English

अञ्जलीका फ्यान – अँगालो हालेर रुनेदेखि डराएर काम्नेसम्म



नेपाली सांगीतिक क्षेत्रकी चर्चित मोडल हुन्– अञ्जली अधिकारी । ‘बोल माया’ ‘गलबन्दी’ ‘बनकी चरी’ जस्ता गीतको भिडियोबाट थप चर्चामा आएकी अधिकारीको फ्यान फलोइङ असाध्यै राम्रो छ । तिनै फ्यानलाई उनी यसरी सम्झन्छिन् :

अङ्गालो हालेर रुने ति आमा

एउटा कार्यक्रमको लागि केही वर्ष अघि बेल्जियम गएको थिएँ । त्यतिबेला बोल माया गीत चर्चामा थियो । कार्यक्रम सिध्याएर केही समय बाँकी रह्यो । त्यसैले घुम्न निस्किएको थिएँ । बाटोमा एकजना वृद्धा आमासँग मेरो भेट भयो । उहाँ मेरो नजिक आउनुभयो र मलाई अङ्गालो हालेर रुन थाल्नु भयो । मलाई तिमी साह्रै मन पर्छ भन्दै डाँको छोडेर रुन थाल्नुभयो । उहाँले भर्खरै ‘बोल माया’ गीत हेर्नु भएको रहेछ । मैले आमालाई नरुन आग्रह गरेँ उहाँ रोएको देखेर म पनि भाबुक भएको थिएँ ।

म नजिक जाँदा काम्ने फ्यान

कतै कार्यक्रममा जाँदा फोटो खिच्न र बोल्न नजिक आउने फ्यानहरु धेरै हुन्छन् । ति मध्ये केही फ्यानहरु अनौठा हुन्छन् । काठमाडौँमै एउटा कार्यक्रममा एकजना फ्यानसँग मेरो भेट भयो । उहाँ मेरो नजिक उभिरहनु भएको थियो । म तिर हेर्दै कामिरहनुभएको थियो । बोल्न पनि खोज्दै हुनुहुन्थो तर, डराएर बोल्न सक्नुभएन । उहाँ पनि मलाई अलि अनौठो नै लागेको थियो ।

मेरो सानो–सानो कुराको पनि ख्याल राख्ने फ्यान

एकजना फ्यान हुनुहुन्छ उहाँलाई मेरो बर्थडे, म बिरामी भएको, मेरो नयाँ म्यजिक भिडियो रिलिज भएको देखि लिएर प्रायः सबै कुरा थाहा हुन्छ । कसरी थाहा पाउनुहुन्छ होला भनेर म आफैँ अचम्ममा पर्छु । मेरो बर्थडेको दिन पनि उहाँले ठ्याक्कै १२ बजे शुभकामना दिनुभएको थियो । म बिरामी भएको बेला पनि टेक केयर भनेर म्यासेज गर्नु हुन्छ । यस्तो माया गर्ने फ्यान देख्दा खुशी लाग्छ ।

सुटिङमा गिफ्ट लिएर भेट्न आउने फ्यान

एउटा म्युजिक भिडियोको सुटिङ्गको क्रममा एकजना फ्यान मलाई भेट्न आउनु भएको थियो । टेकमा व्यस्त भएको कारण मैले लगभग १ घन्टा उहाँलाई भेट्न भ्याइन । टेक सकाएर हेर्दा एक घन्टासम्म पनि उहाँ मलाई भेट्नको लागि कुरेर बस्नु भएको रहेछ । म उहाँलाई भेट्न गएँ । उहाँको हातमा एउटा गिफ्ट थियो । त्यो गिफ्ट मलाई दिदैँ उहाँले भन्नुभयो म तपाईको ठूलो फ्यान होनी । मेरो फोटोहरु फ्रेम गरेर उहाँले मलाई गिफ्ट दिनु भएको रहेछ । जुन फ्रेमलाई मैले सजाएर राखेकी छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested