English

यी हुन् खाली पेटमा लसुन खानुको फाइदा



लसुन खानामा स्वाद थप्न व्यापक रूपमा प्रयोग गरिन्छ । तर, लसुनको प्रयोग खाना पकाउनमा मात्र सीमित छैन । यसलाई प्राचीन र आधुनिक इतिहासमार्फत औषधिको रूपमा पनि प्रयोग गरिएको छ । चिसो, खोकी, उच्च रक्तचाप, दाँत दुख्ने, कब्जियत र संक्रमण, ग्यास्ट्रिक जस्ता स्वास्थ्य समस्याहरू विरुद्ध लड्न लसुनको विभिन्न तरिकामा सेवन गरिन्छ । त्यसैले यहाँ खाली पेटमा लसुनको सेवन गर्दा हुने फाइदाका विषयमा चर्चा गरिएको छ ः

काँचो लसुनको सेवनले सास गन्हाउने र जलन हुने गर्छ । तर, यसबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यसमा क्यालोरी कम हुन्छ र भिटामिन सी, भिटामिन बी ६ र म्याङ्गनिज प्रशस्त हुन्छ । लसुनलाई चपाएर खाँदा त्यसका अधिकांश स्वास्थ्य लाभहरू पाउन सकिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

बिहान ४–५ पोटी लसुन खाँदा रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र रोग निम्त्याउने किटाणुहरुसँग लड्न सहयोग गर्दछ । लसुनमा एलिसिन हुन्छ, लसुनमा रहेको मुख्य सक्रिय तत्व जसले आन्तरिक प्रतिरक्षा प्रणालीलाई बढाउँछ ।

पेटलाई स्वस्थ राख्छ

पेटमा राम्रो ब्याक्टेरियाको संख्या सुधार गर्न लसुन भन्दा राम्रो केहि छैन । स्वस्थ पेटले तौल घटाउने प्रक्रियालाई गति दिन्छ र पेटसँग सम्बन्धित समस्याहरू जस्तै पखाला र कब्जियतलाई रोक्छ ।

छालसम्बन्धि रोगबाट बचाउँछ


जाडोमा छाला सुख्खा र चिलाउने समस्या सामान्य हुन्छ । छालासम्बन्धी रोगबाट बच्ने प्रभावकारी उपाय भनेको बिहान खाली पेटमा लसुन खानु हो । सफा र नरम छालाको लागि हरेक बिहान लसुन खानुहोस् ।


उच्च रक्तचाप नियन्त्रण गर्छ


काँचो लसुनले उच्च रक्तचापका लक्षणहरूसँग लड्न पनि सहयोग गर्न सक्छ । यसमा एलिसिन, डायलिल डाइसल्फाइड, डायलिल ट्राइसल्फाइड जस्ता गुणहरु र सल्फरको उपस्थितिले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।


शरीरलाई डिटक्सिफाई गर्छ


काँचो लसुन सेवन गर्नुे डिटक्स जुस भन्दा राम्रो हुन्छ । यसमा पाइने सल्फहाइड्रिल कम्पाउण्डले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न र टाइफस, मधुमेह, डिप्रेसन र केही प्रकारका क्यान्सरजस्ता रोगहरू आउनुअघि नै रोक्न सक्छ ।


लसुन खाने सबैभन्दा राम्रो तरिका


दुईवटा लसुन लिनुहोस्, तिनीहरूको बोक्रा निकालेर सिलौटामा राखेर किच्नुहोस् । यसलाई दैनिक बिहान खाली पेटमा खानुहोस् र त्यसपछि एक गिलास पानी पिउनुहोस् । खाली पेटमा २ भन्दा बढी लसुन नखाने र बान्ता हुने, वाकवाकी लाग्ने र कब्जियत महसुस भएमा बिहान लसुन खानु हँुदैन । गर्भवती महिला, बालबालिका, रगत बग्ने समस्या, मधुमेह, कम रक्तचाप र स्तनपान गराउने महिलाहरुले पनि यो घरेलु उपाय प्रयोग गर्नुहुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested