English

सम्पादकीय

सुरक्षित दसैंको शुभकामना ।



अनुप के बराल

सत्यमाथि सत्यले विजय प्राप्त गरेको खुसियालीमा मनाइने सांस्कृतिक महत्वको चाड हो दसैं । शताब्दियौं पुरानो यो चाडले विशिष्ट महत्व बोकेको छ । लामो समय परिवारसँग टाढा बसेकाहरु परिवार भेटन फर्कने मेलोमेसो मिलाउने समय पनि हो दसैं । पारिवारिक भेटघाट गर्ने, ठुलाबडासँग आशिर्वाद थाप्ने, धुमलिएको सम्बन्ध सच्याउने–सुधार्ने र फेरि नवताजगी बनाउने माध्यम पनि हो दसैं । महिषासुर बधको होस् वा रावणमाथी रामको विजयको कथा किन नहोस् यो चाडले व्यक्तिगत देखि समाज हुँदै रास्ट्रसम्मकै कुरिती, कुप्रथा, विसंगती असन्तोष र असामाजिक बेथितिमाथि विजय प्राप्त गर्ने संदेश दिएको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दसैं मनाउनुको विकल्प छैन् । आजको रमाइलो भोलि सबैलाई संक्रमण फैलाउने माध्यम बन्नु घातक हुनसक्छ । खोप कोभिडको निराकरण होइन । खोप लगाएकाहरुमा पनि कोभिड संक्रमणको जोखिम उत्तिकै रहन्छ । त्यसमाथि हालसम्म जम्मा २० प्रतिशत जनताले मात्र दुबै मात्रा खोप लगाएको अवस्थामा हामी यसबाट सुरक्षित छँदै छैनौं ।


घटस्थापनादेखि पूर्णिमासम्म लगातार १५ दिनसम्म मनाइने यो चाडमा ९ दिनसम्म प्रत्येक दिन विशेष महत्व बोकेकी शक्तिधात्रीको आराधना गरिन्छ । विभिन्न शक्ति पिठ र मन्दिरहरुमा पूजा गर्नेदेखि बजारमा किनमेल गर्नेहरुको थामी नसक्नु भिड हुन्छ । गतवर्ष कोरोनाका कारण नराम्ररी बिथोलिएको चाडपर्वको रौंनक यसपाली भने केही सन्तोषजनक देखिन्छ । कोभिड खोपका कारण बढेको आत्मविश्वासले गाउँ सहरमा चहलपहल बढेको छ । सहरबाट गाउँघर फर्कनेहरुको लर्को लामै छ ।

पछिल्लोसमय कोभिड–१९ का केसहरु घट्दै गएपनि जोखिम अझै टरेको छैन् । घरभित्रैपनि संक्रमणको जोखिम रहने हुनाले सुरक्षा मापदण्डको पालना अपरिहार्य छ । के बालबालिका, के जवान, के पाका यसको जोखिम सबैमा सरोबरी छ भन्ने बिर्सनु हुदैन । कोभिडले हालसम्म एघार हजार बढी नेपालीको ज्यान लिइसकेको छ । यसकारण स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दसैं मनाउनुको विकल्प छैन् । आजको रमाइलो भोलि सबैलाई संक्रमण फैलाउने माध्यम बन्नु घातक हुनसक्छ । खोप कोभिडको निराकरण होइन । खोप लगाएकाहरुमा पनि कोभिड संक्रमणको जोखिम उत्तिकै रहन्छ । त्यसमाथि हालसम्म जम्मा २० प्रतिशत जनताले मात्र दुबै मात्रा खोप लगाएको अवस्थामा हामी यसबाट सुरक्षित छँदै छैनौं । पछिल्लोसमय स्वास्थ्यको न्यूनतम मापदण्ड समेत कमैले पालना गरेको देखिन्छ । सेनिटाइजर प्रयोग गर्नेको संख्या घट्दो र चिउँडोमुनि मास्क लगाउनेको जमात बढ्दो छ । यसैले जोगिएर पर्व मनाऔं । ताकि हाम्रा आगामी दिनहरु समेत उत्सवमय बनिरहोस् ।

नवरात्रभर गरिने दुर्गाभवानीको नौं स्वरुपको पूजाप्रसादलाई आशीर्वाद र सम्मानको रुपमा ग्रहण गरौं । व्यक्ति बिशेष भित्र रहने काम, क्रोध, लोभ, मोह जस्ता दुर्गुणहरुमाथि विजय प्राप्त होस् । ऋण र भिड्को दसैं भन्दा सदभाव र संस्कारको सन्तुलित दसैं मनाउ ।


सरकारको रवैया जस्ताको त्यस्तै छ । कोभिडका कारण रोजगारी, व्यवसाय अनि दैनिक आम्दानी बिथोलिएकाहरु तंग्रिने प्रयासमा छन् । कोभिडबाट ज्यान गुमाएका परिवारले सकी नसकी दुःख लुकाएर खुशी देखाउनु पर्ने बाध्यता छ । गतवर्षका कोभिड संक्रमितहरुले समेत अझै बीमा रकम भुक्तान पाएका छैनन् । अचाक्ली बढेको महंगी सरकारको काबु बाहिर गएको छ । परिस्थिती प्रतिकुलै भएपनि आ–आफ्नो संस्कार, संस्कृति र परम्परालाई जोगाउँदै लैजाने दायित्व पनि हाम्रै हो । तर दसैं, तिहार लगायतका चाडपर्वले परम्पराका नाउँमा विकृति विसंगति निम्त्याएको गुनासो व्यापक छ । अरुको देखासिकी अनावश्यक खर्च नगरौं । चाडपर्वलाई आफ्नो क्षमताअनुसार सहज बनाऔं । यसका खराब पक्षलाई समयानुकूल परिमार्जन गर्दै लैजान सके मात्र हाम्रो संस्कृति र परम्परालाई कालान्तरसम्म जोगाउन सकिन्छ । नवरात्रभर गरिने दुर्गाभवानीको नौं स्वरुपको पूजाप्रसादलाई आशीर्वाद र सम्मानको रुपमा ग्रहण गरौं । व्यक्ति बिशेष भित्र रहने काम, क्रोध, लोभ, मोह जस्ता दुर्गुणहरुमाथि विजय प्राप्त होस् । ऋण र भिड्को दसैं भन्दा सदभाव र संस्कारको सन्तुलित दसैं मनाउ । सबैलाई सुरक्षित दसैंको मंगलमय शुभकामना ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested