के हो सोनिका रोकायाले गर्न लागेको पुल पार्टी ?



मोडल तथा युट्युबर सोनिका रोकायाले नजिकिँदै गरेको दशैं तिहारको अवसरमा पुल पार्टी आयोजना गरेकी छिन् । काठमाडौंको हात्तीगौडास्थित हात्तीगौडा स्विमिङ एन्ड लिजर सेन्टरमा उनले उक्त पार्टी आयोजना गर्न लागेकी हुन् । त्यसैले यो पुल पार्टी भनेको के हो ? यसमा के–के सुविधा हुन्छ ? लगायतका विषयमा मेरो लाइफस्टाइलले रोकायासँग गरेको कुराकानी :

पुल पार्टी भनेको के हो ?

हात्तीगौडा स्विमिङ एण्ड लिजर सेन्टर र म मिलेर पहिलोपटक पुल पार्टी आयोजना गर्न लागेका हौँ । दशैंको रमाइलो भाइब्सलाई क्रिएट गर्न हामीले यो पार्टी आयोजना गरेका हौँ । केही समय यता हामीले धेरै नकारात्मक कुरा मात्र भोगिरहेका छौं । यी सबै कुराले मानिसहरु दिक्क भइसके त्यसैले केही नयाँ अनुभवको लागि पुल पार्टी भन्ने हाम्रो उदेश्य हो । स्विमिङ आफैमा एउटा रिक्रियसन हो । त्यसैले स्विमिङमा रमाउँदा पनि एउटा बेग्लै अनुभूति हुन्छ । र पुल पार्टी भनेको डान्स गर्दै तथा डिजेको गीतसँगै पुलमा रमाउँदै गर्ने पार्टीलाई पुल पार्टी भनिएको हो ।

आयोजना गर्ने सोच कसरी आयो ?

लाइफ आफैँमा एउटा रमाइलो च्याप्टर हो । यसलाई रमाइलो बनाउने कि बोरिङ भन्ने कुरा आफैँमा भर पर्छ । हात्तीगौँडा स्विमिङ एण्ड लिजर सेन्टरको शान्त वातावरणले छुट्टै अनुभुति दिलायो । मानिसहरुलाई तनावपूर्ण वातावरणबाट टाढा राखेर शान्त अनुभूति गराउने तथा रमाइलो गराउने, माया तथा खुशी सिर्जना गर्ने मनसायले गर्दा यो पार्टी आयोजना गर्ने सोच आएको हो ।

कस्ता मानिसलाई टार्गेट गर्नुभएको छ ?

यस पार्टीमा बालबालिकाहरुको लागि पनि विशेष गेमको आयोजना गरिएको छ । युवाहरुको लागि डिजेको र अन्य उमेर समुहहरुले पनि रमाइलोको लागि आउन सक्नु हुन्छ । परिवारसँग आएर पनि तपाईहरु रमाइलो गर्न सक्नुहुन्छ । त्यसैले सबै उमेर समुहलाई लक्षित गरिएको छ ।

यस पार्टीमा प्रवेश गर्न लाग्छ कि लाग्दैन ?

पुल पार्टीमा इन्ट्रान्स टिकटको शुल्क १ हजार रुपैयाँ तोकेका छौं । तर, कसैले पार्टीमा खाना पनि खान चाहनु भयो भने उहाँहरुको लागि १५ सय रुपैयाँको टिकटको पनि व्यवस्था गरिएको छ । र, कसैले १ हजारको टिकेट लिएर खानाको लागि आफैँ पे गर्छु भन्ने लाग्छ भने त्यो पनि मिल्छ ।

१ हजारमा चाहिँ के–के सुविधा उपलब्ध छ ?

अहिलेको समयमा १ हजार इन्ट्रान्स भनेको महंगो रकम होइन । इभेन्टलाई अर्गनाइज गर्न तथा रमाइलो माहोल बनाउनका लागि धेरैको मेहनत लागेको हुन्छ । यसमा स्विमिङ, डिजेइङ म्युजिक इन्जोय गर्न सक्नुहुन्छ । पार्टी एरिया भित्रै रेस्टुरेन्टहरु पनि छ । केही खान मन लागेको खण्डमा आफैं चार्ज तिरेर खानाको पनि व्यवस्था हुन्छ ।

कति मानिसलाई पार्टीमा जम्मा गराउने तपाईंको योजना छ ?

जति धेरै मानिसहरु जम्मा भयो त्यत्ति नै रमाइलो हुन्छ । त्यसैले अनलिमिटेड नै छ । बिहान १० बजे देखि बेलुका ६ बजेसम्म पार्टी रहेकोले धेरै भन्दा धेरै जना सहभागि हुनुहुन्छ भन्ने आशा छ ।

अहिलेसम्म कतिवटा टिकट बिक्री भयो ?

३०० भन्दा बढी टिकटहरु बिक्री भइसकेको छ । टिकेट लिने क्रम जारी नै छ । यहि २३ गते कार्यक्रम रहेकाले इच्छुक व्यक्तिहरुले टिकट लिइहाल्नु हुन पनि आग्रह गर्दछु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन