English

कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’को चितवनमा अन्तरक्रिया कार्यक्रम



लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ माथि चितवनमा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवन साहित्य परिषद् भवन नारायणगढमा भएको कार्यक्रममा उदय अधिकारी र लक्ष्मी बरालले पुस्तकमाथि बोलेका थिए ।

अधिकारी र बरालले सहज र सरल भाषा, शैलीमा लेखिएको पुस्तकले पाठकको मन सहजै तान्न सक्ने बताए । भने, ‘युवा पुस्ता लक्षित पुस्तक निकै रोचक छ । यसले नेपाली साहित्यमा पाठक बढाउने काम गर्नेछ । लेखकले थुप्रै पाठक कमाउने छन् । पुस्तकले लेखकलाई दोस्रो पुस्ताको एक नम्बर लेखक बनाउने सम्भावना पनि देखिएको छ ।’

कविडाडा साहित्य समाजका अद्क्ष्य एल.बी.क्षेत्रीले पुस्तकमा यौनभन्दा धेरै सम्बन्धको कुरा भएकोले यो युवासँगै हरेक उमेर समूहका पाठकका लागि प्रेम र जीवन अनि सम्बन्ध बुझ्ने राम्रो पुस्तक भएको बताए ।

चितवन साहित्य परिषद्का अद्क्ष्य सुरेन्द्र असफलले पुस्तकले प्रेम, प्रकृति र समाजलाई राम्रोसँग प्रस्तुत गरेको बताए । भने, ‘युवाका लागि पुस्तक एउटा मार्ग दर्शन हुनसक्छ ।’

लेखक आचार्यले पुस्तकको एक अंश सुनाउदै भने, ‘आँखाबाट झरेको आशु र रातमा बिथोलिएको निद्रा, जसले भोग्छ उसले नै बुझ्छ । ब्लु डायरीभित्र रहेको जीवनको कथा पनि त्यस्तै हो, जसले पढ्छ उसले नै जीवन बुझ्छ ।’

वक्ताहरुले प्रेम शारीरिक मात्र नभएर भावनात्मक पनि कति बलियो हुन्छ भन्ने कुरा पुस्तकले बुझाउने बताए । बिएन पुस्तकले बजारमा ल्याएको पुस्तकको मुल्य ३५० रुपैया रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested