English

उद्धारका लागि ढुंगाड पुगेको हेलिकोप्टर फिर्ता गयो



बैतडीको सिगास गाउँपालिका- ५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि त्यहाँ पुगेको हेलिकोप्टर फिर्ता गएको छ । 

सेती नदी गाउँमा पस्दा गाउँको टापुमा फसेका व्यक्तिहरूको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । हेलिकोप्टरले तीन पटकसम्म कोसिस गर्दा पनि अवतरण गर्न नसकेपछि फिर्ता गएको उनले बताए । 

सेती नदी गाउँमा पसेपछि ढुंगाडका कम्तीमा ६० जना टापुमा फसेका छन् । अहिले प्रहरी घटनास्थल नजिक पुगेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी सुरक्षा समितिको बैठकमा उद्धारको विकल्पबारे छलफल भइरहेको बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested