English

यस्तो छ नियमित कागती पानी पिउनुको फाइदा



कागती पानी पिउनुको थुप्रै फाइदा छन् । यसमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले छाला स्वस्थ, चम्किलो र शरीरमा स्फूर्ति पनि बढ्छ । साथै, यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ भने रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागती पानीले फाइदा गर्छ ।

– बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

– भिटामिन ‘सी’ अधिक भएकाले शरीरको रोग प्रतिरक्षा प्रणाली सबल बनाउन मद्धत गर्छ ।

– कागती पानीले पाचनप्रणालीलाई राम्रो गर्छ ।

– शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

– रुघाखोकीको उपचारमा पनि कागती पानी उपयोगी हुन्छ ।

– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोष स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

– कागतीले घुँडा र जोर्नीको पीडा कम गर्छ, किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

– कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

– हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested