English

विदेशका नेपाली आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय महाधिवेसन सुरु, आजै बन्द सत्र



विदेशमा रहेका नेपाली आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अन्तराष्ट्रिय प्रवास समन्वय समितिले आयोजना गरेको उक्त महाधिवेशन ललितपुरस्थित हिमालय होटलमा बिहिबारबाट सुरु भएको हो ।

महाधिवेशनको उद्घाटन समारोहमा समितिका संयोजक मान रानामगरले विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुको समन्वयका लागि १५ महिना अघि समन्वय समितिको गठन भएको बताए । ‘आदिवासी जनजातिहरुको अधिकारका लागि महाधिवेशन गरेको हौं तर कतिपय हाम्रै साथीहरुले यसलाई अघि बढ्न नदिनका लागि अवरोध पनि खडा गर्नुभएको छ,’ उनले भने, ‘यस्ता अवरोधले हामी झन् बलियो भएका छौँ ।’

अन्तराष्ट्रियस्तरबाट आदिवासी जनजातिको हकका लागि सन् २०१२ देखि आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय समिति बनाएर काम गरेको हुम सुनारी मगरले बताए । ‘प्रवासमा रहेका आदिवासी जनजातिको हकको लागि प्रवासमै रहेर सक्दो सहयोग गरें,’ उनले भने, ‘तर त्यसको उपलब्धि केही भएन, सहयोगी साथीहरु पनि पछि हट्नु भयो ।’

समारोहमा स्वागत मन्तव्य राख्दै अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईले सबै यो महाधिवेशनका लागि लामो समयदेखि तयारी गरिरहेको तर, कोरोना महामारीका कारण केही ढिलो हुन पुगेको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, आदिवासी जनजाति युवा महासंघ अध्यक्ष हेमन्त राई, आदिवासी जनजाति साहित्य महासंघ अध्यक्ष राजन मुकारुङ, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ र आदिवासी जानजति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार लगायतको उपस्थिति रहेको थियो । महाधिवेसनको बन्दसत्र आजै (शुक्रबार) हुँदैछ । बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्नुका साथै विधान पारित गर्ने आयोजकले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,