English

दसैंमा घरलाई यसरी सुरक्षित राख्नुहोस्



चाडबाडमा घर र डेरा छोडेर दसैं मनाउन सहरबाट अधिकांश गाउँ फर्किन्छन् । त्यसैले यतिबेला चोरीका घटना धेरै बढ्छन् । घर छोडेर जाँदा घरलाई सुरक्षित र चोरी हुन नदिनका लागि विशेष सावधानी अपनाउन जरुरी छ । त्यसैले घरलाई सुरक्षित राख्न के कुरामा ध्यान दिनुपर्ने बारे महानगरीय प्रहरी कार्यालयका सूचना अधिकारी एसपी सुशीलसिंह राठौरको सुझाव यस्तो छ ः

–घरलाई सुरक्षित राख्नका लागि प्रविधिमैत्री बनाउनु पर्छ । जस्तै–सिसी क्यामेरा, सेन्सर प्रयोग भएको तालाको प्रयोग गर्ने ।
–व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा सकेसम्म नराख्ने ।
–घरमा अनिवार्य एकजना कुरुवा राख्ने ।
–घरमा कुरुवा राख्ने अवस्था नभएमा छिमेकीलाई जानकारी गराउने ।
–घरको ढोकामा बलियो ताल्चा वा साइरन जडित यन्त्र जडान गर्ने ।
–घर तथा कोठा नजिकैको सामुदायिक प्रहरी, प्रहरी बिटमा जानकारी दिएर मात्र जाने ।
–घरमा घरपालुका कुकुर भए त्यसलाई एक्टिभ राख्ने ।
–धेरैजसो घर चोरीको केसमा आफन्त कै भूमिका बढी हुने भएकाले सकेसम्म धनसम्पत्ति घरमा नराख्ने ।
–गाउँ, टोल, घर नजिकै अपरिचित, शंकास्पद व्यक्ति देखिएमा तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested