English

यी हुन् नियमित बेसार सेवन गर्नुका फाइदा



हाम्रो भान्सामा तरकारी रंगाउन प्रयोग हुने बेसार स्वास्थ्यका दृष्ट्रिकोणले पनि निकै महत्वपूर्ण छ । बेसारलाई आयुर्वेदमा एण्टिबायोटिक औषधिको रूपमा लिने गरिन्छ । तन्त्र शास्त्रमा पनि बेसार बढी प्रयोग हुन्छ । पेट दुख्दा, रूघालाग्दा होस् या दुध सुकाउन किन नहोस् यस्को प्रयोग धेरै नै हुन्छ । चोटपटक लाग्दा तथा सौन्दर्यको लागि पनि बेसारको प्रयोग हुन्छ । त्यसैले यहाँ बेसारका फाइदाका बारेमा आयुर्वेदिक चिकित्सक डा. रामबहादुर बोहराको सुझाव यस्तो छ :

बेसार एक फाइदा अनेक

– चोट लागेर सुनिएको ठाउँमा बेसारको लेदोमा घिउकुमारि मिसायर लगाउनाले राम्रो फाइदा गर्दछ ।
– पेट दुखेमा बेसारमा थोरै बिरेनुन राखेर खाएमा पेट दुख्न कम हुन्छ ।
– रुघा लागेमा ज्वानो र १ चम्चा बेसार दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर सुपजस्तै गरि खाएमा यसले रुघा ज्वरो निको पार्दछ ।
– खोकी लागेमा बेसारको टुक्रा मुखमा राखी चुस्नाले खोकी निको हुँदै जान्छ ।
– बेसारसँग नुन र तेल राखी दात माझ्नाले दात चम्किलो हुनाका साथै दाँत दुख्ने समस्या समेत निको हुन्छ ।
– रुघाखोकी, टाउको दुख्ने, दाँत दुख्ने जस्ता समस्या देखिएमा बेसार राखेर उमालेको पानी सेवन गरेमा धेरै फाइदा पुग्छ ।
– साइनोसाइटीस, माइग्रेन, पिनास आदिमा पनि बेसार राखी पकाएको पानी पिउँदा निकै आराम मिल्दछ ।
– बढी पिसाब हुने रोगमा १ चम्चा राम्रो बेसार पानीमा राखेर सेवन गराउँदा बढी पिसाब हुनबाट रोक्दछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested