English

अब हामी कहिल्यै फुट्दैनौं : कमल थापा



राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गरेका छन् । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उनले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताएका छन् ।

महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कति पटक एकता महाधिवेशन गर्नुहुन्छ ? भन्ने प्रश्न गरेको प्रसङ्ग सुनाउँदै अब कहिल्यै नफुट्ने प्रतिबद्धता जनाएका हुन् ।

भृकुटीमण्डपमा राप्रपाको आजदेखि महाधिवेशन सुरु भएको हो । २०७३ सालमा विभिन्न पार्टी मिलेपछिको राप्रपाको यो पहिलो महाधिवेशन हो । 
महाधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टी मन, वचन कर्मले एक भएको पनि बताए । यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उनले जनाए । उनले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गरे । सोही क्रममा उनले अब कहिल्यै पार्टी नफुट्ने नफुटाउने सन्देश पनि पुर्याउनु पर्ने बताए । योे महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशा दिने पनि उनले बताए । 

उनले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट  चयन हुने पनि बताए । तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उनले बताए । 

यस्तै कार्यक्रममा उनले राप्रपा पुरानो व्यवस्थामा जान नखोजको पनि बताए । तर राजादेखि विप्लवसम्म अट्ने मौलिक प्रजातन्त्रको पक्षमा रहेको पनि बताए । राप्रपा मध्यमार्गी विचारको पक्षधर भएको बताए । 

उनले राप्रपाले धार्मिक स्तन्त्रता, समानता स्वीकार गर्ने पनि बताए । तर, सनातन धर्मको रक्षा र हिन्दू राष्ट्रको व्यवस्थासँगै जान सकिने पनि बताए । उनले राप्रपा कुनै एउटा धर्मको विरोधी नभएको पनि बताए । 
 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested