English

अतिविपन्न परिवारलाई १० हजार नगद, कसले/कसरी पाउँछन् ?



सरकारले करिव ५ लाख अति विपन्न घरपरिवारलाई नगद अनुदान वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । हालै मात्र कोभिड–१९ महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८’ जारी गरेको सरकारले स्थानीय तहमार्फत अतिविपन्न परिवारलाई १० हजारका दरले नगद हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको हो ।

नगदका लागि स्थानीय तहमा निवेदन दिन अर्थ मन्त्रालयले आग्रह गरेको छ । अर्थले बिहीबार जारी गरेको सूचनाअनुसार स्थायी बसोबास वा कम्तिमा ६ महिनादेखि अस्थायी बसोबास रहेको स्थानीय तहमा १५ दिनभित्र निवेदन दिनुपर्ने छ । कार्यविधिअनुसार कोभिड–१९ का कारण आम्दानी गुमेको र आवेदन दिँदाको मितिसम्म आयको कुनैपनि स्रोत नपाएका घरपरिवारले मात्र अनुदान पाउनेछन् ।

लाभ लिन चाहने परिवारको कुनै एक सदस्यले नगद प्राप्त गर्नका लागि प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपिका साथ आफू बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुपर्ने छ ।

सरकारले कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहतस्वरूप एकपटकका लागि प्रतिपरिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्न लागेको हो । यो कार्यक्रम ७५३ वटै स्थानीय तहमा जानेछ ।

कसले पाउँछन् ?

– विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठित क्षेत्रको मजदुर तथा कामदार ।

– खुल्ला सडक, फुटपाथमा वा चौरमा खर्पन, नाङ्गलो, डोको आदिमा समान बेच्ने अतिविपन्न व्यवसायी ।

– दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटक भरिया ।

– कोरोना संक्रमणका कारण एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक संकट झेल्नुपरेका परिवार तथा अभिभावक गुमाएका असाहय नाबालकलाई स्याहार गर्ने परिवार ।

कसरी पाउँछन् ?

– लाभ लिन चाहने परिवारको कुनै एक सदस्यले नगद प्राप्त गर्नका लागि प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपिका साथ आफू बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुपर्ने छ ।

– निवेदन दिँदा अनिवार्यरूपमा निवेदकले आफ्नो बैंक खाता सम्बन्धि विवरणमा उल्लेख गर्नुपर्नेछ ।

– निवेदन पेश गर्ने वडाभित्र अस्थायी बसोबास गर्दै आएका निवेदकको हकमा एकाघर परिवारको सदस्यबाहेक छिमेकमा बस्दै आएका अन्य कुनै नेपाली नागरिक वा निज बहालमा बस्दै आएको घरधनीले त्यसरी अस्थायी बसोबास गर्दै आएको व्यहोरा सनाखत गरेको हुनु पर्नेछ ।

– आफैंले निवेदन फारम भर्न नसक्ने वा नजान्ने अवस्थाको निवेदकको हकमा निज बसोबास गरेको वडा कार्यलयले आवश्यक सहजीकरण गर्नेछ ।

– कोभिड–१९ को संक्रमणबाट अभिभावक गुमाएका अति विपन्न असहाय नाबालकको हकमा निजको नजिकको संरक्षकले निवेदन दिन सक्नेछन् ।

– ७५३ वटा स्थानीय तहमा यो कार्यक्रम लागु हुनेछ । स्थानीय तहले रकम पाउन योग्यको सूची तयार गर्नुपर्नेछ ।

– राहत पाउने योग्य घरपरिवारले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंक वा फाइनान्स कम्पनीमार्फत रकम लिन सक्नेछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,