English

कसरी बन्ने शाकाहारी ?

जस्ताे खाना खानुहुन्छ, त्यस्तै बन्नुहुन्छ


तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ ? अनि तपाईंका मूल्य र मान्यताहरूमा के–कस्ता छन् ? भन्ने विषयमा निर्भर रहनुहुँदैन— बरु, शरीरले के चाहन्छ भन्ने कुरामा निहित रहनुपर्छ । किनकि, भोजन शरीरसँग सम्बन्धित हुन्छ । जब के खाने र के नखाने भन्ने कुरा आउँछ, तब आफ्नो डाक्टर वा पोषणविद्लाई नसोध्नुहोस्, किनकि उनीहरू हरेक ५ वर्षमा आफ्ना धारणाहरू फेरिरहेका हुन्छन् ।

जब खानाको कुरा आउँछ, तब कस्तो प्रकारको खानेकुरा खाँदा यो प्रसन्न महसुस गर्छ भनेर आफ्नै शरीरलाई सोध्नुहोस् । फरक–फरक खानेकुराहरू खानुहोस् अनि खाना खाइसकेपछि शरीरले कस्तो महसुस गर्दछ भन्ने कुरामा ध्यान दिनुहोस् । यदि तपाईंको शरीर एकदमै फूर्तिलो, ऊर्जावान् र आनन्दित महसुस गऱ्यो भने, शरीर प्रसन्न रहेको छ भनेर बुझ्न सकिन्छ । यदि शरीर सुस्त र अल्छी महसुस गर्दछ अनि जागा अवस्थामा रहनको लागि निरन्तर कफी, चिया, चुरोट लिइरहनु पर्ने भएको छ भने, शरीर प्रसन्न अवस्थामा छैन भनेर बुझ्न सकिन्छ, होइन र ?

अरू सबै जनावर, सबै प्राणीहरूलाई के खाने र के नखाने भनेर थाहा हुन्छ । मनुष्यलाई यस संसारको सबैभन्दा बुद्धिमानी मानिन्छ, तर उनीहरूलाई के खानुपर्छ भनेर नै थाहा छैन । कसरी रहने भन्ने त परैको कुरा, मानिसहरूलाई के खानुपर्छ भन्नेसम्म पनि थाहा छैन !

यदि तपाईंले आफ्नो शरीरलाई सुन्नुभयो भने, तपाईंको शरीर कस्तो प्रकारको खानाबाट प्रसन्न रहन्छ भनेर यसले प्रष्टै बताउनेछ । तर, अहिले, तपाईं आफ्नो मनको कुरा सुनिरहनु भएको छ । तपाईंको मनले जतिबेला पनि तपाईंलाई ढाँट्दछ । तपाईं आफैँ हेर्नुहोस्, के यसले तपाईंलाई ढाँटिरहेको छैन र ? आज यसले तपाईंलाई यही कुरा ठीक हो भन्छ । अनि, भोलि फेरि यसले तपाईंलाई हिजो कस्तो कुरामा विश्वास गरिएछ भनेर मुर्ख जस्तो महसुस गराउँछ । त्यसैले, मनको पछि नलाग्नुहोस् । तपाईंले आफ्नो शरीरलाई मात्र सुन्न सिक्नुपर्छ ।

अरू सबै जनावर, सबै प्राणीहरूलाई के खाने र के नखाने भनेर थाहा हुन्छ । मनुष्यलाई यस संसारको सबैभन्दा बुद्धिमानी मानिन्छ, तर उनीहरूलाई के खानुपर्छ भनेर नै थाहा छैन । कसरी रहने भन्ने त परैको कुरा, मानिसहरूलाई के खानुपर्छ भन्नेसम्म पनि थाहा छैन ! त्यसैले, आफ्नो शरीरलाई सुन्नको लागि तपाईंमा निश्चित ध्यान र समझदारी हुनुपर्छ । जब तपाईंमा त्यो रहन्छ, त्यसबेला तपाईंलाई के खाने र के नखाने भनेर थाहा हुन्छ ।

तपाईंभित्र जाने खानाको गुणको सन्दर्भमा हेर्ने हो भने, निश्चय पनि तपाईंको प्रणालीको लागि मांसाहारी खानाको तुलनामा शाकाहारी खाना निकै बढी उत्तम हो । हामीले यसलाई नैतिकताको दृष्टिकोणबाट हेरिरहेका छैनौँ । हामीले यो शारीरिक प्रणालीको लागि के उपयुक्त छ भनेर मात्र हेरिरहेका छौँ— हामी त्यस्तो खानेकुरा खान चाहन्छौँ, जसले हाम्रो शरीरलाई आरामपूर्ण स्थितिमा राख्छ ।

जीवनलाई कायम राख्नको लागि जीवित कोषिकामा सबैथोक रहेको हुन्छ । यदि तपाईंले जीवित कोषिका उपभोग गर्नुभयो भने, तपाईंको प्रणालीको स्वास्थ अहिले सम्मको भन्दा निकै फरक हुनेछ । जब हामी खानेकुरा पकाउँछौँ, तब त्यसको जीवन नष्ट हुन्छ । खानेकुरालाई नष्ट गरिसकेपछि खाँदाखेरी, त्यही मात्रामा जीवन ऊर्जा प्राप्त हुँदैन ।

चाहे तपाईं आफ्नो व्यापार–व्यवसाय राम्ररी चलाउन चाहनुहोस् वा राम्रो अध्ययन गर्न चाहनुहोस् वा अरू जुनसुकै काम राम्रो ढङ्गले गर्न चाहनुहोस्, तपाईंको शरीर आरामपूर्ण स्थितिमा रहनु एकदमै अपरिहार्य हुन्छ । त्यसैकारण, हामीले त्यस्तो खानेकुरा खानुपर्छ, जसबाट यो शरीर सहज एवं आरामपूर्ण स्थितिमा रहन सकोस् अनि त्यो भोजनबाट पोषण लिनको लागि संघर्ष गर्नु नपरोस् ।

कसरी शाकाहारी बन्ने ?

तपाईं प्रयोग गरेर हेर्न सक्नुहुन्छ: शाकाहारी भोजनलाई नपकाएको स्थितिमा खानुहोस् अनि त्यसले शरीरमा कस्तो फरक पार्छ भनेर हेर्नुहोस् । यसको पछाडि रहेको सोच के हो भने, हामी सम्भव भएसम्म खानालाई जीवित रूपमा खान चाहन्छौँ— जे–जति सम्भव हुन्छ, हामी तिनलाई ताजा रूपमै खान चाहन्छौँ ।

जीवनलाई कायम राख्नको लागि जीवित कोषिकामा सबैथोक रहेको हुन्छ । यदि तपाईंले जीवित कोषिका उपभोग गर्नुभयो भने, तपाईंको प्रणालीको स्वास्थ अहिले सम्मको भन्दा निकै फरक हुनेछ । जब हामी खानेकुरा पकाउँछौँ, तब त्यसको जीवन नष्ट हुन्छ । खानेकुरालाई नष्ट गरिसकेपछि खाँदाखेरी, त्यही मात्रामा जीवन ऊर्जा प्राप्त हुँदैन । तर, यदि तपाईंले खानेकुरालाई काँचै अवस्थामा खानुभयो भने, यसले तपाईंमा छुट्टै स्तरको जीवन्तता ल्याउँछ ।

यदि तपाईंले प्रशस्त मात्रामा टुसाएका गेडागुडीहरू, फलफूल र अरू सागसब्जीहरूलाई जीवित रूपमा खानुभयो भने— आफ्नो आहारमा कम्तीमा पनि ३०–४० प्रतिशत काँचो खानेकुरा समावेश गर्न सक्नुभयो भने— तपाईंले यो स्पष्ट महसुस गर्न सक्नुहुन्छ कि यसले तपाईंभित्रको जीवनलाई पनि एकदमै राम्रोसँग राख्नेछ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तपाईं जुन खानेकुरा खानुहुन्छ, त्यो आफैँमा जीवन हो । हाम्रो जीवनलाई थामेर राख्नको लागि अरू जीवनहरूले आफैँलाई बलिदान गरिरहेका छन् । यदि हामीले आफूलाई जीवित राख्नको लागि आफ्नै जीवन त्यागिरहेका ती सम्पूर्ण जीवनहरूप्रति अत्यन्तै कृतज्ञताको भावले भोजन ग्रहण गऱ्यौँ भने, त्यही भोजनले तपाईंभित्र एकदमै छुट्टै तरिकाले व्यवहार गर्नेछ !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested