English

प्रवासको वेदनामा आधारित ‘मुटुको टुक्रा’ सार्वजनिक



गायिका देवी घर्ती मगरको स्वर रहेको गीत मुटुको टुक्राको भिडियो सार्वजनिक भएको छ। ज्योति गुरुङले शब्द सिर्जना गरेको गीतमा सुरज लामिछानेको सङ्गीत र एरेन्ज गरेका छन्।

गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झनामा उपहार स्वरूप म्युजिक भिडियो प्रस्तुत गरेकी हुन् । भिडियोमा ज्योति स्वयमले नै अभिनय गरेकी छिन् । गीतमा बाध्यात्मक परिस्थितिले बिदेसिनुको पीडा र भोगाइलाई प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोमा बाल कलाकार काव्या श्रेष्ठका साथमा अनिष्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीको अभिनय रहेको छ ।

बेलायत बसेर भिडियो निर्माणमा सक्रिय कुशल श्रेष्ठको निर्देशनमा यो म्युजिक भिडियो निर्माण गरिएको हो । उक्त म्युजिक भिडियोको छायाङ्कन, सम्पादन, परिकल्पना र निर्देशक श्रेष्ठ स्वयंले नै गरेका छन् । भिडियोलाई नवीन निरौलाले कलरिङ र दीपिका श्रेष्ठले मेकअप गरेकी छिन् ।

म्युजिक भिडियो हेर्नुहोला




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली