पत्रकार तथा समाजसेवी स्व. किसन राईको श्रद्धाञ्जली सभामा कसले के भने ?
हङकङमा बसेर दुई दशकयता पत्रकारिता तथा समाजसेवामा सक्रिय स्वर्गीय किसन राईको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वि विल राइज फाउण्डेशन र राइज मिडिया नेटवर्क प्रा.लिको संयुक्त आयोजनामा मंगलबार उक्त सभा सम्पन्न भएको हो ।
राईको गत कात्तिक ७ गते भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरी डाँडास्थित पंखु खोलामा भीरबाट लडेर मृत्यु भएको थियो । राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष, हङकङबाट दुई दशकदेखि प्रकाशित एभरेष्ट साप्ताहिकका सम्पादक/प्रकाशक, नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष र गैर–आवासीय नेपाली संघका नवनिर्वाचित केन्द्रीय सदस्य समेत हुन् ।

श्रद्धाञ्जली सभामा सहभागि अधिकांशले राई एक हक्की, निडर, व्यक्तिगत स्वार्थको पछि नलाग्ने, इमान्दार, मिलनसार, समाजसेवी, कर्तव्यनिष्ठ व्यक्ति रहेको बताए । साथै, राईले हङकङमा रहेर पत्रकारिताको माध्यमबाट नेपाली समाज र समुदायलाई दिएको योगदानको खुलेर प्रशंसा गरे ।

छुटाउनु भयो कि ?
किसन दाई : ‘जो न कहिल्यै लडखडाए न डगमगाए’
सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीन विश्वकर्मा, गायक दिपक लिम्बु, नेपाल सरकारका पूर्व सचिव तथा हङकङका पूर्व महावाणिज्यदूत महेश दाहाल, एभरेष्ट मिडिया हङकङका निवर्तमान अध्यक्ष तेज राई, नेपाल खोजका प्रधानसम्पादक सुवास ढकाल, हिमालयन टाइगर भरतबहादुर बिशुराल, समाजसेवी तीर्थ गुरुङ, गायिका टीका पुन, बरिष्ठ फोटो पत्रकार विकास रौनियार, पत्रकार सन्तोष आचार्य लगायत थुप्रैको सहभागिता थियो ।
श्रद्धाञ्जली सभामा सहभागि कसले के भने ?
मीन विश्वकर्मा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
धरान १५, सुनसरी स्थायी बसोबास भएका मेरा सहृदयी, सहपाठी मित्र किसान राईको अल्पआयुमै भएको दुःखद निधनले हामीलाई मर्माहत बनाएको छ । उहाँसँग यूवावस्थाको राजनीतिक एवं सामाजिक तथा शैक्षिक क्षेत्रमा कार्य गर्दाको क्षणहरु अझै अविस्मरणीय छन् । उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

दिपक लिम्बु, गायक
आदरणीय दाजु किसन राई अत्यन्तै मिलनसार साथै सबै क्षेत्रप्रति माया अनि सहयोगका भावना राख्ने सबैका प्यारो हुनुहुन्थ्यो । हङकङ कमर्यक्रममा जाने क्रममा उहाँसँग भेट भएको थियो । भेटमा उहाँले गर्नुभएको मायालु व्यवहारलाई सम्झीरहन्छु । उहाँको आत्मालाई शान्ति मिलोस् यही प्रार्थना भगवान्सँग गर्न चाहन्छु ।

तेज राई, निवर्तमान अध्यक्ष, एभरेष्ट मिडिया हङकङ
किसन । एभरेष्ट दैनिकको मेरो अध्यक्षतामा तिमीले खेलेको सशक्त भुमिका कहिल्यै भुल्ने छैन । तिम्रो अभाव मलाई र समाजलाई महसुस भएको छ र भइरहने छ । तिमीले दिएको समाजप्रतिको योगदानलाई सम्झदै र मनले नमान्दा नमान्दै पनि हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु ।

महेश दाहाल, नेपाल सरकार पूर्व महावाणिज्यदूत हङकङ, पूर्व सचिव
श्री किसन राई हङकङको नेपाली समुदायको प्रतिनिधि पात्र, समाजको हितमा एक्लै लागि पर्ने व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो एजेन्डामा दृढ र सदैव लागि पर्ने मृदुभाषी, मिलनसार, उत्कृष्ट र जनसम्पर्क गर्ने व्यक्तिको रुपमा उहाँलाई पाएको थिएँ । म हङकङको महावाणिज्यदूत हुँदा किसनजी सामाजिक अभियन्ताको रुपमा समाजसेवामा हुनुहुन्थ्यो ।
नेपाली समुदायलाई कन्सुलेटबाट प्रवाह हुने सेवामा उहाँ सदैव सहजिकरणको लागि तयार हुनुहुन्थ्यो । साहित्य, पत्रकारिता, दर्शन, राजनीति र समाजसम्बन्धमा उहाँको गहन अध्ययन र विश्लेषण थियो । किसनजीले लेखक, संगठक, योद्धा र क्रियाशिल व्यक्तित्वको रुपमा आफूलाई हङकङमा स्थापित गराउनु भएको थियो । उहाँको असामयिक र अप्रत्याशित मृत्युवरणले हङकङवासी र नेपालीवासीले एक खरो अभिभावक गुमायो । हामीले एक असल मित्र । किसनजीको आत्माले शान्ती पाओस् ।

सुवास ढकाल, प्रधानसम्पादक, नेपाल खोज
समाजको लागि बाच्ने मित्र किसन राईलाई हार्दिक श्रद्धाञ्जली । सधैं अभाव महसुस गरिरहने छौँ ।

अनुप के बराल, राइज मिडियाका बोर्ड सदस्य तथा प्रधानसम्पादक
पैसा कमाउने असंख्य सम्भावना बिर्सिएर शब्दमार्फत समाज झक्झकाउन लाग्नुभएका किसन राई हङ्कङली नेपाली समाजका सिंगो किताब हुनुहुन्थ्यो । उहाँको निधनले देश तथा विदेशमा बसेर निडर, निष्पक्ष पत्रकारीता गर्ने जगतको लागि अपुरणीय क्षति भएको छ । हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु ।

भरतबहादुर विशुराल, हिमालयन टाइगर
श्री किसन राई धेरै असल मित्र हुनुहुन्थ्यो । धेरैपटक भेटघाट भएको थियो । उहाँ नेपालमा आउँदा पनि भेटघाट र कुराकानी भइरहन्थ्यो । एक्कासी उहाँको निधनको समाचारले एकदमै दुखी बनायो । उहाँको आत्माले वैकुण्ठमा बास गरोस भन्ने प्रार्थना गर्दछु । शोक सन्तब्ध परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

केदार घिमिरे, हास्यकालाकार
हङकङको कार्यक्रममा जाँदा किसन राईसँग मेरो भेट भएको थियो । उहाँ सिनियर भएकाले मलाई हौसला दिने माया गर्ने गर्नु हुन्थ्यो । राम्रो गरेको छौ अझै राम्रो गर्दै जानुपर्छ भनेर सरसल्लाह दिने र हौसला प्रदान गर्ने उहाँलाई सधैँ सम्झन्छु । हरेक पटक हङकङ जाँदा उहाँसँग भेट हुन्थ्यो । उहाँ एकदमै मिजासिलो हुनुहुन्थ्यो । उहाँको निधनको खबरले एकदमै दुःखी बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

जितु नेपाल, हास्य कलाकार
लगभग २० वर्ष अघि अनाम नाट्य समुहबाट पहिलोपटक हङकङ गएको थिएँ । किसन राई दाई पनि त्यस कार्यक्रमको आयोजक हुनुहुन्थ्यो । उहाँसँग पहिलो भेट त्यसै कार्यक्रममा भएको थियो । उहाँ एकदमै सहयोगी र मिलनसार हुनुहुन्थ्यो । त्यसैले हरेक पटक हङकङ जाँदा उहाँसँग भेट्थे । एकदमै माया गर्नु हुन्थ्यो । सबैलाई अभिभावकको रुपमा माया गर्नु हुन्थ्यो किसन दाई सधैँ सम्झनामा रहनुहुनेछ ।

तिर्थ गुरुङ, समाजसेवी
श्री किसन राई असाध्यै असल र अब्बल व्यक्ति हुनुहुन्थ्यो । साच्चै यो संसारमा राम्रो मान्छेलाई धेरै राखिदैन भनेको हो रहेछ । उहाँको अपत्यारिलो दुर्घटना र निधनले उहाँको घरपरिवार मात्र नभएर हामी पनि असाध्यै दुःखी छौ । हजुर मरेर गए पनि हजुरले गरेको काम, योगदान सधै सम्झनामा रहनेछ । परिवारमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् र किसन राईको आत्माले शान्ती पावस यही समवेदना प्रकट गर्दछु ।







यो पनि पढ्नुहोस् :
किसन दाई : ‘जो न कहिल्यै लडखडाए न डगमगाए’










1 win
Если вы ищете надежную и современную платформу для ставок, обратите внимание на 1win. 1вин Здесь вас ждет огромный выбор спортивных событий и киберспорта, а также более 10 000 азартных игр на любой вкус. Для всех новых игроков действует щедрое приветственное предложение, которое поможет выгодно начать ваш путь. Присоединяйтесь к сообществу 1win и откройте для себя мир высоких коэффициентов и захватывающих турниров прямо сейчас!