English

गंगामा पखालेको पाप कहाँ जान्छ



एक पटक एक ऋषिले सोचे, श्रद्धालुहरू गंगामा पाप धुन जान्छन् । यसले सबै पाप गंगामा समाहित हुन्छ र गंगा पनि पापी हुन्छिन् । त्यसपछि उनले गंगामा पखालेको पाप कहाँ जान्छ भनेर तपस्या गरे । तपस्याको फलस्वरूप देवता प्रकट भए । त्यसपछि ऋषिले सोधे, ‘भगवान् गंगामा पखालेको पाप कहाँ जान्छ ?’
भगवान्ले भने, ‘जाऔं, गंगासँगै गएर सोधौँ ।’ त्यहाँ गएर गंगासँग सोधे, ‘सबै मानिस यहाँ आएर पाप पखाल्छन्, यसको मतलव तपाई पनि पापी हुनुभयो ।’

जस्तो तरिकाले कमाएको पैसाले अन्न फलाइएको छ । र, जुन मानसिक अवस्थामा खाइएको छ, त्यस्तै विचार मानिसको बन्छ ।

गंगाले भनिन्, ‘म कसरी पापी भएँ । म त सबै पापलाई लगेर समुन्द्रमा अर्पित गर्दछु ।’ त्यसपछि उनीहरू समुन्द्रमा गएरे त्यही प्रश्न सोधे । समुन्द्रले भने, ‘म सबै पापलाई बादल बनाइदिन्छु, त्यसैले म पापी होइन ।’ त्यसपछि उनीहरूले बादलसँग पनि त्यही प्रश्न गरे ।

त्यसपछि बादलले भन्यो, ‘म सबै पापलाई पानी बनाएर धर्तीमै पठाइदिन्छु । जसले अन्न उब्जिन्छ । र, त्यो नै मानिसले खान्छन् । त्यो अन्नमा जुन अन्न, मानसिक स्थितिबाट उब्जाइन्छ । र, जुन वृत्तिबाट प्राप्त गरिन्छ । जुन मानसिक अवस्थामा यो खाइन्छ, त्यो अनुसार नै मानवको मानसिकता बन्छ ।’

त्यसैले भनिन्छ, जस्तो तरिकाले कमाएको पैसाले अन्न फलाइएको छ । र, जुन मानसिक अवस्थामा खाइएको छ, त्यस्तै विचार मानिसको बन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested