English

दुनैवासीको दुःख : दसैँमा पनि पाएनन् चामल



दसैँ मनाउनका लागि २१० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले  बाँड्दा पनि नपुगेर आइतबारदेखि डोल्पाको दुनैस्थित डिपो बन्द गरिएको छ ।  चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । सदरमुकामदेखि बाहिर सबै डिपोहरूमा करिब पाँच महिनादेखि बन्द रहँदै आएका छन् । 

कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगन्जबाट आइतबार ३८० क्वीन्टल चामल ढुवानी कार्य सुरु भएको उनले बताए । सो चामल दुनै पुग्न कम्तिमा तीन दिन लाग्ने उनले बताए । सो चामल दुनै पुगेलगत्तै वितरण गर्नका लागि आफूलगाएत मत्ताहातका कर्मचारीहरू दसैंमा घर नगएर कार्यालयमै बसेको उनले जानकारी दिए । 

चालू आर्थिक वर्षको चामल समयमा नआउँदा  अघिल्लो वर्षको मौज्दात एक हजार नौ सय क्विन्टल चामल प्रतिव्यक्ति १० केजी दिएर सकिएको छ । अहिलेसम्म एक हजार मानिसले सो १० केजीको दरले चामल लिएको पाण्डेले बताए । नमुना ढुवानी सेवा र एन्जीला ढुवानी सेवाले ३८० क्वीन्टल चामल आइतबार ढुवानी  गरेको उनले बताए ।

सयौँ व्यक्ति चामल लिन आए पनि चामल नहुँदा रित्तो हाल फर्किन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले बताए । आइतबार जुफाल डिपो अघिल्लो वर्ष मौजदात रहेको १५० क्वीन्टल चामल प्रतिव्यक्ति २५ केजीका दरले बाँडिएको छ । अन्य जिल्लाका ६ डिपोमध्ये पाँच डिपोमा चामल छैन । 

दैनिक चामलको लागि डिपोमा गए पनि कर्मचारीको अनुहार हेरेर फर्कनु परेको ठुलिभेरी नगरपालिका रुपगाडकी सुनिता शाहीले बताइन् । ‘बजारमा चामल छोइसक्नु छैन, पैसा तिरेर पनि चमल नपाउनु कस्तो देशका नागरिक भएर बस्नु परेको छ’, उनले भनिन् ।

काइगाउँमा ५० क्वीन्टल चामल आएको र त्यहाँ २५ केजी प्रतिव्यक्तिका दरले अघिल्लो वर्ष जगदुल्ला गाउँपालिकामा काम गरेबापत सो चामल वितरण गर्न लागिएको छ । त्यहाँ ५५० क्वीन्टल काम गरेबापत दिने भनि प्रदेश सरकारले अघिल्लो वर्ष नै रकम भुक्तानी गरेको थियो । सोबापतको अहिले ५० क्वीन्टल मात्र पुगेको छ । गरिब तथा दलित समुदायका लागि मात्र सो चामल उपलब्ध गराउने नीति रहेको थियो । विकास निर्माणको काम गरेबापत चामल उपलब्ध गराउने नीति लिइएको थियो । जुफाल डिपोमा अघिल्लो वर्षको मौजदात २०० क्वीन्टल चामल प्रतिपरिवार २५ केजीका दरले बाँडन लागिएको छ । 

अन्य डिपोमा दसैँको मुख आइपुग्दासम्म जुफाल, सहरतारा, लिकुलगायत पाँचवटै डिपोमा खाद्यान्न अभाव छ । डोल्पालीले पैसा तिरेर पनि चामल पाएका छैनन् । अघिल्लो वर्षको कैदी बन्दीलाई दिने चामल मात्र मौज्दात भएकाले वितरण गर्न नसकिएको व्यापार कम्पनीले जनाएको छ ।  यो वर्ष डोल्पाका लागि चालु आथिएक वर्षमा २० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested