English

किन आफूखुसी रुद्राक्षको माला लगाउनु हुँदैन ?



रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, बर्मा, थाइल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्ष पाइन्छन् । दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूख पाइन्छन् । तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित उचाइमा पाइन्छ, किनकि यसमा माटो, वातावरण र सबैकुराले प्रभाव पार्छन् ।

कुन रुद्राक्ष उत्तम— एकमुखी, पञ्चमुखी वा अन्य ?

रुद्राक्षको दाना एकमुखीदेखि एक्काइस मुखीसम्म हुन्छ । यिनलाई फरक–फरक प्रयोजनको निम्ति लगाइन्छ, त्यसैले जस्तोसुकै पसलमा गएर जुनसुकै रुद्राक्ष लगाउनु उचित हुँदैन । गलत किसिमको रुद्राक्षले तपाईंको जीवनलाई अस्तव्यस्त बनाउन सक्छ । अधिकांश मानिसहरू एउटा मात्रै मुख भएको एकमुखी रुद्राक्ष लगाउन चाहन्छन्, किनकि यो अत्यन्तै शक्तिशाली हुन्छ । जब तपाईंका अनेक रूपहरू छन्, अनेक अनुहारहरू छन् भने, तपाईंले एकमुखी रुद्राक्ष लगाउँदा समस्याहरूलाई निम्तो दिइरहनु भएको हुन्छ ।

मानिसहरू यस्तो भन्ने गर्छन् कि यदि तपाईंले एकमुखी रुद्राक्ष लगाउनुभयो भने, तपाईंले बाह्र दिनमा आफ्नो घर छोड्नुहुन्छ । तपाईं आफ्नो परिवार छोड्नुहुन्छ वा छोड्नुहुन्न भन्ने विषय महत्त्वपूर्ण होइन । कुरा के हो भने, यसले तपाईंका ऊर्जाहरू यस्तो बनाउँछ कि तपाईं एक्लै रहन चाहनुहुन्छ । तपाईं अरू मानिसहरूसँग मिलनसार रहन सक्नुहुन्न । यदि तपाईं विशेष किसिमका दानाहरू लगाउन चाहनुहुन्छ भने, यही उत्तम हुनेछ कि तपाईं कोही यस्तो व्यक्तिबाट ग्रहण गर्नुहोस्, जसलाई यीबारे राम्रोसँग ज्ञान छ— न कि यत्तिकै बजारमा गएर किनेर लगाउने !

समृद्धि, आर्थिक पक्षसँग मात्रै सम्बन्धित हुँदैन । यो कैयौँ रूपमा प्राप्त हुन सक्छ । तपाईंसँग केही नभए तापनि तपाईं जीवनमा समृद्ध बन्न सक्नुहुन्छ । यदि तपाईं सन्तुलित बन्नुभयो अनि जीवनमा समझदारीपूर्वक काम गर्नुभयो भने, समृद्धि आफैँ आउनेछ । यस्तो तब हुन्छ, जब ऊर्जाहरूले राम्रोसँग काम गर्छन्; ऊर्जाहरूले तबमात्र राम्रोसँग काम गर्छन्, जब ईडा र पिङ्गला सन्तुलनमा हुन्छन् । गौरीशङ्करले तपाईंको ईडा र पिङ्गलालाई सन्तुलित राखी यिनलाई सक्रिय गर्दछ ।

पञ्चमुखी रुद्राक्ष सुरक्षित हुन्छ अनि सबैको लागि सहायक हुन्छ— पुरुष, स्त्री, बच्चाबच्ची जोसुकैको निम्ति समेत । यो रुद्राक्ष सुख–समृद्धि, स्वास्थ्य र स्वतन्त्रताको लागि लाभदायक हुन्छ । यसले तपाईंको रक्तचाप कम गर्छ, तपाईंको स्नायु–तन्त्रमा विशेष रूपमा शान्ति र सतर्कता ल्याउँदछ । १४ वर्षभन्दा कम उमेरका बच्चाहरूले शानमुखी अर्थात् ६ मुखी रुद्राक्ष लगाउन सक्छन् । यसले उनीहरूलाई शान्त र एकाग्र बन्नमा सहायता गर्दछ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनीहरूले वयस्कहरूबाट सही हेरचाह र रेखदेख प्राप्त गर्छन् ।

गौरीशङ्कर विशेष प्रकारको रुद्राक्ष हो, जसले तपाईंको इडा(बायाँ नाडी) र पिङ्गला (दायाँ नाडी) बीच सन्तुलन ल्याउँछ । साधारणतया, मानिसहरू यसबाट समृद्धि प्राप्त हुने विश्वास गर्छन् । समृद्धि, आर्थिक पक्षसँग मात्रै सम्बन्धित हुँदैन । यो कैयौँ रूपमा प्राप्त हुन सक्छ । तपाईंसँग केही नभए तापनि तपाईं जीवनमा समृद्ध बन्न सक्नुहुन्छ । यदि तपाईं सन्तुलित बन्नुभयो अनि जीवनमा समझदारीपूर्वक काम गर्नुभयो भने, समृद्धि आफैँ आउनेछ । यस्तो तब हुन्छ, जब ऊर्जाहरूले राम्रोसँग काम गर्छन्; ऊर्जाहरूले तबमात्र राम्रोसँग काम गर्छन्, जब ईडा र पिङ्गला सन्तुलनमा हुन्छन् । गौरीशङ्करले तपाईंको ईडा र पिङ्गलालाई सन्तुलित राखी यिनलाई सक्रिय गर्दछ ।

यदि तपाईं आफ्नो जीवनलाई शुद्ध गर्न चाहनुहुन्छ भने, रुद्राक्ष सहयोगी साधन हुन सक्छ । जब कोही व्यक्ति आध्यात्मिक मार्गमा हुन्छ, आफूलाई अझ माथि उठाउनको लागि ऊ त्यस मार्गमा पाइने स-साना सहाराहरूलाई समेत उपयोग गर्न चाहन्छ— अवश्य पनि, रुद्राक्ष एकदमै राम्रो सहारा हो । गुरुले रुद्राक्षलाई भिन्न–भिन्न मानिसहरूका निम्ति भिन्न–भिन्न तरिकाहरूले ऊर्जावान् बनाउँछन् । पारिवारिक परिस्थितिमा रहनेहरूका लागि रुद्राक्षलाई एउटा तरिकाले ऊर्जा भरिन्छ । यदि तपाईं ब्रम्हचारी वा सन्यासी हुन चाहनुहुन्छ भने, रुद्राक्षलाई एकदमै फरक तरिकाले ऊर्जा भरिन्छ । यसरी विशेष रूपले ऊर्जा भरिएको रुद्राक्ष पारिवारिक जीवन बिताउने मानिसहरूले लगाउनु हुँदैन ।

साधु, सन्यासीहरूले किन रुद्राक्ष लगाउँछन् ?

जो व्यक्तिलाई लगातार यात्रा गरिरहनु पर्ने हुन्छ वा जसको खाने र सुत्ने ठाउँको ठेगान हुँदैन, ती व्यक्तिहरूका निम्ति रुद्राक्ष असाध्यै राम्रो सहारा हो, किनकि यसले तपाईंको आफ्नै ऊर्जाको सुरक्षा कवच बनाउँछ । तपाईंले यो ख्याल गर्नुभएको हुनुपर्छ कि जब तपाईं कुनै नयाँ ठाउँमा जानुहुन्छ, कहिलेकाहीँ तपाईं तुरुन्तै निदाइहाल्नु हुन्छ; जबकि, कुनै निश्चित ठाउँमा जानुभयो भने, शरीर पूरै थाकेको भए तापनि तपाईं निदाउनै सक्नुहुन्न । यस्तो किन हुन्छ भने, यदि तपाईं वरपरको परिस्थिति तपाईंको ऊर्जाको लागि सहायक छैन भने, यसले तपाईंलाई स्थिर र शान्त रहन दिँदैन । साधुहरू र सन्यासीहरू निरन्तर यात्रा गरिरहने भएकाले फरक–फरक ठाउँहरू र परिस्थितिहरूले समस्या उत्पन्न गर्ने सम्भावना हुन्छ । उनीहरूको निम्ति कहिल्यै एउटै ठाउँमा दुई रात नबिताउने भन्ने नियम हुन्थ्यो । अहिले एकपटक पुन: मानिसहरू आफ्नो पेशा वा व्यवसायको कारण भिन्न–भिन्न ठाउँहरूमा खाने र सुत्ने गर्न थालेका छन्— त्यसैले, रुद्राक्ष सहयोगी हुन सक्छ ।

रुद्राक्षको माला जतिबेला पनि लगाउन सकिन्छ । तपाईं यसलाई नुहाइरहेको बेलासमेत लगाउन सक्नुहुन्छ । यदि तपाईं कुनै केमिकलयुक्त साबुन प्रयोग नगरिकन यत्तिकै चिसो पानीले नुहाउनुहुन्छ भने, रुद्राक्षको दानाबाट बेगको पानी तपाईंको शरीरमा पर्नु विशेषत: राम्रो हुन्छ । तर, यदि तपाईं रसायनयुक्त साबुन र तातो पानीको प्रयोग गरिरहनु भएको छ भने, यो कमजोर हुन्छ अनि केही समयपछि चर्किन्छ । त्यसैले, त्यस्तो समयमा रुद्राक्ष नलगाउनु नै उचित हुन्छ ।

अर्को कुरा के भने, जङ्गलमा बसोबास गर्ने साधु र सन्यासीहरू जुनसुकै पोखरीको पानी पिउँदैनथे, किनकि कैयौँ पटक प्रकृतिमा रहेका विभिन्न ग्याँसहरूले गर्दा पानी विषालु वा दूषित भएको हुन सक्दछ । यदि उनीहरूले त्यस्तो पानी पिए भने, यसले उनीहरूलाई अपाङ्ग बनाउन सक्दछ वा ज्यान नै लिन सक्दछ । जब तपाईं रुद्राक्षको मालालाई समातेर पानीको माथी झुण्ड्याउनु हुन्छ, यदि पानी राम्रो छ वा पिउन योग्य छ भने, रुद्राक्ष दाँयातिरबाट वा घडिको सुईको दिशामा घुम्नेछ; यदि पानी विषालु छ भने, यो बाँयातिरबाट वा घडिको सुईको उल्टो दिशामा घुम्नेछ । जुन कुराको प्राण–ऊर्जा सकारात्मक हुन्छ, त्यसमाथि रुद्राक्ष झुण्ड्याउँदा, घडिको सुईको दिशामा घुम्नेछ । जुन कुराको प्राण–ऊर्जा नकारात्मक हुन्छ, त्यसमाथि रुद्राक्ष झुण्ड्याउँदा, घडिको सुईको उल्टो दिशामा घुम्नेछ ।

रुद्राक्ष माला लगाउनुअघि ध्यान दिनुपर्ने कुराहरू:

सामान्यतया, दानाहरूलाई मालाको रूपमा उनिन्छ । परम्परादेखि यो मानिएको छ कि मालामा दानहरूको सङ्ख्या एकसय आठ र एउटा अतिरिक्त (१०८+१) हुनुपर्छ । अतिरिक्त दानालाई बिन्दु भनिन्छ । मालामा जहिल्यै पनि एउटा बिन्दु हुनुपर्छ, नत्रभने ऊर्जा चक्रिय (वृत्ताकार) हुन्छ, जसकारण जो मानिसहरू बढी संवेदनशील छन्, उनीहरूलाई चक्कर आउन सक्छ । वयस्कले ८४+१ भन्दा कम दाना भएको माला लगाउनु हुँदैन । त्योभन्दा बढी जति सङ्ख्या भएपनि उचित हुन्छ ।

जब तपाईं दानाहरूलाई उन्नुहुन्छ, यिनलाई रेशम (silk) वा सुती (cotton) को धागोमा उन्नु उत्तम हुनेछ । हरेक छ महिनामा धागो बदल्नु उचित हुनेछ, अन्यथा एकदिन धागो कमजोर भएर चुँडिन सक्छ अनि दानाहरू चारैतिर छरिन सक्छन् । यदि तपाईं तामा, चाँदी वा सुनको प्रयोग गर्न चाहनुहुन्छ भने पनि ठीक छ, तर प्रायः समस्या के भइदिन्छ भने, जब तपाईं सुनार (सुन–चाँदीको काम गर्ने व्यक्ति) लाई माला उन्न दिनुहुन्छ, उनले सुनको तार वा अरू कुनै तारले गाँठो बाँध्दा रुद्राक्षहरू एकदमै नजिक राखेर गाँठो बाँध्छन्, जसले गर्दा रुद्राक्ष भित्रबाट चर्किन सक्छ । यो अत्यन्तै महत्त्वपुर्ण छ कि यसलाई अलिकति खुकुलो पारेर उनिनुपर्छ ।

रुद्राक्षको माला जतिबेला पनि लगाउन सकिन्छ । तपाईं यसलाई नुहाइरहेको बेलासमेत लगाउन सक्नुहुन्छ । यदि तपाईं कुनै केमिकलयुक्त साबुन प्रयोग नगरिकन यत्तिकै चिसो पानीले नुहाउनुहुन्छ भने, रुद्राक्षको दानाबाट बेगको पानी तपाईंको शरीरमा पर्नु विशेषत: राम्रो हुन्छ । तर, यदि तपाईं रसायनयुक्त साबुन र तातो पानीको प्रयोग गरिरहनु भएको छ भने, यो कमजोर हुन्छ अनि केही समयपछि चर्किन्छ । त्यसैले, त्यस्तो समयमा रुद्राक्ष नलगाउनु नै उचित हुन्छ ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने, तपाईंले लगाउनु भएको रुद्राक्ष अरूलाई दिनुहुँदैन वा अरूको रुद्राक्ष लिनुहुँदैन । किनकि, रुद्राक्षले यस्तो स्पन्दन आफूमा सम्मिलित गरेको हुन्छ, जुन तपाईंको लागि सहायक हुन्छ वा भनौँ त्यसमा तपाईंको केही तत्त्व रहेको हुन्छ । यही कारणले गर्दा, यस संस्कृतिमा हामीले अरूको हातबात नुन, तील, कागती लिनुहुँदैन भनिएको हो । किनकि, यी चिजहरूले अरू कुनै कुराको सम्पर्कमा आउनेबित्तिकै आफूमा त्यसको गुण समाहित गरिहाल्छन् । विशेषगरी, सानो कागतीले सबैथोक सोस्दछ, जसकारण यसलाई मन्दिरमा वा कालो जादुको निम्ति प्रयोग गरिन्छ ।

रुद्राक्ष: नकारात्मक ऊर्जाविरुद्ध सुरक्षा कवच

रुद्राक्ष, नकारात्मक ऊर्जाविरुद्ध एक प्रकारको कवच पनि हो । कुनै व्यक्तिले नकारात्मक ऊर्जाको प्रयोग गरी अर्को व्यक्तिलाई हानी पुऱ्याउन सक्छन् । यो सम्भव छ । यो आफैँमा एउटा पूरै विज्ञान हो । चारवटा वेदहरूमध्ये अथर्ववेद आफ्नो फाइदा र अरूको क्षतिको लागि कसरी ऊर्जाहरूको प्रयोग गर्ने भन्नेबारे केन्द्रित रहेको छ । जो व्यक्ति यसमा निपुण हुन्छ, यदि उसले चाह्यो भने, अरूमाथि भयानक दु:ख–कष्टहरू पुऱ्याउन सकिन्छ— यहाँसम्म कि मृत्यु पनि !

रुद्राक्ष यस्तै कुराहरू विरुद्धको रक्षक हो । तपाईं यो सोच्न सक्नुहुन्छ कि अरू कसैले किन तपाईंलाई नकरात्मक कुरा गर्लान् र ? तर, यो तपाईंमाथि नै लक्षित हुनुपर्छ भन्ने छैन । मानौँ, कसैले तपाईंको छेउमा बसेको व्यक्तिलाई लक्षित गरी केही गऱ्यो । तर, ऊ त्यसप्रति ग्रहणशील छैन भने, अब यसले तपाईंलाई असर गर्न सक्छ, किनकि उसको छेउमा तपाईं बस्नुभएको छ । यो के जस्तो हो भने, मानौँ बाटोमा दुईजना व्यक्तिहरू एक–अर्कामाथि गोली चलाइरहेका छन् । भलै, उनीहरूको मनशाय तपाईंलाई गोली हान्नु नभए तापनि, तपाईलाई गोली लाग्न सक्छ । त्यसैगरी, यी कुराहरू पनि सोहीअनुरूप हुन सक्छन् । यो तपाईंलाई लक्षित गरिएको नहुन सक्छ, तर यदि तपाईं गलत समयमा गलत ठाउँमा हुनुभयो भने यस्तो हुन सक्छ । यी कुराहरूको बारेमा सोचेर एकदमै डराउन जरूरी छैन, तर रुद्राक्षको मालाले कवचको रूपमा काम गर्दछ ।

रुद्राक्ष— आफूलाई कृपाको लागि उपलब्ध बनाउन

मानौँ कि यदि तपाईंले एक वा दुई वर्षसम्म चौबिसै घण्टा आफ्नो शरीरमा रुद्राक्ष लगाउनुभएको छ अनि कुनैदिन यसलाई झिकेर सुत्न खोज्नुभयो भने, तपाईं सुत्न सक्नुहुन्न । यो तपाईंको शरीरको अङ्ग जस्तै आभास हुन्छ, किनकि रुद्राक्ष तपाईंको अंश बनेको हुन्छ, यसले आफैँमा एउटा अङ्ग जसरी काम गर्दछ । यो अङ्गको काम भनेको तपाईंलाई कृपाको लागि उपलब्ध गराउनु हो ।

तपाईं आफ्नो जीवनमा चाहे जेसुकै गर्नुहोस्— चाहे त्यो आध्यात्मकि प्रक्रिया होस् वा स्वास्थ्य वा सुख–समृद्धि— जबसम्म तपाईंमाथि कृपा हुँदैन, तपाईंले सफलता प्राप्त गर्नुहुन्न । यदि कृपा नभएको भए, कोही मनुष्य, कुनैपनि जीव जीवित रहने थिएनन् । यदि तपाईंले सचेतपूर्वक कृपालाई आफ्नो जीवनको हिस्सा बनाउनुभयो भने, सबैथोक सहज र सरल बन्दछ । रुद्राक्षले त्यो सम्भावनालाई बढाउँछ ।

सक्कली रुद्राक्ष कसरी पाउने ?

परम्परागत रूपमा, मालाहरू सदैव यस्ता मानिसहरूद्वारा बेचिन्थ्यो, जो यसलाई आफ्नो जीवनको पवित्र कार्यको रूपमा हेर्दथे । पुस्तौँसम्म उनीहरूले यहि मात्र गरे । उनीहरूले यसबाट आफ्नो जीविका पनि चलाए । तर, मूलभूत रूपमा यो एउटा मानिसहरूलाई प्रदान गर्नु पवित्र कर्तव्य जस्तै थियो । तर, जसैजसै यसको माग बढ्दै गयो, यो कारोबारको रूपमा स्थापित भयो । रुद्राक्ष जस्तै अर्को दाना पनि हुन्छ, जसलाई भद्राक्ष भनिन्छ । यो विषालु हुन्छ । हेर्दाखेरी दुवै उस्तै देखिन्छन् ।

यत्तिकै हेरेर अन्तर छुट्याउन सकिन्न । यदि तपाईंले हातमा लिनुभयो अनि तपाईं संवेदनशील हुनुहुन्छ भनेमात्र तपाईंले थाहा पाउनुहुनेछ । यसलाई शरीरमा लगाउनु हुँदैन, तर अचेल यसलाई धेरै ठाउँमा रुद्राक्ष भनेर बेचिन्छ । त्यसैकारण, तपाईंले रुद्राक्षको माला लिँदा भरपर्दो स्रोतबाट लिनु अपरिहार्य छ ।

सदगुरुको प्रवचनमा आधारित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested