English

दसैंमा घरलाई यसरी सुरक्षित राख्नुहोस्



चाडबाडमा घर र डेरा छोडेर दसैं मनाउन सहरबाट अधिकांश गाउँ फर्किन्छन् । त्यसैले यतिबेला चोरीका घटना धेरै बढ्छन् । घर छोडेर जाँदा घरलाई सुरक्षित र चोरी हुन नदिनका लागि विशेष सावधानी अपनाउन जरुरी छ । त्यसैले घरलाई सुरक्षित राख्न के कुरामा ध्यान दिनुपर्ने बारे महानगरीय प्रहरी कार्यालयका सूचना अधिकारी एसपी सुशीलसिंह राठौरको सुझाव यस्तो छ ः

–घरलाई सुरक्षित राख्नका लागि प्रविधिमैत्री बनाउनु पर्छ । जस्तै–सिसी क्यामेरा, सेन्सर प्रयोग भएको तालाको प्रयोग गर्ने ।
–व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा सकेसम्म नराख्ने ।
–घरमा अनिवार्य एकजना कुरुवा राख्ने ।
–घरमा कुरुवा राख्ने अवस्था नभएमा छिमेकीलाई जानकारी गराउने ।
–घरको ढोकामा बलियो ताल्चा वा साइरन जडित यन्त्र जडान गर्ने ।
–घर तथा कोठा नजिकैको सामुदायिक प्रहरी, प्रहरी बिटमा जानकारी दिएर मात्र जाने ।
–घरमा घरपालुका कुकुर भए त्यसलाई एक्टिभ राख्ने ।
–धेरैजसो घर चोरीको केसमा आफन्त कै भूमिका बढी हुने भएकाले सकेसम्म धनसम्पत्ति घरमा नराख्ने ।
–गाउँ, टोल, घर नजिकै अपरिचित, शंकास्पद व्यक्ति देखिएमा तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो