English

आलु उत्पादनमा सुधार आएसँगै कृषक फुरुङ्ग

आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि आए पछि निराशा भएको कृषक यस सिजनमा आलुको उत्पादनमा सुधार आएसंगै कृषको आशा पलाएको छ ।

फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय पेमा शेर्पाले आठ मुरी ९एक मुरीमा २० पाथी हुन्छ० आलु गत असारमा रोपेकी थिइन् । गत साता आलु खन्दा २० मुरी आलु जम्मा गरिन् ।

सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकोमा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र भएकाले याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीको रुपमा आलु खेती गर्दै आएको छन् । वितगका वर्षहरूमा राम्रो आलु उत्पादन हुदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमि आएको स्थानीय उटुक शेर्पाले बताए ।

आलुको भण्डारणको रूपमा रहेको घुन्सा क्षेत्रमा गतवर्ष आलु बिऊको अभाव भएको थियो । बिऊ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बिऊ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताइन् । तर, गत वर्ष भन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाई रहेको छ ।

आलुको व्यापार

याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मंसिरको तोस्रो सातादेखि याङमा क्षेत्रका आलु कृषकहरूले याङमादेखि दुई दिन याकमार्फ ढुवानी गरेर चेने सम्म पुर्‍याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषकहरू तयारी हुन्छ ।

आलु बिऊका लागि तल्लो क्षेत्रका समूदायरुले कोदो, मकै लागयतका अन्न बोकेर दुई चार दिन पैदल यात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछ । घुन्सा क्षेत्रका आलु व्यापारीक केन्द्र फले पुग्ने गर्दछ । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथी सम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमि आएसँगै आलुको त्यती व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षहरूमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ । आलु उत्पादनमा सुधार आएसंगै आलु कृषकहरूमा आशा पलाएको स्थनीयको भनाइ छ ।

तर, यी क्षेत्रहरूमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक संकलन नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखाका प्रविधिक सहायक ओम प्रकाश शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest

Popular
Suggested