English

थाहा पाउनुहाेस् तपाईंको आजकाे राशिफल



आज बिहान सूर्योदय ६ः१७ मा र सूर्यास्त १७ः१७ मा हुनेछ । यमपञ्चक भएकाले दिन विशेष र शुभ मानिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकका लागि मनमा  प्रसन्नता छाउने छ । परिवारमा आत्मियता, सुख र समृद्धि हुने खालका कार्य हुनेछन् । व्यापारबाट आय र मनले सोच अनुसारको काम हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नु बेस हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन यात्रा गर्दा अनेक समस्या हुनेछन् । मनमा अशान्त र आर्थिक भार र निराशासनक सोचका कारण तपाईँको आजको दिनमा चिन्ता हुने भएकाले बृष राशिका जातकले कम बोल्ने र आफ्नो नियमित कामबाहेक अन्य काममा बढी चासो नराख्नु बेस हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्छन् त्यसैले आफन्तजनसँग सम्बन्ध विस्तारको लागि पहल गर्नुहोला । आजको दिन एकाग्रता राख्नु  र कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । तपाईँलाई दोष दिइनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकका लागि आजको दिन सुख आनन्द प्राप्त हुनेछ । आभुषण खरिद, नयाँ बस्त्र खरिद गर्दा समेत शुभ हुनेछ । व्यवसायमा लगानी गर्दासमेत उचित प्रतिफल प्राप्त हुनेछ । छोटो दूरीको यात्रा र आफन्तजनको आकस्मिक साथ सहयोग मिल्नेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

खर्च, र अनावश्यक दुःख कष्ट भोग्नु पर्ने छ । मनमा चिन्ता र भयको डर हुनेछ । आफन्तजन र परिवारमा कलहको वातावरण हुनेछ । कलहको औषधि भनेको मौन हो । त्यसैले सिंह राशिका व्यक्तिले आजको दिन मौन रहनु नै भलो हुनेछ । अध्ययनको काममा लाग्दा तपाईले सोच अनुसारको प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन यात्राको लागि उत्तम छ । कन्या राशिको जातकका लागि आजको दिन निकै शुभ छ । किनकी चन्द्रमाको साथ छ । आज चन्द्रमा कन्या राशिमा परिक्रमा गरिरहेको हुनाले पनि आजको दिन तपाईँले जे काम गर्दा पनि सफलता प्राप्त हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । अनावश्यक यात्रा र आर्थिक भार पर्ने काम नगर्नुहोला । समय अनुकुल नभएको हुनाले आजको दिन खर्च हुने काम कम गर्ने र आफनो नियमित काम मात्र गर्दा बेस हुनेछ । भोलि तुला राशिमा चन्द्रमा प्रवेश हुने भएकाले आज एक दिनको धैयताले तपाईलाई निकै राम्रो हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

स्त्रीजनको सल्लाहअनुसार काम गर्दा आजको दिन वृश्चिक राशिका जातका लागि भलो हुनेछ । व्यापार ब्यबसायमा मनग्ये लाभ हुनेछ । सन्तान र आफन्तजनले साथ सहयोग दिनेछन् । मित्रमण्डलीसँग कुनै विषयमा विवाद नगर्नुहोला । सद्भावपूर्ण व्यबहारबाट काम गर्दा आजको दिनमा सफलता हात लाग्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशिको जातकले घरबाट बाहिर निस्कदा विचार पुर्‍याउनु होला । यात्रा गर्दा बाधाकष्ट हुनसक्छ । परिवारमा कलह हुनसक्ने छ । आफूले सम्मान गर्ने उच्च व्यक्तित्वसँग भेटवार्ता र आशिर्वाद प्राप्त गर्दा दिन सफल हुनेछन् । आफूले मान्नुपर्ने उच्चतहका व्यक्तिको निर्देशनअनुसार काम गर्दा दिन सफल हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मानसिक चिन्ता, व्यापारव्यवसायबाट सोचअनुसारको काम नहुँदा मनमा चिन्ता र भय हुनसक्छ । तर आजको दिने मेरो लागि सामान्य हो भनेर बुझेर काम गर्दा मकर राशिका जातकहरुले आजको दिन मठ मन्दिरको दर्शन  र केही बटुक र भोका व्यक्तिलाई दान गर्दा नसोचेको फलप्राप्ति हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति बाधा उत्पन्न हुनेछ । यात्राबाट हानी र आफन्त र मित्रमण्डलीहरुले अनावश्यक दोष र साथ सहयोग पनि नहुनसक्छ । साँझको समयमा दीप प्रज्‍ज्वलन र कुनै मन्दिरमा बिहानै गएर दीप प्रज्ज्वलन गर्दा कष्ट कम हुनसक्छन् ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

व्यापारव्यवसायबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुखप्राप्ति, स्वास्थ्यमा अनुकूलता र आकस्मिक लाभ हुने सम्भावना पनि छ । आजको दिन मौन र बिहान सूर्योदयको दर्शन गर्दा तपाईँमा उर्जा र उत्साह प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्यमा तपाईँले गर्नुभएको कार्यमा पनि सफलता प्राप्त हुनेछ । आज एउटा नयाँ पुस्तक खरिद र पढ्न शुरुवात गर्दा बृहस्पति बलियो हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो