English

नेपालमै ‘ड्राइभ इन मुभी सो’



गत शुक्रबार र शनिबारको साँझ । सोल्टी होटलको पार्किङ एरिया । वरिपरि गाडी । गाडी भित्र मानिस । अनि एलइडीमा देखाइएको चलचित्र । यो दृश्य बिल्कुल भिन्न थियो । अझै भनौं नेपालमा सम्भवत : पहिलोपटक ।

त्यो हो ‘ड्राइभ इन मुभी सो ।’ नेपालस्थित इजरायली दुतावासद्धारा सोल्टी होटलमा १३ औं इजरायली चलचित्र महोत्सवको अवसरमा उक्त ‘सो’ को आयोजना गरिएको थियो । गाडी भित्रै बसेर चलचित्र हेर्ने यो परम्परा पुरानो हो । अमेरिकाको विभिन्न राज्यमा यस्ता खाले सोहरु चलिरहन्छन् ।

नेपालमा ९ मंसिरबाट सुरु भएको महोत्सवलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका थिए । साथै, अभिनेता राजेश हमाल पनि सहभागि थिए । उक्त दिन इम्मानुएल मेयरले निर्देशन गरेको चलचित्र ‘अ फिस टेल’ प्रदर्शन गरिएको थियो । साथै, मंसिर १० र ११ मा ४ वटा चलचित्र प्रदर्शन गरिएको थियो । शुक्रबार ‘गोल्डेन भ्वाइस’, ‘लेस’ र शनिबार ‘अ प्लेस इन हेभन’ र ‘द उनर्थडक्स’ चलचित्र प्रदर्शन गरिएको थियो । जसमा नेपाली तथा इजरायली नागरिकको सहभागिता थियो ।

यस्तो रहेछ, ड्राइभ इन मुभी सो

गाडीलाई पार्क गरेर भित्र बसेर चलचित्र हेर्नुलाई ड्राइभ इन मुभी सो भनिन्छ । जसमा अगाडि ठूलो पर्दामा चलचित्र प्रदर्शन गरिएको हुन्छ । यद्यपि, त्यसको ब्याकग्राउन्ड म्युजिक र साउन्ड भने आफ्नै गाडीभित्र सुन्न सकिन्छ । यसरी आफ्ना साथीभाई, परिवारसँग सुरक्षित तरिकाले फिल्म हेर्न सकिन्छ ।


अझै, कोरोना महामारीको माखेसाङ्लोबाट बच्न र चलचित्र क्षेत्रलाई चलायमान गराउन यस्ता सोले ठूलो सहयोग गर्ने चलचित्रकर्मीहरु बताउँछन् । महोत्सवमा चलचित्रको आवाजलाई टाइम्स एफएम ९०.६मा बजाइएको थियो । दर्शकले आफ्नो गाडीमा उक्त एफएम बजाएर चलचित्र हेर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

तस्बिरहरु : बिकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,