English

सूर्यलाई अर्घ्य दिदै यसरी मनाइयो छठ (फोटो फिचर)



लोक आस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्वको तेस्रो दिन बुधबार अस्ताउँदै गएको सूर्यदेवलाई अर्घ्य दिइएको छ । सोमबारदेखि विधिवत् रूपमा सुरु छठ पर्वको तेस्रो दिन व्रतालु भक्तजनले नदी, तलाउ, पोखरी तथा जलाशयमा घण्टौं उभिएर सूर्यदेवलाई अर्घ्य दिएका छन् । छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट, बागमती किनार लगायतका जनकपुरधामका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासर लगायतका प्रमुख पोखरीमा निर्माण गरिएको घाटमा श्रद्धालुहरू जम्मा भई अर्घ्य दिएका हुन् ।

 घाट यतिवेला विद्युतीय बल्फले झिलिमिली भएको छ । छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँसी तिथिसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन् ।  पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ । षष्ठीका दिन बर्त बसिन्छ र बर्त बस्नेहरूले अन्न र जल ग्रहण गर्दैनन् ।

बिहानैदेखि स्वच्छपूर्वक छैठमा लागि भुस्वा, टकुवा, लड्डुलगायत परिकार तयार पार्छन् । ती सबै समानलाई बासको डालोमा राखी सूर्यास्त हुनुभन्दा अभावै कुनै जलाशय, नदी वा पोखरीमा छठ पूजा गर्छन् । करिब ४० घण्टासम्म भोकै बस्ने ब्रातालुले घण्टौसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छ । 

केही दशकअघि नेपालको तराई र भारतका विहार, उत्तर प्रदेशलगायतका राज्यका मनाइने यो पर्व पछिल्लो समय काठमाडौंसहित नेपालका पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । छठमा प्राकृतिकका साथै एकता र अस्थाको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको साहित्यकार उपेन्द्र भगत नागवंशी बताउँछन् ।

छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छन् । छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६७५ छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका बर्तालुले पनि आजै अस्ताउँदो सूर्यलाई पूजा आरधनासहित अघ्र्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested