English

विश्व इतिहासमा आजः थाइल्यान्डमा कुदेखि हिटलरको हत्या प्रयास



आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

थाइल्यान्डमा कु

थाइल्यान्डमा सरकारबिरुद्ध कु कुनै नौलो घटना होइन् । थाइल्यान्डको इतिहासमा सेनाको कु सामान्य जस्तै बनेको छ ।  सन् १९७१ मा त्यहाँका फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारविरुद्ध कु गरेका थिए । कम्युनिस्टहरुको प्रभाव बढेको कारण दर्शाउँदै किट्टीकाचोर्नले कु गरेका थिए । 

हिटलरको हत्या प्रयास

सन् १९३९ मा जर्मनीका सिकर्मी जोहान जर्ज इल्सरले एडोफ हिट्लर र नाजी पार्टीका अन्य उच्च पदस्थ अधिकारीहरुलाई हत्या प्रयास गरेका थिए ।  एउटा कार्यक्रममा हिटलरसहित सबै जना सहभागी भएका बेला इल्सरले एउटा शक्तिशाली टाइम बम बिस्फोट गराएका थिए । बिस्फोटमा हिटलर बाँच्न सफल भएका थिए । उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो।

एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति

जर्मनीका भौतिक शास्त्री विलहेल्म कोनराड रोयन्टजेनले अकस्मात एक्सरे पत्ता लगाएका थिए । सोही आबिश्कारका लागि उनलाई सन् १९०१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

हिटलरको असफल सत्तापलट प्रयास

सन् १९२३ मा आजकै दिन बर्लिनतर्फ विशाल हलीसहित मार्च गरेका एडोल्फ हिटलर र नाजी पार्टीका अन्य सदस्यहरुले सरकार ढाल्ने असफल प्रयास गरेका थिए । उनीहरुले म्युनिखस्थित बीं केलरबाट मार्च सुरु गरेका थिए । कू प्रयास असफलपछि हिटलरलाई पक्राउ गरी केही बर्ष कैद गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested