English

यस्तो छ नियमित कागती पानी पिउनुको फाइदा



कागती पानी पिउनुको थुप्रै फाइदा छन् । यसमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले छाला स्वस्थ, चम्किलो र शरीरमा स्फूर्ति पनि बढ्छ । साथै, यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ भने रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागती पानीले फाइदा गर्छ ।

– बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

– भिटामिन ‘सी’ अधिक भएकाले शरीरको रोग प्रतिरक्षा प्रणाली सबल बनाउन मद्धत गर्छ ।

– कागती पानीले पाचनप्रणालीलाई राम्रो गर्छ ।

– शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

– रुघाखोकीको उपचारमा पनि कागती पानी उपयोगी हुन्छ ।

– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोष स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

– कागतीले घुँडा र जोर्नीको पीडा कम गर्छ, किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

– कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

– हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो