English

शरीरमा रगतको कमी भएको छ ? खानुहोस् यस्ता खानेकुरा



रगतको कमी भयो भने शरीर कमजोर, अनुहार न्याउरो र हड्डी कमजोर हुन्छ । शरीरमा रातो रक्त कोशिकाहरुको कमी हुनाले एनोमिया अर्थात् रगतको कमी हुन्छ । रातो रक्त कोशिकाहरु नष्ट हुनु, शरीरबाट धेरै रगत बग्नु अथवा शरीरले पर्याप्त रातो रक्त कोशिकाहरु निर्माण गर्न नसक्नु जस्ता कारणले यस्तो समस्या उत्पन्न हुन्छ । यदि तपाई पनि विभिन्न शारीरिक समस्याहरुबाट ग्रसित हुनुहुन्छ भने औषधिसँगै आफ्नो खानामा यी खाद्य सामाग्रीहरु समावेश गर्नुहोस् । जसले शरीरमा रगत बढाउन मद्धत गर्छ ।

हरियो सागपात

पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो । तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ । जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पु¥याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी युक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्राबेरीको पनि सेवन गर्नु पर्छ । यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ ।

रातो मासु

यदि तपाईं मांशाहारी हुनुहुन्छ भने खानामा रातो मासुलाई समावेश गर्न सक्नुहुन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो । आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्नका लागि रातो मासुको सेवन गर्नुपर्छ ।

चुकन्दर

चुकन्दर अर्थात् बिटरुट आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रातो रक्त कोशिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ । चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ । चुकन्दरको तुलनामा यसको पातमा तीन गुना बढी आइरन हुन्छ । त्यसैले, चुकन्दरका साथै यसको पातलाई पनि सलादमा समावेश गर्नुपर्छ अथवा तरकारी पकाउदा चुकन्दरको पातको पनि प्रयोग गर्न सकिन्छ ।

ओट्स

ओट पनि आइरनके उत्तम स्रोत हो । एक कप ओट्समा ९ मिलिग्राम आइरन हुन्छ । ओटमा दुध, केरा, किसमिस र मह मिसाएर खानाले शरीर स्वस्थ रहिरहन्छ । यसको साथै शरीरलाई सम्पूर्ण पोषक तत्व पनि प्राप्त हुन्छ ।

आलु

आलु पनि आइरनको राम्रो स्रोत हो । एक सय ग्राम आलुमा ७ मिलिग्राम आइरन पाइन्छ । त्यसैले अन्य तरकारीसँगै आलुलाई पनि प्राथमिकता दिनुपर्छ ।

किसमिस

रगत बनाउनका लागि आवश्यक भिटामिन–बी कम्प्लेक्सको कमीलाई किसमिसले पूरा गर्छ । आइरन भरपुर मात्रामा भएको कालो किसमिसको सेवन गरेर आफ्नो हेमोग्लोबिन बढाउन सक्नुहुन्छ ।

अञ्जिर

अञ्जिरमा भिटामिन–बी १, बी २, क्याल्सियम, आइरन, फस्फोरस, म्यागनिज, सोडियम, पोटासियम र क्लोरिन पाइन्छ । दुईवटा अञ्जिरलाई राति पानीमा भिजाएर बिहान त्यो पानी र अञ्जिर खानाले हेमोग्लोबिनको स्तर बढाउन सकिन्छ ।



...
pharcharmy online no script

best canadian mail order pharmacies https://canadianpharmacystar.com/ top rated online canadian pharmacies

...
most trusted canadian online pharmacies

most reliable online pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested