English

यी हुन् ढाड दुख्ने कारण, कसरी बच्ने ?



धेरैलाई ढाड दुख्ने समस्याले सताउने गर्छ । अझै पुरुषको तुलनामा यो समस्या महिलामा धेरै हुन्छ । अस्तव्यस्त जीवनशैली, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि आजभोल यो समस्या बढ्दै गइरहेको छ । योसँगै ढाड दुख्ने कारणहरु के के हुन् ? र, यो समस्याबाट कसरी बच्ने भन्ने विषयमा फिजियोथेरापिस्ट डा. बिरासन राजभण्डारीको सुझाव यस्तो छ :

कारण

– सही तरिकाले नबस्नु वा बसाई नमिल्नु
– लामो समय टेडो गरेर बस्नु
– ढाडको हड्डी र मांसपेशीमा समस्या आउनु
– एक्कासी गह्रौ कुरा उचाल्नु
– ढाडको हड्डी खिइनु
– मेरुदण्डमा चोटपटक लाग्नु
– हड्डीमा क्याल्सियमको कमी हुनु
– मिर्गाैलामा पत्थरी हुनु
– महिलामा रजस्वला हँुदा पनि ढाड दुख्न सक्छ
– नशा च्यापिनु

बच्ने उपाय


– पोजिसन मिलाएर बस्ने
– लामो समय एकै स्थानमा बसेर काम नगर्ने
– क्यालसियमयुक्त सन्तुलित खाना खाने
– नियमित व्यायाम गर्ने
– सुत्दा शरीर र सिरानीको आसन मिलाएर सुत्ने
– भुइँमा खसेको सामान समात्न परे निहुँरिएर भन्दा आरामले बसेर समात्ने


उपचार

– के कारणले ढाड दुखेको हो त्यो कुरा पत्ता लगाएर त्यही अनुसार उपचार गर्ने ।
– फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।
– फिडिजियोथेरापीस्टको सल्लाह अनुसार व्यायाम गर्ने ।
– संक्रमण, ट्युमर र क्यान्सरको कारणले ढाड दुखेको हो भने सम्बन्धित डाक्टरको सल्लाहअनुसार उपचार गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested