विदेशमा पढ्न जाने योजनामा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया र ध्यान दिनुपर्ने कुरा



नेपालबाट वर्षेनी हजारौं विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेशिने गर्छन् । जसमा कोही छात्रवृत्तिमा जान्छन् भने कसैले शुल्क तिर्छन् । यसरी अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि गतिलो परामर्शको आवश्यकता पर्छ । जसले त्यहाँ पुग्नु अघि र पुगिसकेपछि के–के गर्ने भन्ने बारे जानकारी दिन्छ । त्यसैले विदेशमा पढ्न जान चाहने विद्यार्थीहरुले के–के कुरामा ध्यान दिनुपर्छ ? यसका लागि प्रक्रिया कस्तो छ ? लगायतका विषयमा नेक्सस एजुकेशनल कन्सल्टेन्सीका संस्थापक विष्णु खड्काको सुझाव यस्तो छ :

कोरोनापछिको अवस्था

कोरोना माहामारीले गर्दा विभिन्न देशहरुले भिसा दिएका थिएनन् । तर अमेरिका, बेलायत, क्यानडालगायत मुलुकमा भने विद्यार्थी आउजाउ गरिरहेका छन् । अष्ट्रेलियाले भने अझै नाकाहरु खोलेको छैन र भिसा पनि दिएको छैन । दोस्रो लकडाउनपछि केहि सहज भएको भएपनि नेपाल अहिले रेड जोनमै भएको कारण केही अन्य युरोपियन देशहरुले पनि नेपाली विधार्थीहरुलाई भिसा दिएको छैन ।

विदेशमा अध्ययनका लागि जान यस्तो छ प्रक्रिया

विद्यार्थी भिसामा विदेश जान चाहनेले कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्छ । कक्षा ११ र १२ को मिलाएर कुल अंक ६० प्रतिशतभन्दा बढी ल्याएका विद्यार्थीले भिसाका लागि सहजै आवेदन दिन सक्छन् । शैक्षिक योग्यतासँगै आइएलटिएसमा ६ अंक ल्याउने विद्यार्थीका लागि प्रकृया सहज हुने गर्दछ । कलेजमा कागजात पेश गर्दा एक वर्षको पढाई शुल्क, स्वास्थ्य बीमा, एक वर्षको बसाई खर्च, आउ–जाउका लागि हवाइ टिकट बराबरको रकम प्रमाणित गरेपछि भिसा पाइन सक्छ ।

अमेरिका जाने अधिकांश विद्यार्थीहरु छात्रवृत्तीमा जाने गरेका छन् भने अन्य मुलुकमा जाने धेरैजसोले शुल्क तिरेर पढ्न जान्छन् । यसमा कन्सल्टेसी भनेको एउटा पुल मात्र हो । विदेश पढ्न जान आवश्यक योग्यता, त्यसको भिसा प्रोसेसिङ, करियर अपर्चुनिटी र यसका लागि आफूले गनुपर्ने तयारी लगायतका विषयमा परामर्श दिन्छौ ।
हामीले विद्यार्थीहरुसँग पैसा लिएर सिधै युनिभर्सिटीमा फी तिरिदिने भन्ने हुँदैन । प्रक्रिया गरे बापत नेपाल सरकारले तोकेको केही रकम मात्र हामीले पाउने हो । हाम्रो कन्सल्टेन्सीले भिसा आएपछि मात्र चार्ज लिने गरेका छौं । बाँकी विद्यार्थीले नै पनि अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत संसारका कुनै देश गएर पढ्नुअघि त्यहाँ आफूले छान्ने कलेज वा विश्वविद्यालयको इतिहासबारे विस्तृत जानकारी लिनुपर्छ ।

के– के कुरामा ध्यान दिने ?

त्यहाँ पढाइने विषयहरू के–के हुन् ? र, तिनले अन्तर्राष्ट्रिय मान्यता पाएका छन् वा छैनन् ? भन्ने बुझ्नुपर्छ । त्यसैगरी त्यहाँ पढाउने शिक्षकहरू कस्ता छन् ? आफूले पढ्न खोजेको विषय त्यहाँ छ कि छैन ? त्यो कलेजबाट निस्केका उत्पादनले अहिले विश्वबजारको माथिल्लो तहमा कस्तो फड्को मारिरहेका छन् ? भन्ने पनि ख्याल गर्नुपर्छ । आफूले रोजेको कलेजमा छात्रवृत्तिको व्यवस्था छ वा छैन ? पनि बुझ्नु जरुरी छ । यी सबै कुरा बुझिसकेपछि बुझ्नुपर्ने अर्को महत्वपूर्ण विषय भनेको कलेजको पढाई शुल्क हो । आर्थिक क्षमताको हिसाबले पढाई शुल्कको भार उठाउन सकिन्छ, सकिँदैन भनेर पनि सोच्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘ब्लु डायरी’ नाम सुन्नासाथ हामीलाई ‘ब्लु’ शब्दले पक्कै झस्काउँछ । किन कि नेपाली समाजमा ब्लु शब्दले पारेको प्रभाव त्यस्तै छ

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन खुला गरेको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द

कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन्