English

फ्रिजमा कति समय खाना राख्ने



अहिले सहरी क्षेत्रमा मात्र नभएर कतिपय ग्रामिण क्षेत्रमा पनि पनि फ्रिजमा खानेकुरा राख्ने चलन बढ्दै गएको छ । फ्रिजमा कुन खानेकुरा कति समयसम्म स्टोर गर्दा राम्रो हुन्छ भन्ने कुराको धेरैलाई जानकारी हुँदैन । त्यसैले, कोही–कोही त महिना दिनलाई पुग्ने खानेकुरा ल्याएर राखेका हुन्छन् । खानालाई धेरै दिनसम्म फ्रिजमा राखियो भने उक्त खानेकुरा सुरक्षित भन्दा पनि विषाक्त बन्न सक्छ । कुन खानालाई कति दिनसम्म फ्रिजमा स्टोर गरेर राख्दा राम्रो हुन्छ त्यो कुरा फ्रिजमा खानेकुरा राख्ने प्रत्येक ब्यक्तिले थाहा पाउनै पर्छ ।

यदि पनिरलाई हप्ता दिनसम्म स्टोर गरेर राख्न चाहनुहुन्छ भने डिब्बामा पानी राखेर त्यसमा डुबाएर राख्नुहोस् ।

गहुँको रोटी

हामी प्रायःले रोटी ताजा नै खान मन पराउँछौ । तर, तपाईले गहुँको रोटी एक हप्तासम्म फ्रिजमा राख्न सक्नुहुन्छ । स्टोर गरेको रोटीलाई घिउ हालेर तताएर खाना सक्नुहुन्छ । तर, याद राख्नुहोस्, ताजा रोटीको जस्तो पौष्टिक तत्व फ्रिजमा राखेको रोटीको हुँदैन । त्यसैले रोटी पकाएको १२ देखि १४ घण्टा भित्र खाइसक्नु राम्रो हुन्छ । लामो समय फ्रिजमा राखेको रोटीले पेटमा असर गर्न सक्छ ।

भात

कोही–कोहीले घरि घरि पकाउन अल्छी मानेर एकै पटक धेरै भात पकाएर फ्रिजमा राख्छन् । पछि त्यो खानालाई फ्राई गरेर खाने चलन रहेको छ । तर फ्रिजमा भात दुई दिन भन्दा बढी नराख्नु होस् । दुई दिन भन्दा बढी फ्रिजमा राखिएको खानामा पौष्टिक तत्व रहँदैन । धेरै दिन फ्रिजमा राखिएको भात खाएमा तपाईको पेटमा समस्या निम्त्याउन सक्छ ।

दाल

दाल एकदमै पौष्टिक तत्व हो । यो तपाईले ताजा खानु भएमा अझ पोषिलो हुन्छ । यदि खानामा दाल बाँकी भएमा यसलाई दुई दिन भन्दा बढी समय फ्रिजमा राख्नु हुँदैन । धेरै दिन फ्रिज गरी राखेको दालमा पनि पौष्टिक तत्व हुँदैन । यसले तपाईंको पेटमा ग्यास जम्मा हुन सक्छ ।

फलफूल

कुनै पनि फललाई काटेपछि ६ देखि ८ घण्टामा खानु उपयुक्त हुन्छ । तर यदि केही गरी त्यो खाना सकिएन भने तपाईले त्यो फलफूल फ्रिजमा जम्मा गरेर राख्न सक्नुहुन्छ । त्यो फलफूल कति समय फ्रिज गरेर राख्ने त ? काटेको स्याउ ४ घण्टा भित्र खानु राम्रो हुन्छ भने मेवा ७ घण्टा भित्र खाई सक्नुपर्ने हुन्छ । यदि तपाईले काटेको कुनै पनि फलफूल ८ घण्टा भन्दा बढी फ्रिज गरेर राख्नुभयो भने यो फलफूल विस्तारै विष बन्दछ, जसले तपाईको शरीरलाई हानी पुर्‍याउन सक्छ ।

पनिर

पनिर एकदमै पौष्टिक दुधजन्य खाने परिकार हो । यो परिकार प्रायः शाकहारीले रुचाउँछन् । पनिरलाई कति समयसम्म फ्रिजमा स्टोरेज गरेर राख्ने त ? तपाईले कोठाकै तापक्रममा राख्नु भएको छ भने एक दिनमा र फ्रिजमा स्टोरेज गरेर राख्नु भएको छ भने दुई दिन भित्र खाई सक्नुपर्ने हुन्छ । यदि पनिरलाई हप्ता दिनसम्म स्टोर गरेर राख्न चाहनुहुन्छ भने डिब्बामा पानी राखेर त्यसमा डुबाएर राख्नुहोस् ।

ब्रेड

खाजाको परिकार मध्ये ब्रेड प्रचलित खाजा हो । ब्रेडलाई सफा डिब्बामा र पेपरमा र्‍याप गरेर स्टोरेज गर्नुपर्छ । यसरी फ्रिजमा राखेको ब्रेड दुई दिनसम्म खाना सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested