English

नेपाल र भारतबीच के होला आजको नतिजा ?

साफको उपाधि जित्न यस्तो हुनुपर्छ नेपालको रणनीति:राजुकाजी शाक्य



नेपाल साफ च्याम्पियनसिप फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ । माल्दिभ्समा जारी १३ औं संस्करणको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दैछन् । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । नेपाली फुटबल टोलीले ४ खेलमा गरेका गल्ती, सुधारसहितको समिक्षा र फाइनलमा अपनाउनु पर्ने रणनीति बारे राष्ट्रिय टिमका प्रशिक्षकसमेत रहिसकेका शाक्य यसो भन्छन् । शाक्यले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा रहेर दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका थिए । सन् १९९३ मा नेपालले साग जित्दा शाक्य टोलीको कप्तान र २०१६ मा भएको १२ औं सागमा उनकै प्रशिक्षणमा नेपालले स्वर्ण जितेको थियो ।

नेपालको पछिल्ला खेलहरुमा गोल निस्किरहेको छ । पहिला–पहिला गोल निस्कनै खडेंरी हुन्थ्यो । अर्को कुरा हामी गोर्खालीहरुको खेल्ने तरिका फरक छ । साफ होस् या सागको फाइनलमा पुगेर नजितेको मात्र हो तर, नेपालसँग सबै डराउँछन् ।

यस्तो हुनुपर्छ आजको रणनीति

आजको मूख्य रणनीति भनेको भारतका राम्रा खेलाडीलाई रोक्ने नै हो । भारतका सुनिल क्षेत्री राम्रा खेलाडी हुन् । यसअघिको खेलमा उनलाई रोक्न नसक्दा नै नेपालले पराजय बेहोर्नु पर्यो । त्यसैले आजको खेलमा नेपालको पहिलो रणनीति नै सुनिललगायत अन्य एकदुई जना राम्रा खेलाडीलाई रोक्ने बनाउनुपर्छ । भारत खासै राम्रो टिम होइन । उसँग दबेर खेल्नु हुँदैन । अर्को कुरा खुट्टामा बलको पोजिसन मिलाउनुपर्यो । काउन्टर अट्याकमा बढी फोकस हुनुपर्छ । र, बल मिस हुनेबित्तिकै खोस्नतर्फ उन्मुख हुनुपर्छ । साथै, आफूसँग बल आएपछि त्यसलाई राम्रो पोजिसन मिलाएर मुभ गर्ने र बल पाउने बित्तिकै काउन्टर अट्याकमा जानुपर्छ । भारतीय खेलाडीका पनि थुप्रै कमी कमजोरीहरु छन् । त्यो थाहा पाएर आक्रमक शैलीमा खेलियो भने आजको जित सुनिश्चित छ ।

लिग चरणकै खेलमा थोरै कमजोरीका कारण नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भयो । नेपाल डिफेन्समा मात्र केन्द्रित भयो । भारतलाई दबाबमा दिन नसकेको होकि जस्तो देखिन्थ्यो । भारतमा एकदुईजना स्टार फुटबलर छन् । उनीहरुलाई रोक्न जुन फोकस हुनुपर्थ्यो त्यो नभएकै हो । नेपाली खेलाडी हतारिएका पनि थिए । तर, डिफेन्समा नेपालको प्रदर्शन असाध्यै राम्रो थियो । यद्यपि, अट्याकिङमा अझै सुधार्नुपर्छ । नेपालको पछिल्ला खेलहरुमा गोल निस्किरहेको छ । पहिला–पहिला गोल निस्कनै खडेंरी हुन्थ्यो । अर्को कुरा हामी गोर्खालीहरुको खेल्ने तरिका फरक छ । साफ होस् या सागको फाइनलमा पुगेर नजितेको मात्र हो तर, नेपालसँग सबै डराउँछन् ।

नेपाल र भारतको इतिहास
नेपाल र भारतले फुटबलमा प्रतिस्पर्धा गर्न लागेको साढे तीन दसक कटिसकेको छ । यो बीचमा यी दुई देशले २२ खेल खेलिसके । जसमा नेपालले तीनपटकमात्र जित निकाल्न सफल भएको छ । त्यसैले नेपालका अघि भारत बलियो दाबेदारको रुपमा देखिएको हो । नेपालले भारतलाई सन् १९९३ मा हराएको थियो । ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएको थियो । साथै, उक्त प्रतियोगितामा स्वर्ण पदक समेत जितेको थियो । त्यो बेला नेपालको लागि उमेश प्रधान र मणी शाहले गोल गरेका थिए । यस्तै, सन् २०१३ मा पनि नेपालले भारतलाई हराएको थियो । नेपालमा भएको साफ च्याम्पियनसिपमा स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २–१ ले विजयी भएको थियो । यसैगरी, नेपालले भारतलाई सन् २००६ मा ३–० गोलअन्तरले पराजित गरेको थियो । एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा नेपालका प्रदिप महर्जनले २ गोल र बसन्त थापा १ गोल गरेका थिए ।

बंगलादेशका गोल किपरले रेड कार्ड पाउनु र नेपालले पेनाल्टी पाउनु नै हाम्रो लागि फाइनल यात्रा तय गर्न सहज भयो । तर, नेपालले बंगलादेशसँग निकै राम्रो खेल खेलेको थियो ।

साफमा नेपाली प्रर्दशन
सन् १९९३ मा सुरु भएको साफ इतिहासमा नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने दाउमा छ । तर, भारतविरुद्धको जित सहज नहुने बारे नेपाली टोली जानकार छ । साफमा भारत सबैभन्दा सफल टिम हो । उसले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने लक्ष्यमा छ । साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १–० ले हराएको थियो । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले ३ खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

फाइनलमा पुगिसकेको नेपाल पनि आफैंमा कमजोर छैन । तर, नेपाली फुटबलको दाँजोमा निश्चय पनि भारत हरेक कोणबाट समृद्ध छ । त्यसैले नेपालले साफ च्याम्पियनसिपको उपाधि उचाल्न गतिलो रणनीति र यसअघि समूह चरणका खेलमा भएको गल्तीलाई सुधार्नुपर्ने नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् । साफ च्याम्यिनसिपमा फाइनलसम्मको यात्रा तय गर्न नेपालले हालसम्म ४ खेल खेल्यो । २ खेलमा जित निकालेको नेपालले १ खेल बराबरी र १ खेलमा पराजित भएको थियो ।

नेपालले साफमा लिग चरणको पहिलो खेल माल्दिभ्ससँग खेल्यो । माल्दिभ्स आफैंमा राम्रो दाबेदार हो । माल्दिभ्सको रणनीति नै डिफेन्स र काउन्टर अट्याक हो । त्यसो त उसले नेपाललाई पूर्ण दबाब दिइरहेको थियो । साथै, नेपाली खेलाडीको पनि डिफेन्स राम्रो थियो । हरेक खेल कोचको रणनीतिमा पनि भर पर्छ । त्यसैले माल्दिभ्ससँगको खेलमा कोचको काउन्टर अट्याकमा जाने रणनीति र डिफेन्स सक्सेस भयो । सबै कुराको कम्बिनेसन मिल्यो । त्यसैले नेपालले माल्दिभ्सलाई १–० को अग्रताले हरायो । यसैगरी नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्यो । यो खेलमा नेपाल अझै सशक्त र आक्रामक देखियो । नेपाली टीमले कतै श्रीलंकालाई कमजोर ठानेर खेलेको हो कि जस्तो पनि देखिन्थ्यो । जे होस् नेपालले श्रीलंकासँग खेलेको खेल असाध्यै राम्रो थियो ।

लिग चरणकै खेलमा थोरै कमजोरीका कारण नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भयो । बंगलादेशसँगको खेल साँच्चै नेपालको लक्की गेम हो । बंगलादेशका गोल किपरले रेड कार्ड पाउनु र नेपालले पेनाल्टी पाउनु नै हाम्रो लागि फाइनल यात्रा तय गर्न सहज भयो । तर, नेपालले बंगलादेशसँग निकै राम्रो खेल खेलेको थियो । बंगलादेशले पनि नेपाललाई राम्रो दबाब सिर्जना गरिरहेको थियो । उसले गोल गर्ने बित्तिकै उनीहरु पुरै डिफेन्समा केन्द्रीत भए । जे होस् नेपालले जुन नतिजा हात पार्यो त्यो राम्रो खेलेकै कारणले गर्दा हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती