English

खगेन्द्र लामिछाने भन्छन्- ‘पानीफोटो’ मेराे सपनाकाे फिल्म हाे



अभिनेता खगेन्द्र लामिछानेलाई उनकै लेखन रहेको फिल्म ‘पशुपति प्रसाद’ ले दर्शकमाझ लोकप्रिय बनायो । ‘बधशाला’ मार्फत अभिनयमा उदाएका खगेन्द्रले त्यसअघि नै ‘टुल्के’ परिचय बनाइसकेका थिए । ‘टलकजंग भर्सेस टुल्के’ मा अभिनय गरेपछि उनले ‘टुल्के’ उपनाम पाएका थिए ।

पछिल्लो समय उनी आफूलाई निर्देशकको रूपमा उभ्याउँदैछन् । उनले निर्देशन गरेकाे ‘पानीफोटो’ रिलिजकाे तयारीमा छ । निर्देशनसँगै फिल्ममा उनकाे अभिनय पनि देख्न पाइनेछ ।

कोरोनाभाइरसको महामारीपछि सिर्जित अवस्थाका कारण उनको फिल्म प्रदर्शनमा ढिलाइ भएको छ । उनले आफै लिखित नाटकलाई फिल्मको स्वरूप दिएर ‘पानीफोटो’ दर्शकमाझ ल्याउँदैछन् । ‘मेरो सपना नै थियो कि यसलाई फिल्म बनाउने, किनकि म यो कथालाई धेरै दर्शकमाझ पुर्‍याउन चाहन्छु,’ उनले भने, ‘मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिएँ ।’

लामिछानेले फिल्ममा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाउन खाेजेका छन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै कथामा निर्माण हुन लागेको हो ।

अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झना पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरूलाई सदुपयोग गरी इमान्दारीपूर्वक ‘पानीफोटो’ ल्याउने बताए ।

‘द्वन्द्वले हामीलाई क्षति नै पुर्‍याएको थियो, त्यसैले फेरि त्यो हुनुहुन्न भन्ने मान्यताका साथ फिल्म बनाउने प्रयास गर्ने छु,’ उनले भने । उनले यो समय द्वन्द्वकाे कथा भन्ने समय रहेको प्रतिक्रियासमेत दिए । ‘त्यो समयमा द्वन्द्वको प्रभाव थियो त्यसैले हामीले केहीभन्दा एक पक्षलाई राम्रो र अर्कोलाई नराम्रो स्वत लाग्थ्यो, तर अब सबैले बुझेका छन् र हामीले नयाँ पुस्तालाई बुझाउनु छ,’ खगेन्द्रले भने ।

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा तयार फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।

पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । फिल्मलाई दर्शकमाझ ल्याउने तयारीमा खगेन्द्र छन् । अभिनेताको रूपमा दर्शकको मन जितेका खगेन्द्र निर्देशनमा के हुन्छन् ? यो भने आउँदो समयले नै बताउनेछ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested