English

नेपालमै ‘ड्राइभ इन मुभी सो’



गत शुक्रबार र शनिबारको साँझ । सोल्टी होटलको पार्किङ एरिया । वरिपरि गाडी । गाडी भित्र मानिस । अनि एलइडीमा देखाइएको चलचित्र । यो दृश्य बिल्कुल भिन्न थियो । अझै भनौं नेपालमा सम्भवत : पहिलोपटक ।

त्यो हो ‘ड्राइभ इन मुभी सो ।’ नेपालस्थित इजरायली दुतावासद्धारा सोल्टी होटलमा १३ औं इजरायली चलचित्र महोत्सवको अवसरमा उक्त ‘सो’ को आयोजना गरिएको थियो । गाडी भित्रै बसेर चलचित्र हेर्ने यो परम्परा पुरानो हो । अमेरिकाको विभिन्न राज्यमा यस्ता खाले सोहरु चलिरहन्छन् ।

नेपालमा ९ मंसिरबाट सुरु भएको महोत्सवलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका थिए । साथै, अभिनेता राजेश हमाल पनि सहभागि थिए । उक्त दिन इम्मानुएल मेयरले निर्देशन गरेको चलचित्र ‘अ फिस टेल’ प्रदर्शन गरिएको थियो । साथै, मंसिर १० र ११ मा ४ वटा चलचित्र प्रदर्शन गरिएको थियो । शुक्रबार ‘गोल्डेन भ्वाइस’, ‘लेस’ र शनिबार ‘अ प्लेस इन हेभन’ र ‘द उनर्थडक्स’ चलचित्र प्रदर्शन गरिएको थियो । जसमा नेपाली तथा इजरायली नागरिकको सहभागिता थियो ।

यस्तो रहेछ, ड्राइभ इन मुभी सो

गाडीलाई पार्क गरेर भित्र बसेर चलचित्र हेर्नुलाई ड्राइभ इन मुभी सो भनिन्छ । जसमा अगाडि ठूलो पर्दामा चलचित्र प्रदर्शन गरिएको हुन्छ । यद्यपि, त्यसको ब्याकग्राउन्ड म्युजिक र साउन्ड भने आफ्नै गाडीभित्र सुन्न सकिन्छ । यसरी आफ्ना साथीभाई, परिवारसँग सुरक्षित तरिकाले फिल्म हेर्न सकिन्छ ।


अझै, कोरोना महामारीको माखेसाङ्लोबाट बच्न र चलचित्र क्षेत्रलाई चलायमान गराउन यस्ता सोले ठूलो सहयोग गर्ने चलचित्रकर्मीहरु बताउँछन् । महोत्सवमा चलचित्रको आवाजलाई टाइम्स एफएम ९०.६मा बजाइएको थियो । दर्शकले आफ्नो गाडीमा उक्त एफएम बजाएर चलचित्र हेर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

तस्बिरहरु : बिकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested