English

हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैँ मनाउनुहोस् : प्रहरी महानिरीक्षक क्षेत्री



चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ ।

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

शैलेश थापा क्षेत्री (प्रहरी महानिरीक्षक-आईजीपी)

मेरो त्यस्तो विशेष योजना केही छैन । पुलिसको अफ ड्युटी हुँदैन । मातहतसँग अल द टाइम जोडिनुपर्छ । त्यसकारण व्यक्तिगत दसैं हुँदैन । विदाको दिन पनि जागिर खाने हो । मेरो घर उपत्यकामै भएकाले एकछिन समय निकालेर आम नागरिकजस्तै टीका लगाउँछु ।

बुवाआमा हुनुहुन्छ । उहाँहरुबाटै टिका लगाउँछु । पारिवारिक घुमघाम र अध्ययनका लागि मैले फुर्सद नै पाउँदिन । फोन उठाउन त भ्याउँदिन । देशभरीको सुरक्षाको कुरा हुन्छ । यसमै केन्द्रीत हुने हो । ब्यारेकभित्र आ-आफ्नो युनिटले, आ-आफ्नो शैलीमा शान्ति सुरक्षाको बहाली राख्दै एकप्रकारको परम्परागत अभ्यासमा मनाउने हुन्छ । सेक्युरिटीलाई कम्प्रमाइज गरेर दसैं मान्ने पुलिसको हुँदैन ।

सुरक्षामै कन्सर्न हुने, दशैँमा ठूला घटना नघटुन भन्ने नै फस्ट प्राइरियोटी हो । आम पब्लिकले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन सकियो भने मेरो लागि, सिंगो संगठनका लागि दसैं त्यहीँ हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested