English

छिनमै बिर्सने समस्या छ ? यी कुरामा ध्यान दिनुहोस्



वृद्ध अवस्थामा दखिने समस्या मध्ये एक हो, बिर्सने बानी । यो समस्या धेरैलाई सामान्य लाग्न सक्छ । उमेर बढ्दै जाँदा बिर्सने बानी बढ्दै गएको छ भने त्यसको पछाडी केही काराणहरु पनि हुन सक्छन् । बिर्सने समस्याका कारणहरु के के हुन् ? र, यसबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाको सुझाव यस्तो छ ः

कारण

डिमेन्सिया रोगको कारण उमेर बढ्दै जाँदा बिर्सने समस्या भएको हुन सक्छ । त्यसको साथै बिसर्ने समस्याको अर्को मुख्य कारण अल्जाइमर पनि हो । उमेर बढ्दै जाँदा हर्मोनल चेन्जको कारण पनि बिर्सने समस्या हुन सक्ने केही सम्भावना रहन्छन् ।

बच्ने उपाय
– खानपानमा विशेष ध्यान दिनुपर्छ । प्रसस्त मात्रामा पानी पिउने र सन्तुलित भोजनको सेवनले पनि स्मरण्न शक्ति बढाउनमा मद्धत गर्छ ।
– नियमित व्यायाम गरेर वा घरका विभिन्न कामहरू गरेर स्मरण शक्तिलाई यथावत् राख्न सकिन्छ । स्वास्थ्यमा सुधार ल्याउन तथा दिमागमा रक्षात्मक प्रभाव सिर्जनाका लागि शारीरिक व्यायाम नै सबैभन्दा राम्रो र सजिलो उपाय हो ।
– सकारात्मक सोच राख्ने र नकारात्मक संवेगलाई आफूमा हाबी हुन नदिने । याद राख्ने कुरामा गहिरो रुचि लिएर एकाग्रता भएर पूरै मन लगाएर याद गर्ने बानिले पनि यो समस्या कम भएर जान्छ ।
– मानसिक रूपमा स्वस्थ एवम् फूर्ती अनुभव गर्न दिनमा कम्तीमा ७ देखि ८ घन्टा सुत्नु राम्रो मानिन्छ । स्मरण शक्ति विकासका लागि पर्याप्त मात्रामा निदाउनु पनि जरुरी हुन्छ ।
– वृद्ध अवस्थामा निस्क्रिय जीवनशैलीको कारण पनि वृद्धवृद्धाहरुमा बिसर्ने समस्या देखिन सक्छ । त्यसैले उनीहरुलाई केही न केही काममा संलग्न गराउनु पर्छ ।
– वृद्धवृद्धा भएपछि परिवारले पनि केही काम नगरी आराम मात्र गरेर बस्नु पर्छ भनेर कोठामा मात्र थुनेर राख्नु हुँदैन । वृद्धवृद्धाहरुले गर्न सक्ने कामहरु गर्न दिनु पर्छ ।
– स्मरण शक्ति बढाउन भनौँ या बिर्सने बानी हटाउन हाँसोको पनि महत्वपूर्ण भुमिका हुन्छ । धेरै खुसी भयो हाँस्यो भने पनि बिसर्ने समस्या कम हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,