपर्ने हो त्यसरी नभएको पर्वतारोहीहरुको पनि दाबी छ । त्यसैले नेपाललाई मात्र होइन यो परिवर्तनले विश्वलाई नै खडेरीतर्फ धकेलिरहेको भुसाल सुनाउँछन् । ‘विश्वमा भइरहेको औद्योगिक विकासका कारण उत्पन्न रासायनिक ग्यासहरुले वातावरण प्रदूषित बनाइरहेको छ,’ भुसाल गफिदै थिए,‘अहिले नेपालका हिमालमा परेको प्रभाव त्यही हो, यसले ३ अर्ब जनसंख्यालाई प्रत्यक्ष असर गर्छ ।’

मैले मात्र आवाज उठाएर वातावरणले न्याय पाउँदैन,’ भुसालको आह्वान थियो, ‘यदि मानव अस्तित्व र हिमाललाई जोगाउने हो भने विश्वभरका वकिलहरुले वातावरणीय पक्षमा वकालत गरौं ।’

यस्ता गम्भिर मुद्धामा विषयमा विश्वको ध्यान नगएको उनको गुनासो छ । विश्व यतिबेला कोभिड महामारीसँग जुधिरहेको छ । तर, यो बेला भएको बन्दाबन्दीले केही हदसम्म वातावरण प्रदूषण कम भएको वातावरणविद्हरु दाबी गर्छन् । तर, कोभिड नियन्त्रणका लागि जसरी विश्व एकजुट भयो त्यसरी नै वातावरण जोगाउन एकढिक्का हुनुपर्ने भुसाल बताउँछन् ।

त्यसैले उनी वातावरणीय न्यायका पक्षमा वकालत गर्दै आएका छन् । अझै हिमाल चढेर फर्केपछि उनमा थप उत्साह जागेको छ । ‘कालो कोेट लगाएर नेपाल बार एसोसिएसनबाट वातावरण न्यायका लागि हिमाल आरोहण गर्ने पहिलो व्यक्ति हुँ,’ आरोहण उपलब्धी बताउँदै गर्दा उनी फुरुङ्ग सुनिए,‘यो न्याय क्षेत्रकै लागि गौरवको कुरा हो । त्यसैले बारको प्रतिनिधित्व गर्दै कालो कोट र टोपीमा रामदुङको शिरमा उभिँदा सबै दुःख कष्ट भुलेँ ।’

अबको लक्ष्य सगरमाथा चढ्ने

अब भुसालको ध्यान सर्वोच्च शिखर सगरमाथातर्फ केन्द्रित भएको छ । लगभग ६ हजार मिटर अग्लो रामदुङको सफल आरोहण गरेपछि उनमा हिम्मत बढेको छ । वातावरणीय न्यायको माग गर्दै उनी बसन्त ऋतुमा सगरमाथा चढ्दै छन् । त्यसका लागि उनी अभ्यास गरिरहेका छन् । तर, यो मागलाई मुर्त रुप दिन भुसालमात्र काफी छैनन् । यो कुरामा उनी पनि जानकार छन् । ‘मैले मात्र आवाज उठाएर वातावरणले न्याय पाउँदैन,’ भुसालको आह्वान थियो, ‘यदि मानव अस्तित्व र हिमाललाई जोगाउने हो भने विश्वभरका वकिलहरुले वातावरणीय पक्षमा वकालत गरौं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested