English

नयाँ नेतृत्व र पुरानो कसमको मझधारमा कमल थापा



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै नयाँ नेतृत्व पाएको छ । युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षको रूपमा पाएको राप्रपा अहिले आन्तरिक तुषमा फसेको देखिन्छ । पूर्वराजपरिवारको हस्तक्षेपले लिङ्देन अध्यक्ष बनेको र आफू पराजित भएको आरोप निवर्तमान अध्यक्ष कमल थापाले लगाएका छन् ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नगई सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर बसेका थापाले पार्टी फुटाउन र नयाँ पार्टी गठन गर्न लागेको चर्चा चलेको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदभार ग्रहण गर्दा आफू महामन्त्री हुँदा बस्ने गरेको कोठा र कुर्सी प्रयोग गर्नुलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । थापा नयाँ नेतृत्वसँग निकै असन्तुष्ट रहेको र उनले नयाँ पार्टी खोलन लागेको हल्लालाई बल पुगेको छ ।

तर, थापानिकट एक नेताका अनुसार उनलाई पार्टी फुटाउन गीता छोएर र ताप्लेजुङस्थित पाथीभारा देवीको मन्दिरमा खाएको कसम बाधक बनेको छ ।

निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए ।

थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको गरेको राप्रपाबीच एकीकरण घोषणा कार्यक्रममा अध्यक्षत्रयले अब पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका थिए । यसलाई गत बुधबार (१५ मंसिर)मा पार्टी एकता महाधिवेशनको उद्घाटन सत्रमा पनि अध्यक्षत्रय थापा, जबरा र लोहनीले स्मरण गरेका थिए ।

योसँगै निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए । जुन अहिले पार्टी फुटाउन थापालाई बाधक बनेको राप्रपाका नेताहरू बताउँछन् ।

२०७५ को दशैं र तिहारको बीचमा थापा र लिङ्देनले पाथीभारा मन्दिरमा गएर पार्टी नफुटाउने र सँगै रहने कसम खाएका थिए । ‘तत्कालीन अध्यक्षज्यू थापा र महामन्त्री लिङ्देनले पाथीभारा मन्दिरमा पार्टी नफुटाउने र सँगसँगै रहने कसम खानुभएको थियो’, राप्रपाका एक नेताले बताए, ‘यसर्थ उहाँले पार्टी फुटाउनु हुन्न होला ।’

यो पनि…
लोकेन्द्रबहादुर चन्द पनि लिङ्देनको पक्षमा
अब हामी कहिल्यै फुट्दैनौं : कमल थापा
राजेन्द्र लिङ्देन भाेट माग्दै, कमल थापा बन्दसत्र चलाउँदै (फोटो फिचर)
यसकारण पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी बढ्यो



...
Raymon

Greetings! Very useful advice in this particular post! It's the little changes that make the largest changes. Thanks for sharing! Look at my blog ... Software Key

...
Zoljinimb

zyprexa price

...
Angelica

all the time i used too read smaller confent that as well clear their motive, and that is also happening with thks piece of writing which I aam reading now. Feel free to surf to mmy blog: 카지노사이트

...
Web Tasarım

Hocam Ellerinize Sağlık web tasarım hakkında Detaylı ve Güzel Makale Olmuş.

...
BthjSwige

uti spironolactone

...
Awsxkeymn

sitagliptin 50 mg

...
CzzuSwive

protonix 40mg

...
Zack

Really no matter if someone doesn't know then its up to other visitors that they will help, so here it takes place. my blog 강남오뚝이안마

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,