English

दसैंको किनमेल गर्दा ध्यान दिनुपर्ने कुरा



मानिसहरु आफ्नो दैनिक आवश्यकता र चाडपर्वका लागि चाहिने सरसामानको जोहो गर्न किनमेलका लागि यतिबेला बजारमा देखिएका छन् । चाडपर्वमा किनमेल गर्दा केही कुरामा ध्यान पु¥याउनुपर्छ । आफ्नो समय तथा बजेटअनुसार किनमेल गर्नुपर्छ । त्यसैले दसैंमा सामानहरु किनमेल गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ः

– उत्पादन र उपयोग्य मिति तथा अधिकतम खुद्रा मूल्य अनिवार्य रुपमा हेर्ने ।

– केरमेट गरेको वा पुन छपाई गरेको वस्तु खरिद गर्नु हुँदैन । यस्तो वस्तु उपभोग्य मिति समाप्त भएको, कम गुणस्तरिय र मूल्य बढाएको हुनसक्छ ।

– पसलमा साईनबोर्ड, मूल्य सूची भए÷नभएको साथै प्याकिङ्गमा अधिकतम मूल्य भए÷नभएको हेर्ने गर्नुपर्छ । मूल्य सूची तथा अधिकतम मूल्यभन्दा बढी मूल्य मागेमा नियामक निकायहरु वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायतमा तुरुन्त खबर गर्नुपर्छ ।

– प्याकिङ्ग गर्दा वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ, भण्डारण, उपभोग गर्ने तरिका, तौल, उत्पादन र उपभोग्य मिति उल्लेख गरेको छ÷छैन हेर्नु पर्छ ।

– सामान खरिद गर्दा बिल पाउनु उपभोक्ताको अधिकार हो । सामान खरिद गर्दा बिल अनिवार्य रुपमा मागौँ जसले गर्दा देशको अर्थतन्त्रलाई टेवा पुग्नुको साथै आफू ठगिनुबाट बचिन्छ भने उक्त सामानले नोक्सान गरेमा क्षतिपूर्ति दावी गर्न सजिलो हुन्छ ।

– मेसिनरी सामान जस्तै घडी, रेडियो, टेलिभिजन, क्यामरा, फ्रीज, मोबाइल, साइकल, मोटर साइकल, कार, आदि किन्दा वारेन्टी र ग्यारेन्टी बारे जानकारी लिई अनिवार्य रुपमा कार्ड लिने वा बिलमा सो कुरा लेखाउने गर्नुपर्छ ।

– सुन, चाँदी लगायतका गरगहना किन्दा त्यसमा मिसाइएको रसायनको मात्रा, पछि उक्त गरगहना बेच्नु पर्दा कट्टी गरिने मात्रा वा रकम आदि कुरा खरिद पूर्व निश्चित गरी बिलमा लेखाउनु पर्छ । जसले गर्दा नापतौलमा सुनिश्चितता र पछि बेच्न सजिलो हुन्छ ।

– वस्तु वा सेवाको खरिद वा उपयोग गर्दा हतार, नगरी दुई, तीन ठाउँमा मूल्य र गुणस्तरको अवस्थाको जानकारी लिई खरिद निर्णय गरौँ जसबाट यथार्थ मूल्य कति हो, भन्ने आँकलन गर्न सजिलो हुन्छ ।

– माछा, मासु पसलको बध स्थल, माछा मासुको भण्डारणको अवस्था, सरसफाई आदि हेरेर सफा स्वच्छ र ताजा माछा मासु मात्र लिनुपर्छ ।

– कपडा खरिद गर्ने भए रंग, ट्रेन्ड तथा फेब्रिकका सम्बन्धमा सेल्स कर्मचारीको सहयोग लिनुपर्छ । यसले समय तथा दबाब दुवै कम हुन्छ ।

– दसैंका लागि आवश्यक सामग्री यस्तो ठाउँमा खरिद गरौं, जुन घरपायक होस् ।

– धेरै पैसा बोकेर किनमेल गर्न जाँदा हराउने वा चोरिने डर हुन्छ । यस्तो अवस्थामा एटिएम कार्ड प्रयोग गर्नु बढी सुरक्षित हुन सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली