English

रत्नपार्कमा १८औं काग सम्मेलन



काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ । कलाकार रमेश दुलालले  काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्।

काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो । रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन् । एक सय ७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताए ।

‘काग भएका ठाउँमा आफै आउँछन् त्यसैले नभएको स्थानमा म काग बोलाउछु’, रमेशले भने, ‘मैले नारायणहिटी दरबार अगाडि काग बोलाउने योजना पनि बनाएको थिएँ, तर त्यहाँ जाम हुन्छ भनेर यहीँ गरेको हुँ ।’ उनले सपनामा काग कराएको देखेपछि विपनामा त्यसलाई एप्लाई गरे ।

बुटवलमा एकपटक कार्यक्रममा जाँदा एउटा काग मर्दा सबै काग खोलामा आएर नुहाएको देखेपछि आफूलाई अझै लगाव बढेको उनले बताए । उनले यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा झन्डै ६  महिना कागसँगै अन्य पशुपंक्षीकाे अध्ययन गरेको उल्लेख गरे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,