शरीरमा रगतको कमी भएको छ ? खानुहोस् यस्ता खानेकुरा
रगतको कमी भयो भने शरीर कमजोर, अनुहार न्याउरो र हड्डी कमजोर हुन्छ । शरीरमा रातो रक्त कोशिकाहरुको कमी हुनाले एनोमिया अर्थात् रगतको कमी हुन्छ । रातो रक्त कोशिकाहरु नष्ट हुनु, शरीरबाट धेरै रगत बग्नु अथवा शरीरले पर्याप्त रातो रक्त कोशिकाहरु निर्माण गर्न नसक्नु जस्ता कारणले यस्तो समस्या उत्पन्न हुन्छ । यदि तपाई पनि विभिन्न शारीरिक समस्याहरुबाट ग्रसित हुनुहुन्छ भने औषधिसँगै आफ्नो खानामा यी खाद्य सामाग्रीहरु समावेश गर्नुहोस् । जसले शरीरमा रगत बढाउन मद्धत गर्छ ।
हरियो सागपात
पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो । तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ । जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पु¥याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी युक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्राबेरीको पनि सेवन गर्नु पर्छ । यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ ।
रातो मासु
यदि तपाईं मांशाहारी हुनुहुन्छ भने खानामा रातो मासुलाई समावेश गर्न सक्नुहुन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो । आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्नका लागि रातो मासुको सेवन गर्नुपर्छ ।
चुकन्दर
चुकन्दर अर्थात् बिटरुट आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रातो रक्त कोशिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ । चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ । चुकन्दरको तुलनामा यसको पातमा तीन गुना बढी आइरन हुन्छ । त्यसैले, चुकन्दरका साथै यसको पातलाई पनि सलादमा समावेश गर्नुपर्छ अथवा तरकारी पकाउदा चुकन्दरको पातको पनि प्रयोग गर्न सकिन्छ ।
ओट्स
ओट पनि आइरनके उत्तम स्रोत हो । एक कप ओट्समा ९ मिलिग्राम आइरन हुन्छ । ओटमा दुध, केरा, किसमिस र मह मिसाएर खानाले शरीर स्वस्थ रहिरहन्छ । यसको साथै शरीरलाई सम्पूर्ण पोषक तत्व पनि प्राप्त हुन्छ ।
आलु
आलु पनि आइरनको राम्रो स्रोत हो । एक सय ग्राम आलुमा ७ मिलिग्राम आइरन पाइन्छ । त्यसैले अन्य तरकारीसँगै आलुलाई पनि प्राथमिकता दिनुपर्छ ।
किसमिस
रगत बनाउनका लागि आवश्यक भिटामिन–बी कम्प्लेक्सको कमीलाई किसमिसले पूरा गर्छ । आइरन भरपुर मात्रामा भएको कालो किसमिसको सेवन गरेर आफ्नो हेमोग्लोबिन बढाउन सक्नुहुन्छ ।
अञ्जिर
अञ्जिरमा भिटामिन–बी १, बी २, क्याल्सियम, आइरन, फस्फोरस, म्यागनिज, सोडियम, पोटासियम र क्लोरिन पाइन्छ । दुईवटा अञ्जिरलाई राति पानीमा भिजाएर बिहान त्यो पानी र अञ्जिर खानाले हेमोग्लोबिनको स्तर बढाउन सकिन्छ ।
ivermectin horses
veterinary ivermectin, featuring ivermectin, has been explored for its potential to treat parasitic infections in captive exotic reptiles such as snakes and turtles. By targeting parasites such as mites and roundworms, ivermectin helps maintain the health and vitality of these reptiles kept in private collections or educational institutions.