English

कोरोना अपडेट : एकैदिन १,७६० सङ्क्रमित थपिए, १,२२० सङ्क्रमणमुक्त



विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १६ हजार ८४४ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आज काठमाडौँ उपत्यकामा ४९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनकाअनुसार भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौँ ३६० सङ्क्रमित भेटिएका छन् । पछिल्लोपटक कूल परीक्षण गराएकामध्ये सङ्क्रमित हुने दरमा पनि कमी आएको पौडेलले बताए । गत साउनमा परीक्षण गराएकामध्ये २२ प्रतिशतमा सङ्क्रमण हुने गरेकामा हाल आएर त्यो घटेको पाइएको उनले बताए । कूल परीक्षण गरिएकामध्ये १०.६ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

यस्तै सक्रिय सङ्क्रमित २६ हजार ३०३ छन् । पाँच हजारभन्दा बढी सङ्क्रमित भएका जिल्ला ११ छन् । यस्तै डा. पौडेलका अनुसार एक हजार २२० सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सात लाख ४३ हजार ५२६ सङ्क्रमण मुक्त भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९५.२ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा सात जनाको ज्यान गएको छ । हालसम्म सङ्क्रमणबाट १० हजार ९९१ को मृत्यु भएको छ । नेपालमा प्रति लाखमा ३७० को सङ्क्रमणको कारणले मृत्यु हुने गरेको छ । यस्तै ४०७ सघन उपचार कक्ष (आइसियु), १२९ जना भेन्टिलेटर, २४ हजार ६८३ जना होम आइसोलेशन, एक हजार ६२४ जना संस्थागत आइसोलेशन र २१८ जना क्वारेन्टिनमा छन् ।

यसैगरी आज २९ लाख ९१ हजार १३१ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख चार हजार १९ ले पहिलो मात्रा र ५४ लाख १५ हजार ४२७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,